Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

कांग्रेसको वडा अधिवेशन: तनहुँको ८५ मध्ये ६९ वडामा सर्वसम्मत

रासस

दमौली । नेपाली कांग्रेसको वडा अधिवेशनअन्तर्गत ८५ वडा रहेको तनहुँमा ८४ वडामा नेतृत्व चयन भएको छ । तीमध्ये ६९ वडामा सर्वसम्मत र १५ वडामा निर्वाचनबाट नेतृत्व चयन भएको हो । 

दश स्थानीय तह रहेका तनहुँमा निर्वाचनबाट चार वडामा महिला सभापति चयन भएको जिल्लास्थित पार्टी कार्यालयले जनाएको छ । शुक्लागण्डकी नगरपालिका–८ मा अधिवेशन स्थगित भएको छ । घिरिङ गाउँपालिका–१ मा सभापति पदमा सहमति जुट्न नसकेपछि आइतबार मतदान प्रक्रियाबाट सभापतिको टुङ्गो लगाएको पार्टीका जिल्ला सचिव विश्व बाँस्तोलाले जानकारी दिए । 

उनका अनुसार स्थगित भएको वडामा छिट्टै अधिवेशन सम्पन्न हुनेछ । गुटगत विवाद उत्कर्षमा पुग्दा वडामा मतदान प्रक्रिया शुरु हुनु अगावै निर्वाचन सामग्री जफत भएपछि अधिवेशन स्थगित भएको थियो । व्यास नगरपालिका–१ को सभापतिमा दिलबहादुर दरै, वडा नं २ को सभापतिमा टुकबहादुर हमाल, वडा नं ३ को सभापतिमा अनप राना, वडा नं ४ को सभापतिमा देवबहादुर गुरुङ, वडा नं ५ को सभापतिमा सुरबहादुर थापा, वडा नं ६ को सभापतिमा ढालप्रसाद घिमिरे, वडा नं ७ को सभापतिमा युवराज गुरुङ, वडा नं ८ को सभापतिमा युवराज गुरुङ, वडा नं ९ को सभापतिमा नरबहादुर गुरुङ, वडा नं १० को सभापतिमा प्रेमराज मिश्र, वडा नं ११ को सभापतिमा देवबहादुर थापा, वडा नं १२ को सभापतिमा चन्द्रबहादुर विक, वडा नं १३ को सभापतिमा रेशम विक र वडा नं १४ को सभापतिमा नरिमाया राना निर्वाचित भएकि छिन् ।

यसैगरी शुक्लागण्डकी नगरपालिका–१ को सभापतिमा कृष्णबहादुर गुरुङ, २ को सभापतिमा धु्रवराज पौडेल, ३ को सभापतिमा युवराज श्रेष्ठ, ४ को सभापतिमा दिलबहादुर श्रेष्ठ, ५ को सभापतिमा हरिराज अधिकारी, ६ को सभापतिमा रवि केसी, ७ को सभापतिमा ईश्वर शर्मा, ९ को सभापतिमा रामप्रसाद पाठक, १० को सभापति खड्गविक्रम खाँण, ११ को सभापतिमा रविन्द्रविक्रम थापा र १२ को सभापतिमा गजबहादुर गुरुङ निर्वाचित भएका छन्  । 

भिमाद नगरपालिका वडा नं १ को सभापतिमा माधव लम्साल, २ को सभापतिमा मोहन राना, ३ को सभापतिमा धनबहादुर थापा, ४ को सभापतिमा लोकबहादुर राना, ५ को सभापतिमा गणेश गैह्रे, ६ को सभापतिमा सूर्यनाथ पौडेल, ७ को सभापतिमा सोमराज सुवेदी, ८ को सभापतिमा माधव खनाल र ९ को सभापतिमा मनबहादुर थापा निर्वाचित भएका छन् ।

भानु नगरपालिका वडा नं १ को सभापतिमा कृष्णकुमार श्रेष्ठ, २ को सभापतिमा अर्जुनबहादुर केसी, ३ को सभापतिमा सूर्यमान गुरुङ, ४ को सभापतिमा नुरचन्द्र पाण्डे, ५ को सभापतिमा दिपक थापा, ६ को सभापतिमा रणबहादुर श्रेष्ठ, ७ को सभापतिमा कुमार गाछा मगर, ८ को सभापतिमा ईश्वरबहादुर घिमिरे, ९ को सभापतिमा गणेशमान श्रेष्ठ, १० को सभापतिमा हिमनिधि पाण्डे, ११ को सभापतिमा हरिबहादुर बोहरा, १२ को सभापतिमा बेलबहादुर अधिकारी र १३ को सभापतिमा कृष्णबहादुर अधिकारी निर्वाचित भएका छन्  । 

म्याग्दे गाउँपालिका वडा नं १ को सभापतिमा विनोददत्त खनाल, २ को सभापतिमा रमेश अधिकारी, ३ को सभापतिमा बालचन्द्र भट्टराई, ४ को सभापतिमा सन्देश अधिकारी, ५ को सभापतिमा मदन थापा, ६ को सभापतिमा डिलबहादुर गुरुङ, ७ को सभापतिमा अच्युतराज काफ्ले निर्वाचित भएका छन् । 

बन्दिपुर गाउँपालिका वडा नं १ को सभापतिमा देवेन्द्र खनाल, २ को सभापतिमा नारायण खड्का, ३ को सभापतिमा कुलबहादुर अधिकारी, ४ को सभापतिमा सीता थापा, ५ को सभापतिमा रिता तिवारी र ६ को सभापतिमा खुराकजङ्ग गुरुङ निर्वाचित भएका छन् । आँबुखैरेनी गाउँपालिका वडा नं १ को सभापतिमा किसन थापा, २ को सभापतिमा मिलन गुरुङ, ३ को सभापतिमा मदन खत्री, ४ को सभापतिमा टेकबहादुर थापा, ५ को सभापतिमा नरमान गुरुङ र ६ को सभापतिमा धनबहादुर गुरुङ निर्वाचित भएका छन् । 

ऋषिङ गाउँपालिका वडा नं १ को सभापतिमा सविना राना, २ को सभापतिमा खेमबहादुर राना, ३ को सभापतिमा दुर्गाबहादुर राना, ४ को सभापतिमा प्रेमकुमार श्रेष्ठ, ५ को सभापतिमा केशव थापा, ६ को सभापतिमा दानबहादुर आले, ७ को सभापतिमा दुर्गाबहादुर थापा र ८ को सभापतिमा भरतकुमार श्रेष्ठ निर्वाचित भएका छन्  । 

घिरिङ गाउँपालिका वडा नं २ को सभापतिमा सुरेन्द्र थापा, ३ को सभापतिमा होमबहादुर थापा, ४ को सभापतिमा वीरबहादुर थापा र ५ को सभापतिमा चन्द्र थापा निर्वाचित भएका छन् । देवघाट गाउँपालिका वडा नं १ को सभापतिमा मुक्ति थापा, २ को सभापतिमा मिनबहादुर राना, ३ को सभापतिमा गङ्गासिं विक, ४ को सभापतिमा नरबहादुर गुरुङ र ५ को सभापतिमा सोमनाथ ढकाल चयन भएका छन् । 

तनहुँमा नेपाली कांग्रेसका १४ हजार ५१४ क्रियाशील सदस्य छन् । सात हजार ५७९ नयाँ हुन् भने ६ हजार ९३५ पुराना सदस्य छन् । 

१९ वर्षका कान्छा क्षेत्रीय प्रतिनिधि

म्याग्दे गाउँपालिका–५ निवासी जुपिटर वाग्ले नेपाली कांग्रेसको कान्छो क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन्  । कांग्रेसको महाधिवेशनअन्तर्गत वडा अधिवेशनबाट उनी म्याग्दे–५ बाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका हुन् । 

उनी  हाल १९ वर्षको भए । उनी  तनहुँ जिल्लामै सबैभन्दा कम उमेरका क्षेत्रीय प्रतिनिधि बनेका हुन्  । जनज्योति क्याम्पस भिमादमा विद्यार्थी राजनीति गर्ने वाग्ले युथ कांग्रेस नेपालको तनहुँ जिल्ला सदस्य र युथ कांग्रेस नेपाल म्याग्देका संयोजक हन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy