Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

६ वर्षअघि ठेक्का सम्झौता भएको पुल निर्माण अलपत्र

रासस

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा छ वर्षअघि ठेक्का सम्झौता भएको पक्की पुलको निर्माण अलपत्र परेको छ । 

विसं २०७२ पुसमा रु २४ करोड ५३ लाखको लागत सम्झौता भएको सो पुल निर्माणका क्रममा समस्या देखिएपछि अलपत्र परेको हो ।

यहाँको वाणी–देखतभुली–पर्सिया जोड्ने सडकखण्डअन्तर्गत दोदा नदीमा पक्की पुल लुम्बिनी–राजेन्द्र–कुमार श्रेष्ठ जेभीले निर्माणको जिम्मा पाए पनि पुल भने राजेन्द्र निर्माण सेवाले बनाइरहेको थियो । “पुलको फाउण्डेशनमै प्राविधिक समस्या देखिएपछि पुलको डिजाइन पुन: बनाएर सडक विभागमा पठाइएको छ”, सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकृत लक्ष्मण जोशीले भने, “दशैँलगत्तै निर्माण कम्पनीले आफ्नै लगानीमा पुल बनाउने छ ।”

दुई लेनको २०० मिटर पुल समयमा नबन्दा यहाँको लालझाडी गाउँपालिकाका नागरिकले सबैभन्दा बढी सास्ती खेप्नुपरेको छ । प्राविधिक समस्या देखिए पनि पुल निर्माण विसं २०७५ यता हुनसकेको छैन । पुलका चारवटा पिलर निर्माण भए पनि अब नयाँ ठाउँमा निर्माण व्यवसायीले आफ्नै खर्चमा बनाउनुपर्ने भएको सूचना अधिकृत जोशीले बताए ।

“निर्माण व्यवसायी प्रक्रियालाई पूरा गरेर आफैँ पुल बनाउन लागिपरेको छ”, उनले भने, “बीचमा प्राविधिक समस्या देखिँदा केही ढिलाइ भएकै हो ।” भौगोलिकरूपमा विकट मानिएको लालझाडीमा विकास निर्माणको गति अन्यत्रभन्दा सुस्त हुँदा त्यहाँका नागरिक समस्यामा छन् । सो पुल नबन्दा स्थानीयवासी नदी तर्न रकम तिर्न बाध्य छन् । नदी तार्न यहाँ ट्युब राखेका छन् । 

लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले पुल नबन्दा गाउँपालिकाका १८ हजार नागरिक पूर्वपश्चिम राजमार्गसित जोडिन नपाएको बताए । “राजमार्गसित जोड्न नजिकको बाटो त्यही पुल भएर नै हो”, अध्यक्ष बडायकले भने, “निर्माण व्यवसायीले नै पुल बनाएर दिने कुरो सुने, त्यो समयमा होस् ।” त्यसैगरी सडक डिभिजन कार्यालयले गत आर्थिक वर्षमा कैलाली र कञ्चनपुरमा साना तथा ठूला गरेर नौवटा पुल निर्माण भएको जनाएको छ । “थप १४ वटा पुल निर्माण अन्तिम चरणमा छन्”, सूचना अधिकृत जोशीले भने, “सडक र पुल निर्माणले यहाँ नागरिकलाई आवागमनमा सहज भएको छ ।”

त्यस्तै कैलाली र कञ्चनपुरमा गत आर्थिक वर्षमा ७२ किलोमिटर सडक कालोपत्रसमेत गरिएको जोशीले जानकारी दिनुभयो । “यहाँ जे–जति निर्माण भए ती सबै सङ्घीय सरकारको बजेटमा बनेका हुन्”, उनले भने, “चालु आवमा पनि सडक, पुललगायतका पूर्वाधार निर्माण हुनेछन् ।”

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy