Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

समाजवादीलाई सरकारमा सहभागी गराउन मन्त्रालय टुक्रयाइँदै

खबरडबली संवाददाता

जनकपुरधाम । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउन प्रदेश २ सरकारले मन्त्रालय टुक्राउने तयारी गरेको छ । दुई मन्त्रालयसहित नेकपा एस  सरकारमा सहभागी हुने भएपछि मन्त्रालय टुक्रयाउन थालिएको हो । 

केन्द्रमा बनेको दलीय समीकरणकै हिसाबले प्रदेश २ मा पनि सरकार बनाउन सबै दल तयार भएका छन् । प्रदेश २ सरकारको नेतृत्व  अहिले जनता समाजवादी पार्टी (जसपा)ले गर्दै आएको छ । 

तीन मन्त्रालयसहित कांग्रेस, एक मन्त्रालय लिएर माओवादी केन्द्र सरकारमा सहभागी भएको छ । माओवादीले अहिले एउटा मन्त्रालय पाएपनि थप एक मन्त्रालयको दाबी गर्दै आएको छ । 

जसपा र माओवादी केन्द्रबीच सत्ता सहकार्यको बेला दुई मन्त्रालय दिने सहमति भएको थियो । तर, पार्टीभित्र मन्त्रीहरूको आकांक्षी बढी भएकोले माओवादीले तत्काल एउटै मन्त्रालयमा मन्त्री पठाएको छ । 

आन्तरिक मामिला तथा सञ्चारमन्त्री तथा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले भने, ‘हामी दुई मन्त्रालयसहित सरकारमा सहभागी भएका छौँ । हाम्रो पार्टीले दुई मन्त्रालय पाउने हो ।’ नेकपा एसमा प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्माले दुई मन्त्रालयसहित आफूहरू सरकारमा जाने विषयमा छलफल भइरहेको बताए । 

‘प्रदेश २ सरकारमा सहभागी हुने विषयमा जसपाका शीर्ष नेताहरुसँग अनौपचारिक छलफल चलिरहेको छ । केन्द्रको मन्त्रिपरिषद् विस्तार हुने वित्तिकै प्रदेशको टुंगो लाग्छ,’ उनले भने ।

पछिल्लो पटक प्रदेश सरकारले विभिन्न ६ वटा मन्त्रालयलाई टुक्राएर १० वटा मन्त्रालय बनाइएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयलाई टुक्राएर खानेपानी तथा ऊर्जा विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय टुक्राएर महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय टुक्राएर कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय टुक्राएर वाणिज्य आपूर्ति तथा वातावरण मन्त्रालय बनाइएको छ । 

थप गरिएका मन्त्रालय मध्ये खानेपानी तथा ऊर्जा विकास र महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयमा कांग्रेसले मन्त्री पठाइसकेको छ ।  कानुन न्याय तथा प्रदेश मामिला र वाणिज्य आपूर्ति तथा वातावरण मन्त्रालय मुख्यमन्त्री लालबाबु राउतले आफैंसँग राखेका छन् । तर, बाँकी रहेका दुई मन्त्रालयमा नेकपा एस आउने तयार छैन । 

सचेतक विश्वकर्माले भने, ‘बाँकी रहेका यी मन्त्रालयहरूमा हामी जाँदैनाँै । त्यस मन्त्रालयमा न कुनै काम छ, न त बजेट नै । मात्रै मन्त्री बन्न नामको लागि हामी जाँदैनौँ । अहिले भएकै कुनै एउटा भाईटल मन्त्रालय चाहिएको छ । नभए अन्य कुनै मन्त्रालय विस्तार गर्नुपर्छ ।’

नेकपा एसले यसरी बाँकी रहेका दुई मन्त्रालयमा आउन नमानेपछि मुख्यमन्त्री राउतलाई मन्त्रिपरिषद् विस्तारमा चुनौती थपिएको छ । कुन मन्त्रालयको अधिकार कटौती गर्ने र कसरी नयाँ मन्त्रालय खडा गर्ने विषयमा आफ्ना निकटवर्तीसँग मुख्यमन्त्रीले निरन्तर छलफल गरिरहेका छन् । 

सरकारमा प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा सञ्चार मन्त्री साहले पनि सरकार विस्तार गरे पनि नेकपा एसलाई सरकारमा सहभागि गराउने विषयमा गृहकार्य भइरहेको बताए । मन्त्री साहले कुन मन्त्रालयको अधिकार कटौती गर्ने वा कसरी मिलाउने विषयमा टुङ्गो नलागेको पनि बताए । 

मुख्यमन्त्री राउतले समाजिक विकास मन्त्रालयबाट शिक्षा र स्वस्थ्यलाई अलग अलग गरेर एक नयाँ मन्त्रालय गठन गर्ने र उद्योग पर्यटन तथा वन मन्त्रालयलाई पनि टुक्राएर अलग गर्ने विषयमा गृहकार्य गरिरहेका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेमा टिकट विवाद: देशभर असन्तोष, सचिवालयदेखि जिल्लासम्म विद्रोह

काठमाडौं  । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेभित्र टिकट वितरणलाई लिएर गहिरो असन्तोष फैलिएको छ। पार्टीको निर्णयप्र...

सुदूरपश्चिममा एमालेको टिकट बाँडफाँट: टिकट हो वा त्रासदी ? बझाङ–कञ्चनपुर विवादले उडायो सुर

धनगढी । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेको टिकट वितरण सुदूरपश्चिममा पेचिलो र विवादास्पद देखिएको छ। शनिबार पार्टीले ...

गोरखा–२ चुनावी प्रयोगशाला बन्दै

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई देखि ११ किताबका लेखक न्याैपाने र १२ मुद्दाको रेकर्ड बनाएका चक्रे मिलन एकै मैदानमा

धरान दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइते १३ जनामध्ये ८ गम्भीर

काठमाडाैं । धरानमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । शैक्षिक भ्रमणका लागि जनकपुरबाट विद्यार्थी बोकेर आएको १ ख ७११९ नम्बरको यात्रुव...

ओखलढुंगामा सिफारिस नपरेको उम्मेदवार बनाइएको भन्दै एमाले पार्टी कार्यालयमा तालाबन्दी

ओखलढुंगा। सिफारिस नगरिएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै ओखलढुंगामा नेकपा (एमाले) पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। पार्टीको स्थानीय तहबाट सिफ...

दुर्गा प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ । प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई ...

ओखलढुंगा एमालेमा विस्फोट : ‘ओलीको खल्तीबाट टिकट’ भन्दै जिल्ला कमिटीद्वारा असहयोगकाे घोषणा

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटलाई लिएर नेकपा एमाले ओखलढुंगामा खुला विद्रोहको अवस्था सिर्जना भएको छ । प...

टिकट खोसिएपछि एमालेमा विस्फोट : योगेश भट्टराईको लिखित विद्रोह, ओली नेतृत्वमाथि गम्भीर आरोप

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको टिकट नपाएपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वविरुद्ध खुला असन्तोष प्रकट गरेका छन् । टिकट वितर...

विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाटै उम्मेदवार बन्ने भएका छन् । शनिबारको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ को टिकट द...

एमालेभित्र प्रश्नको घेरामा महिला प्रतिनिधित्व : किन खोसियो सुदूरपश्चिमकी एक्ली महिला उम्मेदवारको टिकट ?

धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा उम्मेदवार बनाएकी एक्ली महिला नेतृ कमला बोहराको टिकट खोसेपछि पार्टीभित्रै तीव्र असन्तुष्टि र आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending