काठमाडौँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक स्थगन भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बिहान बसेको उक्त बैठक अपराह्न साढे तीन बजेसम्मका लागि स्थगित भएको हो ।
एमाले प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईका अनुसार बैठकमा विधान अधिवेशनका लागि सहभागी हुने प्रतिनिधिका विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेकाले साढे ३ बजेसम्मका लागि बैठक स्थगन भएको हो ।
आजै बस्ने अर्को बैठकले अधिवेशनका लागि प्रतिनिधिका बारेमा टुङ्गो लगाउने भट्टराईले बताए । “बैठकमा विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधि को को छनोट गर्ने भन्ने तथा राजनीतिक, विधान प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र व्यवस्थापनलगायत विषयमाथि छलफल भयो”, उनले भने, “अब बस्ने बैठकले प्रतिनिधिको चयन गर्नाका साथै सबै प्रतिवेदनलाई पारित गर्नेछ ।”
अघिल्लो अधिवेशनमा राष्ट्रिय परिषद् सदस्य र महाधिवेशन प्रतिनिधि स्वतः प्रतिनिधि हुने गरेका थिए । पार्टीको नवाँै महाविधेशनपछि परिषद् निर्वाचित नगरेको स्थायी कमिटीले विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधि चयन गर्न थालेको भट्टराईले जानकारी दिए ।
विधान अधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटी, केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, सांसद, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि र जनवर्गीय सङ्गठनबाट प्रतिनिधि सहभागी हुने प्रस्ताव गरिएको छ ।
स्थायी कमिटीले आज प्रतिनिधि र प्रतिवेदन पास गरेपछि केन्द्रीय कमिटीबाट अनुमोदन हुनेछ । एमालेको विधान अधिवेशन यही असोज ४ देखि ६ गतेसम्म काठमाडौँमा हुने तय भएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा भएका कतिपय कुरा संशोधन गर्नुपर्ने भएकाले संशोधन गरेर मात्र अघि बढाउनुपर्ने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - २१:०२
काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेभित्र टिकट वितरणलाई लिएर गहिरो असन्तोष फैलिएको छ। पार्टीको निर्णयप्र...
माघ ५ गते, २०८२ - २०:४०
धनगढी । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेको टिकट वितरण सुदूरपश्चिममा पेचिलो र विवादास्पद देखिएको छ। शनिबार पार्टीले ...
माघ ५ गते, २०८२ - २०:३३
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई देखि ११ किताबका लेखक न्याैपाने र १२ मुद्दाको रेकर्ड बनाएका चक्रे मिलन एकै मैदानमा
माघ ५ गते, २०८२ - २०:१०
काठमाडाैं । धरानमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । शैक्षिक भ्रमणका लागि जनकपुरबाट विद्यार्थी बोकेर आएको १ ख ७११९ नम्बरको यात्रुव...
माघ ५ गते, २०८२ - १९:०२
ओखलढुंगा। सिफारिस नगरिएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै ओखलढुंगामा नेकपा (एमाले) पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। पार्टीको स्थानीय तहबाट सिफ...
माघ ५ गते, २०८२ - १८:५९
काठमाडौं । दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ । प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई ...
माघ ५ गते, २०८२ - १८:४०
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटलाई लिएर नेकपा एमाले ओखलढुंगामा खुला विद्रोहको अवस्था सिर्जना भएको छ । प...
माघ ५ गते, २०८२ - १८:३१
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको टिकट नपाएपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वविरुद्ध खुला असन्तोष प्रकट गरेका छन् । टिकट वितर...
माघ ५ गते, २०८२ - १८:३०
रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाटै उम्मेदवार बन्ने भएका छन् । शनिबारको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ को टिकट द...
माघ ५ गते, २०८२ - १८:१६
धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा उम्मेदवार बनाएकी एक्ली महिला नेतृ कमला बोहराको टिकट खोसेपछि पार्टीभित्रै तीव्र असन्तुष्टि र आ...




प्रतिकृया लेख्नुहोस्: