Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने

रासस

काठमाडौँ । काठमाडौँ उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था गरिएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ सफ्टवेर विकास गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो । अब भने उक्त कोडको प्रयोग गरी मोबाइलबाट नै जरिवाना तिर्न सकिने भएको हो । महाशाखाले आज एक कार्यक्रमका बीच उक्त सेवा शुभारम्भ भएको घोषणा गरेको हो ।
 
उक्त सेवा प्रारम्भ भएसँगै पैसा तिर्न प्रहरी कार्यालयमा वा बैंंकमा गएर लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई प्रहरीले क्यूआर कोड भएको चिट काटेर दिनेछ । त्यही चिटको आधारमा मोबाइलबाट स्क्यान गरेर रकम भुक्तानी गर्न सकिने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले सातै प्रदेशमा प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगिएको जानकारी दिए । 

हातले रसिद काटेर जरिवाना लिने क्रमको अन्त्यका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष ध्यान दिँदै अघि बढेको र त्यही सिलसिलामा नयाँ सफ्वेयरको विकास गरी सेवा प्रारम्भ गरिएको उनको भनाइ थियो । केही दिनभित्रैमा ३०/४० वटा बैंकमार्फत पैसा तिर्न सकिने गरी सफ्टवेरमा जोडिन पनि महाशाखाले जनाएको छ । निकट भविष्यमा नै डिजिटल चिट प्रणालीमा जाने तयारी गरिएको जानकारी दिँदै उहाँले चालकको मनस्थितिमा परिवर्तन ल्याउनु अर्को चुनौतीपूर्ण कुरा रहेको बताए ।

महाशाखाका प्रहरी उपरीक्षक सञ्जीव शर्माले नागरिक प्रविधिमैत्री भइसकेको सन्दर्भमा हामीले पनि प्रविधिको उच्चतम उपयोग गर्नुपर्नेमा जोड द्यिए । तथ्याङ्क हेर्दा ६० प्रतिशत नागरिकसँग स्मार्ट फोन छ भने ७३ प्रतिशत मानिसले बैंक खाता खोलिसकेका छन् । त्यसैले पनि क्यूआर कोड प्रयोग प्रभावकारी हुने दाबी महाशाखाको छ ।

यो प्रविधिको प्रयोगसँगै अब घण्टौँ लाइनमा लागेर पैसा तिर्नुपर्ने बाध्यता रहने छैन । ट्राफिकसम्बन्धीका अन्य गतिविधिलाई पनि प्रविधिमैत्री बनाउँदै लगिएको जनाइएको छ । यसरी शुल्क तिर्दा आफूलाई पायक पर्ने ठाउँमा गएर आफ्नो कागजपत्र लिन पाउने व्यवस्थासमेत मिलाइने महाशाखाले जनाएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies