Ntc summer Offer
Khabar Dabali ३१ बैशाख २०८१ सोमबार | 13th May, 2024 Mon
NIMB

खर्चिलो र भड्किलो बन्दै चुनाव

खबरडबली संवाददाता
काठमाडौँ ।  “खर्चका कारण निर्वाचन लड्न नसक्ने  भइयो, भड्किलो चुनावले लोकतन्त्रलाई बोक्न सक्दैन, निष्ठाको राजनीतिक गर्ने चुनावमा प्रतिस्पर्धा गर्न सक्ने भएनन्, अब हामी निर्वाचन व्यवस्थापनमा व्यापक सुधार गर्न तयार हुनैपर्छ” भनेर संविधानसभा सदस्य खिमलाल देवकोटाले उठाएको आवाजमा अन्य नेता पनि सहमत हुन थालेका छन् ।  
 
संविधानसभा सदस्य देवकोटाले भने, “नेताका आफन्त र मन परेकालाई समानुपातिकमा अनि प्रत्यक्षमा पैसाका आधारमा टिकट दिने प्रवृत्तिले राजनीतिको अवमूल्यन गर्छ र पाखा लगाउछ, यसलाई रोक्नुपर्छ ।” संविधानसभाबाट संविधान जारी भएपछि वडातहदेखि राष्ट्रपतिसम्म एक चरणको निर्वाचन प्रक्रिया पूरा हुँदा नहँुदै निर्वाचन प्रणालीबारे कुरा उठ्नु अस्वाभाविक हो ।  निर्वाचनमा पराजय हुनेबाट यस्ता विचार आउनुलाई स्वाभाविक मानिए पनि विजयी उम्मेदवारबाटै  खर्चका हिसाबले निर्वाचन निकै महँगो भएको प्रतिक्रिया आइरहेको छ ।
 
गत निर्वाचनमा पालिकाका प्रमुखका उम्मेदवारले करिब रु एक करोड तथा  प्रतिनिधिसभामा रु पाँच करोड खर्च गरेको पाइएको छ । नेकपा (एमाले) बाट निर्वाचित प्रतिनिधिसभा सदस्य  विजय सुब्बाले भने, “ठेकेदार र बिचौलियालाई चुनावमा टिकट दिने दल र नेता दोषी हुन्, प्रणाली होइन, गलत प्रवृत्ति रोक्न मुख्य दल जिम्मेवार हुनुपर्छ, इमान्दार र निष्ठाको राजनीति गर्नेलाई मात्र टिकट दिने संस्कार बसाल्नुपर्‍यो, नीतिनियम र आचारसंहिता पालना गराउन र गलत क्रियाकलाप रोक्न राज्य सशक्त हुनुपर्छ ।”
 
निर्वाचन खर्चबारे सर्वत्र चासो र चिन्ता व्यक्त भएपछि निर्वाचन आयोगले सुधारका लागि अध्ययनरअनुसन्धान अघि बढाएको छ । नीति अध्ययन प्रतिष्ठानले निष्कर्षमा पुगिनसके पनि खर्चिलो निर्वाचन रोक्न पाँच विकल्प अघि सारेको छ । प्रधानमन्त्री वा राष्ट्रपति पाँच वर्षका लागि प्रत्यक्ष निर्वाचित हुने प्रणाली अवलम्बन गरिँदा तुलनात्मकरुपमा कम खर्चिलो हुने प्रारम्भिक मत छ ।
 
उक्त प्रणाली अवलम्बन गरिएमा निर्वाचित नेताको नेतृत्वमा सरकार गठन हुने तथा सांसद नीतिनिर्माता अर्थात् विधायकका रुपमा मात्र रहने सुझाव छ । दोस्रो विकल्पका रुपमा प्रधानमन्त्री संसद्बाटै निर्वाचित हुने तर सांसद भने मन्त्री हुन नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । प्रधानमन्त्रीको नेतृत्वमा रहने मन्त्रिपरिषद्मा विज्ञ समूह रहने प्रस्ताव गरिएको उक्त  प्रणालीमा प्रवेश गर्ने हो भने हालको प्रणालीमा सामान्य संशोधन गरेर जान सकिने तर्क गरिएको छ ।
 
तेस्रो विकल्पमा पूणर्समानुपातिक ढाँचा अघि सारिएको छ । त्यसमा प्रतिनिधिसभाका सबै स्थान समानुपातिक अर्थात् व्यक्ति होइन राजनीतिक दल र विचारबीच प्रतिस्पर्धा हुने प्रणाली प्रस्ताव गरिएको छ । चौंथो विकल्पका रुपमा राष्ट्रियसभालाई पूणर्रुपमा समावेशी बनाउने अनि प्रतिनिधिसभामा जसले बढी मत पाउछ, त्यसैले जित्ने प्रणाली अपनाउने मत अघि सारिएको छ । अभ्यासमा हाल कायम रहेको मिश्रित प्रणालीको विकल्पमा उम्मेदवार अग्रिम घोषणा हुने, व्यक्ति चुनावमा जाने, दलले प्राप्त गरेको मतका आधारमा उम्मेदवार निर्वाचित हुनेछ ।
 
पाँचौँ विकल्पका रुपमा विकास निर्माण र सेवा प्रदान गर्ने निकाय भएकाले स्थानीय तहमा दलीय आधारमा नभइ असल काम गर्नेलाई  जित्न सक्ने प्रणाली पनि उपयुक्त नमूना हुने तर्क अघि सारिएको छ ।
 
पूणर्समानुपातिकका लागि राष्ट्रिय बहस 
 
एमाले नेत्री पद्माकुमारी अर्यालले भने, “अहिले चुनावमा हने बाहुबल, धन र हुलहुज्जतले सीधासोझालाई अप्ठेरो र अन्याय परेको छ, हामीले आत्मसात् गरेको मिश्रित निर्वाच प्रणाली दोषी होइन, समानुपातिकमा पनि बल र पहुँच पुर्‍याउन हालीमुहाली हुँदा सोच र परिकल्पना विपरीत हुन पुगेको छ ।”
 
मुलुकलाई कसरी अघि लैजाने भनी राजनीतिलाई अनुशासित तुल्याउँदै दूषित हँुदै गएको राष्ट्रिय राजनीति र सुशासनलाई सपार्न नेताको इमान्दार प्रतिबद्धताको खाँचो औँल्याउदै पूर्वमन्त्री अर्यालले भने, “त्यो हुनसकेन भने पूणर् समानुपातिकका लागि राष्ट्रिय बहस चलाऔँ ।”
 
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ, विश्वसनीय र मितव्ययी तुल्याउन संसदीय समितिमा होस वा अरु कुनै भेटघाटमा आयोग पदाधिकारीलाई जनप्रतिनिधिका तर्फबाट निरन्तर घचघच्याउने काम भइरहेको छ । अघिल्लो निर्वाचनमै पनि टिकट खरीद, कार्यकर्ता परिचालन, मतदान र मतगणना, निर्वाचित भएपछि मन्त्री बन्न, गएको चुनावको खर्च उठाउन र आगामी निर्वाचनका लागि रकम जम्मा गर्न इमान बेचिएको पाइएको छ । 
 
राजनीतिक दल र उम्मेदवारलाई तुलसहित ठूला पदयात्रा,  जुलुस र प्रदर्शनीमा रोक लगाउँदै युग सुहाउँदो प्रविधिमैत्री तुल्याउन टेलिभिजन र सामाजिक सञ्जालमार्फत दृष्टिकोण जनतासामु राख्ने वातावरण बनाउन विज्ञबाट सुझाव आएको छ ।
 
निर्वाचन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनमाथि प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा भएको पछिल्लो छलफलमा सांसद रेखा शर्माले करोडौँ खर्च गरेर निर्वाचनबाट आउने नतिजाले सुशासन र राजनीतिक स्थिरता कायम हुन नसक्ने टिप्पणी गरे ।
 
उनले भने, “समानुपातिकमा मन परेको तथा प्रत्यक्षमा पैसा हुनेको छनोटले सुशासन, स्थिरता र निष्ठाको राजनीति गर्नेलाई  टिकाउन समस्या पैदा भो, निष्ठाको राजनीति जोगाउन, सुशासन कायम गर्न र जनप्रतिनिधि नीति निर्मातामा स्थापित गराउन  प्रणालीमै पुनरावलोकन जरुरी छ ।”
  
समानुपातिक र समावेशिता सुनिश्चित हुने गरी निर्वाचन प्रणालीमा सुधार गरिनुपर्नेमा जोड दिँदै पूर्वमन्त्री शर्माले भने, “प्रणालीभित्र सुधार गराँै, निष्ठाले निर्वाचन जित्ने साँच्चिकै मितव्ययी निर्वाचन होस् भन्ने हामी सबैको सोच हुनुपर्छ ।”
 
लोकतन्त्रको प्राणवायु निर्वाचनमा अनेकाँै विकृति र विसङ्गति देखिएपछि सबै पक्षबाट निर्वाचन व्यवस्थापनमा ठूलो सुधारको खाँचो औँल्याइएको हो । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता लक्ष्मणलाल कणरले भने, “परिणाम धेरै खराब देखिएका छ, निष्ठाको राजनीति र समाजसेवा गर्ने भन्दा ठेकेदार बढी आउन थाले, प्रतिनिधिसभाका लागि निर्वाचन खर्चको सीमा रु २४ लाख तोकिएको छ, त्यो नै  अधिक हो, पोष्टर र भोजभतेर भएरनभएको आयोगले दरो र खरोरुपमा अनुगमन र निगरानी गर्नुपर्छ ।”
 
पैसा हुनेले जित्ने, नभए हारिने निर्वाचन भ्रष्टाचारको स्रोत बन्न पुगेको जनाउँदै विज्ञले सुशासन, लोकतन्त्र र कानूनी राज्यलाई निर्वाचनमा ठूला भनिएका नेताबाटै बेवास्ता गरिएको दृष्टिान्त प्रस्तुत गरे ।  राजनीतिक दल र उम्मेदवारबाट आर्थिक गतिविधि पारदर्शी, खर्च कानूनबमोजिम बैंकिङ प्रणालीबाट, खर्च विवरण पेश, खर्चको वैधता, चन्दाको सीमाहद, स्रोत खुलाउनेजस्ता कार्यमा कानूनपालनामा ध्यान नदिएको आरोप लगाइएको छ । गोप्य मतदानबाहेक निर्वाचनका सम्पूणर् प्रक्रिया छ्याङ्ग, पारदर्शी बनाएमा अहिले नै प्रणालीको विकल्प रोज्नु नपर्ने विज्ञको मत छ ।
 
विधायक कानून निर्माता मात्र
 
विधायक कानून निर्माता भएकाले तिनलाई त्यसमै बढी क्रियाशील गराउनुपर्ने आवश्यकतामा जोड दिइएको छ । सांसदको योग्यता तोकेर जनतालाई पनि योग्य छान्न चेतना जगाउन सकिए विकृति न्यूनीकरण हँुदै जाने विचार पनि प्रकट गरिएको छ । चुनावमा व्यक्ति होइन, राजनीतिक दलबीच सिद्धान्तबीच प्रतिस्पर्धा हुनुपर्छ, दलबीच चुनावी एकता भई जित्ने अवस्था हुँदासमेत २०० जनाको घरदैलो कार्यक्रमले आयोगले तोकेको रु २४ लाखको सीमाभित्र बस्नुपर्ने कार्यमा ठाडै उल्लङ्घन भइरहेको छ ।
 
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बहुदलीय शासन प्रणालीमा सम्पति र स्रोतसाधनले नभइ विचार तथा सिद्धान्त जित्नुपर्छ भन्ने मान्यताका साथ निर्वाचनलाई मितव्ययी बनाएर साँच्चिकै निष्ठावान् र इमान्दार उम्मेदवार विजय हुने वातावरण बनाउन मौजुदा प्रणालीभित्रबाटै सुधारका केही काम शुरु गरिएको प्रतिक्रिया दिए । 
 
उनले भने, “भड्किलो निर्वाचनलाई नियन्त्रण गर्न आचारसंहिता कडा बनाउने र उम्मेदवारले गर्ने खर्च र सम्पत्ति विवरण  प्रविधिद्वारा हेर्नसक्ने प्रणाली विकास गरिने छ, खर्च सीमाभित्र रहे नरहेको अनुगमन र खर्च व्यवस्थालाई पारदर्शी बनाउने रणनीतिक योजना छ ।”
 
मतदातामा पनि भोज खाएर मत दिन्न भन्ने प्रतिबद्धता हुनुपर्ने र आचारसंहिता पालनालाई कडाइका साथ अनुगमन भएमा सुधार गर्न सकिने प्रशस्त सम्भावना औँल्याइएको छ । घोषणापत्रमा उल्लेख भएअनुसार दल र उम्मेदवार प्रतिबद्ध भए अस्वस्थ्य निर्वाचन रोक्न सकिने जनाइएको छ । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies