Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

सात स्थानीय तहमा भौतिक उपस्थितिमानै पठनपाठन सञ्चालन

खबरडबली संवाददाता

दमौली । गत वैशाखदेखि बन्द भएका तनहुँका विद्यालय सञ्चालनमा आएका छन् । दश स्थानीय तहमध्ये सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन सुरुआत गरिएको छ । सहरमा अनलाइन कक्षा प्रभावकारी भए पनि ग्रामीण भेगमा भने अनलाइन कक्षा सञ्चालनमा समस्या भइरहेको थियो । 

जिल्लाका व्यास, भिमाद, शुक्लागण्डकी, भानु नगरपालिका तथा ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकाले विद्यालय सञ्चालन गराएका छन् । देवघाटले आइतबार मात्र विद्यालय सञ्चालन गराएको हो भने अन्य स्थानीय तहले केही दिन अगाडिबाट विद्यालय खुलाएका थिए । 

देवघाटका शिक्षा अधिकृत होमनाथ लामिछानेले तोकिएको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालन गरी विद्यालयमा पठनपाठन सुरु गरिएको जानकारी दिए । “जोखिम कायमै रहेकाले सबै मापदण्ड अपनाउन विद्यालयलाई निर्देशन दिएका छौँ”, उनले भने । 

व्यासले गत सातादेखि विद्यालय सञ्चालन गरेको थियो । शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मीले सम्भव भएसम्म वैकल्पिक विधिअनुसार अनलाइन कक्षा सञ्चालन गर्न र अनलाइन कक्षा सञ्चालन हुन सम्भव नभएमा १०० भन्दा कम विद्यार्थी भएका विद्यालयमा नियमित २ बजेसम्म प्रत्यक्ष सबै कक्षा सञ्चालन गर्न निर्देशन दिइएको जानकारी दिए ।

सयभन्दा बढी विद्यार्थी भएमा एउटा कक्षामा २५ भन्दा बढी विद्यार्थी नरहने गरी दिउँसो २ बजेसम्म मात्र कक्षा सञ्चालन गर्न र धेरै विद्यार्थी भएका विद्यालयले २५ भन्दा बढी प्रत्यक्ष कक्षामा नरहने गरी विभिन्न समूह वा सिफ्ट वा जोरबिजोर आधारमा कक्षा सञ्चालन गर्न भनिएको उनले जानकारी दिए  ।

शुक्लागण्डकी–९ घारीस्थित तालबेँसी माध्यमिक विद्यालयका प्रधानाध्यापक धु्रव वाग्लेले स्वास्थ्यको मापदण्ड पूर्णरुपमा अपनाएर कक्षा सञ्चालन गरिएको जानकारी दिए । “विद्यार्थी विद्यालय छिर्ने बेलामा ज्वरो नाप्छौँ, मास्क अनिवार्य गरिएको छ । विद्यार्थीले घरबाट नलाइकन आएमा विद्यालयले मास्क दिन्छ । स्यानिटाइजर लगाएपछि मात्र कक्षाकोठामा प्रवेश गर्र्न दिएका छौँ”, उनले भने ।

कक्षामा एउटा बेन्चमा दुई जनामात्र विद्यार्थी राख्ने गरेको उनले बताए  । कक्षामा २५ बढी राखिएको छैन । १–५ का विद्यार्थीलाई बिहान १० बजेदेखि १ बजेसम्म र  ६–१० का विद्यार्थीलाई दिउँसो १ देखि ४ बजेसम्म आलोपालो गरेर विद्यालय चलाइएको छ ।

शुक्लागण्डकीकामा विद्यालय खुले पनि पृथ्वी राजमार्गसँग जोडिएका बजार क्षेत्रका झण्डै आधा दर्जन विद्यालय बन्द छन् । कोरोनाको जोखिम कायम रहेकाले बजार क्षेत्रका विद्यालय बन्द रहेको शिक्षा शाखा प्रमुख नवराज चापागाईले जानकारी दिए । “विद्यार्थी धेरै स्थानबाट आउने भएकाले सङ्क्रमणको जोखिम छ । बजार क्षेत्रमा सङ्क्रमितको सङ्ख्या पनि धेरै छ, त्यसैले अहिलेलाई बन्द गर्न भनेका हौँ ।” 
 
घिरिङले गत साउनको सुरुआतदेखि नै विद्यालय सञ्चालन गरेको थियो । गत असार महिनामा भर्ना अभियान चलाएर साउनबाट विद्यालय खोलिएको हो । सङ्क्रमणको कम जोखिम भएका विद्यालय खुलाएर पठनपाठन जारी राखेको शिक्षा शाखा प्रमुख निर्मला कँुवरले जानकारी दिए । “ बिरामी देखिन्छन् त्यहाँ विद्यालय बन्द गर्‍यौँ । जोखिम नभएका विद्यालयमा निरन्तर पढाइ चल्यो । यसैगरी साउनदेखि विद्यालय चलाएका छौँ”, उनले भने । 

विद्यालय नखुलेका स्थानीय तहमा पनि विद्यालयले खोल्ने अनुमति मागेका छन् । भिमादले पनि विद्यालय खोल्ने तयारी गरेको स्रोतव्यक्ति केशवराज वाग्लेले बताए । सबै विद्यालयमा स्वास्थ्य सामग्री पुर्‍याइसकिएको जानकारी दिँदै उहाँले गाउँतिरका विद्यालय खुलिसकेको बताए ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले भने हालसम्म विद्यालय सञ्चालनको अनुमति दिएको छैन । केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यले कोरोनाको जोखिम कायम रहेकाले विद्यालय खुलाउन अनुमति नदिइएको जानकारी दिए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy