Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

कृष्ण मन्दिर बाहिर भक्तजनको घुइँचो

रासस

ललितपुर । काठमाडौँ उपत्यकाकै पुरानो शहर पाटनको मङ्गलबजारस्थित कृष्ण मन्दिर बाहिर भक्तजनको घुइँचो लागेको छ । हरेक वर्ष भाद्र कृष्णअष्टमीका दिन यहाँ मेला लाग्ने भएकाले कोरोना महामारीको प्रवाह नगरी आज पूजा तथा  दर्शनका लागि भक्तजनको भीड लागेको हो  । 

कृष्णको पूजा तथा दर्शनका लागि मन्दिर बाहिर  एक कलशमा पूजा गर्ने व्यवस्था मिलाइएको पुजारी प्रतापधर राजोपाध्यायले बताए । उनले भने,  “मन्दिरका १२ पुजारीले लगभग दिउँसो ११ बजेसम्म नित्य पूजा सकेर दिउँसो लगभग तीन घण्टा विष्णु रुद्धि गर्ने भएका छाँै ।” नियमानुसार मन्दिरमा गए राति बाह् बजेपछि कृष्णको पूजा गर्नुपथ्र्यो तर कोरोनाको महामारीलाई ध्यानमा राखी बिहान ५ बजे सम्पन्न गरेर सर्वसाधारणलाई पनि मौका दिइएको पुजारी राजोपाध्यायको भनाइ थियो । 

भरे बेलुका मध्यान्न १२ बजे कृष्णको जन्म भएपछि एक पटक आरती गर्ने अनि महाप्रसादका रुपमा अदुवा, चाकु, नून र ज्वानो खाने  चलन छ । यो जात्रा छोटकरीमा गर्ने सहमति भएकैले ६० स्वयंसेवक खडा गरी एकै लाइनमा महिला र पुरुषलाई  दर्शनका लागि बाहिरै व्यवस्था मिलाइएको मङ्गल टोलसुधार सङ्घका अध्यक्ष किरणमान प्रधानले बताए । 

पहिले झै गत वर्ष र यस वर्ष पनि मन्दिरमा ठूलो भीडभाडका साथ दर्शनार्थीको उपस्थिति नभए पनि पाटन दरबार सङ्ग्रहालय परिसर भने पूरै भरिभराउ छ । मन्दिर आएका प्राय सबै भक्तजनको हातमा  कृष्णले शिरमा सधैँ सजाउने मयुरको प्वाँख अनि प्रिय बाजा बाँसुरी पनि देख्न पाइन्छ । 

मन्दिर परिसरमा भजनका साथै कीर्तन अनि दीप प्रज्वलन गर्ने मानिस पनि उतिकै देखिन्छन् । दर्शनार्थीलाई टीका लगाइदिने पुरोहित पनि ठाउँठाउँमा बसेका छन् । महामारी सुरु हुनुअघि लगनखेलदेखि मङ्गलबाजरसम्म दर्शन गर्न आउने मानिसको घुइँचो हुने गथ्र्यो तर त्यत्तिको घुईचो यो वर्ष भने छैन । 

आजका दिन साना बालबालिकलाई पहेँलो कपडा र शिरमा प्वाँख लगाई हातमा बाँसुरी दिने चलन रहेकाले केही परिवारले आफ्ना बालक सजाएर मन्दिर ल्याएको पनि देखिन्छ । कृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसङ्गको स्मरणस्वरुप भगवानको प्रेम उत्सव अर्थात झुला झुलाउने व्यवस्था भने यसवर्ष मन्दिर परिसरमा देखिएन । 

मन्दिर व्यवस्थापनका लागि विभिन्न संस्थाका प्रतिनिधिका साथै नेपाल प्रहरी र स्थानीय बासिन्दा लागि पनि सक्रिय देखिन्छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोत्रारात्रि’ भन्ने गरिन्छ । 

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको पौराणिक कथन छ । 

मन्दिर रहेको पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा सूचिमा राख्नाका साथै विश्व हस्तकला परिषद्ले ३५औँ कला नगरी समेत घोेषणा गरिसकेको छ । कृष्ण मन्दिर पाटनको सबैभन्दा महत्वपूर्ण क्षेत्र दरबार स्क्वायर परिसरमा छ । कोरोना महामारी अघि हरोक दिन  थुप्रै  स्वदेशी तथा विदेशी पर्यटक घुम्न  अध्ययन गर्न र आराम गर्न आउने गर्थे । 

मन्दिरसहित पाटन दरबार क्षेत्रमा चारनारायण, दरबार सङ्ग्रहालय, अशोक स्तम्भ तथा हिरण्यवर्ण महाविहारसमेत छन् । कृष्ण मन्दिर पाटनका राजा सिद्धिनरसिंह मल्लको पालामा निर्माण भएको हो । नेपालमा शिखर शैलीमा ढुङ्गै ढुङ्गाबाट निर्मित २१ गजुर भएको मन्दिरका रुपमा यो मन्दिर परिचित छ ।
 
कृष्णको पूजा अनि आरधना गर्नाले पाप नष्ट भएर मोक्ष प्राप्त हुने विश्वासका साथ हिन्दूलगायत शैव अनि बौद्ध धर्मावल्म्बी पाटन आउने गरेका सङ्घका महासचिव वीरेन्द्रलाल श्रेष्ठले बताए । उलने भने,  “यस दिन हरेक वर्ष राष्ट्रप्रमुख दर्शनका लागि आउने गरिएकामा यस वर्ष भने बढ्दो महामारीलाई ध्यानमा राखी नआउने कुरो भएकोे छ ।” 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy