Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

बनेपामा करिब डेढमहिनादेखि थुप्रिएको फोहर व्यवस्थापन हुन थाल्यो

रासस

बनेपा । बनेपा बजारमा करिब डेढमहिनादेखि थुप्रिएको फोहर उठ्न थालिइएको छ । 

फोहर व्यवस्थापनका लागि नगरपालिकासँग ठेक्का सम्झौता गरेको ग्रिनपिस इन्भारोमेन्ट प्रालिले अरु ठाउँमा व्यवस्थापन गर्ने गरी शनिबारदेखि फोहर उठाउन थालेको हो । 

“नगरपालिकासँग सम्झौता गरिएको संस्थाले सिसडोलका अलावा अन्य ठाउँमा व्यवस्थापन गर्ने गरी काम थालेकाले अब बनेपा बजारको सबै फोहर उठ्छ”,  नगरपालिका–७ का वडाध्यक्ष वर्ण शाक्यले भने, “शनिबारबाट फोहर उठाउन थालिसकेको छ ।” फोहर व्यवस्थापनको जिम्मा पाएको संस्थाले शनिबार बनेपाको चार दोबाटो चोकस्थित अरनिको राजमार्ग छेउमा थुपारेको फोहर उठाएको हो ।

ग्रिापिस इन्भारोमेन्ट प्रालिका उत्तर सिं लामाले अब बनेपा नगरपालिकाभित्रका सबै फोहर उठाउन थालिएको जानकारी दिए । पहिलादेखि उठाएको फोहर व्यवस्थापन गर्न जिम्मा लिएको संस्थाले नुवाकोटको सिसडोलमा लगेर फाल्ने गर्दै आएकोमा पछिल्लो समयमा त्यहाँ जाने बाटो अवरुद्ध भएपछि समस्या आएको थियो । अब अर्को संस्थालाई आफूले व्यवस्थापनको जिम्मा दिएकाले फोहर उठ्न थालेको उहाँको भनाइ छ । 

“बनेपाको चार दोबाटो चोकको फोहर उठाइसकिएको छ”, उनले भने, “आजबाट बनेपा नगरपालिका पछाडी रहेको बसपार्कमा थुपारेको फोहर उठाउने काम भइरहेको छ ।” अहिले फोहर उठाउनका लागि दैनिक ७/८ वटा गाडी प्रयोग भइरहेको जनाइएको छ ।  यहाँबाट उठाएको फोहर यसअघि सिसडोलस्थित ल्याण्ड फिल साइडमा लगेर फाल्ने गरेकोमा अब वैकल्पिक रुपमा काठमाडौँको मूलपानीमा रहेको नेपाल स्वच्छ वातावरण नामक संस्थासँग सात वर्षका लागि सम्झौता गरेर दिने सहमति भएपछि फोहर उठाउन थालेको लामाले बताए । 

सिसोडलमा लान नसकेपनि मूलपानीमा रहेको फोहर प्रशोधन कम्पनीले नियमित रुपमा फोहर लिने भएपछि अब कुनै पनि समस्या नआउने उनको  भनाइ छ । उनले भने, “बनेपाका विभिन्न स्थानमा थुपारिएको फोहर एक हप्ताभित्रमा उठाइसक्छौं ।”

बनेपा नगरपालिकाले दीर्घकालीन रुपमा फोहर व्यवस्थापनको योजना नबनाउँदा ल्याण्डफिल साइडमा लगेर फाल्न नपाउने समस्या आउने गरेको छ । यसले अरनिको राजमार्गको बनेपास्थित मुख्य चोक चार दोबाटाको सडक छेउमा नै फोहरको डङ्गुर थुपार्ने गरेकाले समस्या आउने गरेका छन् । 

पछिल्ला समयमा नुवाकोटको सिसडोलमा रहेको ल्याण्डफिल साइडमा जाने बाटो अवरुद्ध हुँदा करिब डेढमहिना भन्दा बढी समयदेखि बनेपा बजारको फोहर उठेको थिएन । फोहर नउँठाएदा बनेपा बजार क्षेत्र दुर्गन्धित बनेको थियो । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy