Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

रेडक्रस सोसाइटीद्वारा एम्बुलेन्स सञ्चालनका लागि ३० लाख रकम सङ्कलन

रासस

तनहुँ । नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखा व्यास–१० ले थालेको सामुदायिक एम्बुलेन्स सञ्चालन अभियानमा करिब रु ३० लाख सङ्कलन भएको छ । गतवर्ष भदौ १९ गते नेपाल रेडक्रस सोसाइटी दिवसको दिन थालेको अभियानमा एक वर्षको अवधिमा उक्त रकम सङ्कलन गरी एम्बुलेन्स खरिद गरेको हो । उक्त अभियानअन्तर्गत हालसम्म रु २९ लाख नौ हजार ७७५ सङ्कलन भएको उक्त सोसाइटी उपशाखाले जनाएको छ । 

सङ्कलन भएको रकममध्ये रु १२ लाख ८७ हजार एम्बुलेन्स खरिद, बीमा र एसी जडानलगायत खर्च भएको उपशाखाका सभापति रामदत्त पौडेलले जानकारी दिए । बोलकबुलका केही रकम उठ्न बाँकी रहेकाले केही दिनपछि हुन गई रहेको सम्मान कार्यक्रममा उक्त सङ्कलन हुने विश्वास गरिएको उनले बताए  । उपशाखाले एम्बुलेन्स खरिद गरी सञ्चालन गर्न थालेपछि नेपाल रेडक्रस सोसाइटी दिवसकै दिन यही आउँदो भदौ १९ गतेबाट अर्थ सङ्कलन कार्य बन्द गर्न लागेको हो । 

सामुदायिक एम्बुलेन्स सञ्चालन अभियानमा सहयोग पुर्‍याउने व्यक्ति, सङ्घसंस्थालाई सम्मान तथा प्रमाणपत्रले सम्मान गर्ने कार्यक्रम तय गरिएको उपशाखाका सभापति पौडेलले जानकारी दिए । 

“जुन उद्देश्यको लागि आर्थिक सङ्कलन थालिएको थियो त्यो लक्ष्य पूरा भयो ।” उनले भने, “एम्बुलेन्स खरिद गर्दा खर्च भएको रकम बाहेक अरु रकम बैंकमा मुद्दती खातामा राखेर आउने ब्याजबाट एम्बुलेन्स सञ्चालन गरिनेछ ।”  उपशाखाले असारदेखि एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइसकेको छ । उक्त अभियानमा रु २५ हजारभन्दा बढी सहयोग गर्ने व्यक्ति तथा संस्थालाई उपशाखा र जिल्लाको सिफारिसमा प्रदेशले केन्द्र अनुमति लिएर प्रमाणपत्र प्रदान गरिने छ । 

उपशाखाले थालेको अभियानमा व्यक्ति तथा सङ्घसंस्था गरी १९२ वटाले आर्थिक सहयोग गरेको अर्थ सङ्कलन समितिका सचिव श्रीकृष्ण आचार्यले जानकारी दिए । वैशाख महिनादेखि एम्बुलेन्स सञ्चालन गर्ने लक्ष्य राखिएकोमा कोभिड–१९का कारण दुई महिना ढिलाइ हुन गएको उनले बताए  । उक्त अभियानमा रु एक लाखभन्दा बढी सहयोग गर्ने एयस्कर एक, रु २५ हजार बढी दिने बिशिष्ट व्यक्ति १० र संस्थागत सदस्य ११ जना रहेका छन् । 

अतिविपन्न परिवारलाई सम्बन्धित टोल विकास संस्थाको सिफारिसमा आवश्यक परेमा नि:शुल्क सेवा उपलब्ध गराउने गरी एम्बुलेन्स तयारी अवस्थामा राखिएको सोसाइटीले जनाएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy