Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

बाढीले खानेपानीको पाइप बगाउँदा पानीको हाहाकार

रासस

नवलपुर । अविरल वर्षापछि आएको बाढी र पहिराले खानेपानीको पाइप बगाउँदा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकामा पानीको हाहाकार भएको छ ।  पहिराका कारण खानेपानीको मुहानमा क्षति पुगेको तथा बाढीका कारण खानेपानीको करिब दुई किलोमिटर पाइप बगाएकाले खानेपानीको समस्या भएको हो ।

देउराली हुप्सेकोट शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेकबहादुर पुलामीले बाढी तथा पहिराले खानेपानीको मुख्य मूल गिरुबारी खोला, बेतही खोला, सोती खोला र पत्थर खोलाको मुहानमा २० भन्दा धेरै ठाउँमा पहिराले असर पुर्‍याउँदा खानेपानीको समस्या भएको बताए । “पहिराले खानेपानीको मुहानमा असर पुर्‍याएको छ”, पुलामीले भने, “बाढीले खानेपानीको मुहान बितही खोला, पत्थर खोला र झ्यालबासमा गरी करिब दुई  किलोमिटर पाइप नै बगाएको छ ।” अहिले खानेपानी वितरण पूर्णरूपमा बन्द भएको भन्दै अध्यक्ष पुलामीले विकल्पमा तीन वटा ट्याङ्करबाट पानी ल्याएर वितरण गरिएको भए पनि पर्याप्त हुन नसकेको बताए  । 

पानीको आपूर्ति पूर्णरुपमा बन्द भएपछि गाउँपालिकाको विभिन्न वडामा तीन हजार घरधूरीका १५ हजार जनसङ्ख्या प्रत्यक्ष प्रभावित भएको पुलामीले बताए । मौसममा सुधार नआएसम्म खानेपानी वितरण सहज बनाउन नसकिने उहाँको भनाइ छ । विगतमा खानेपानीको पाइपलाइन विस्तार नहुँदा स्थानीयले खोला तथा चुवाडी (मूल निस्किएको ठाउँ) को पानी प्रयोग गर्ने गरेका भए पनि बिहीबार आएको बाढीपहिराले चुवाडीको पानी प्रयोग गर्न नमिल्ने गरी क्षति पुगेको स्थानीयको भनाइ छ ।

हुनेखाने र बजार नजिक घर हुनेले बजारमा गएर बोतल तथा जारको पानी किनेर प्रयोग गर्ने गरेका उल्लेख गर्दै स्थानीय ओमबहादुर फाल मगरले आर्थिक अवस्था कमजोर हुने आकाशको पानी जम्मा गरेर खान बाध्य भएको बताए । असारमा आएको बाढीले पानी वितरण गरिएको पाइमा क्षति पुर्‍याउँदा नियमित हुन नसकेको खानेपानी आपूर्ति भदौ १० गते आएको बाढीपहिराका कारण पूर्णरूपमा अवरुद्ध भएको मगरको भनाइ छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies