सुदूरपश्चिम । कोभिड–१९ सङ्क्रमणको जोखिमबीच सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा भाइरल ज्वरोको समस्या बढ्न थालेको छ । उच्च ज्वरो आउने, खान मन नलाग्ने, रुघाखोकीको लक्षणका देखिने बिरामी बढ्न थालेको स्वस्थ्यकर्मीले बताएका छन् । कोभिड सङ्क्रमण हुने त्रासबीच देखिन थालेको भाइरल ज्वरोको समस्याले थप सास्ती देखिएको धनगढी उपमहानगरपालिकाका मोहन पाण्डेयले बताए ।
सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले मौसम परिवर्त भइरहँदा ज्वरो र रुघाखोकीको लक्षण भएका बिरामी उपचारार्थ आउने गरेको जानकारी दिए । ‘भाइरल ज्वरो होकी अन्य ब्यक्टिेरियलका बिरामी हुन भन्नेमा एकिन जानकारी हुन सकेको छैन,’ उनले भने, ‘अस्पतालमा दैनिक फाटफुट रुपमा यस्ता बिरामी उपचारार्थ आउने गरेका छन् ।’
कैलाली, डोटी, बैतडी र बाजुरालगायत जिल्लाका स्वास्थ्य संस्थामा यस्ता बिरामी उपचारका लागि आउने गरेको बताइएको छ । मौसममा आएको परिवर्तन भइरहेको अहिलेको समयमा हरेकले आफ्नो व्यक्तिगत र वातावणरीय सरसफाइमा ध्यान दिन र कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न स्वास्थ्यकर्मीको सल्लाह छ । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण दर असार महिना सुरु भएसँगै घट्दै गएको छ ।
स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार गएको हप्तामा नमूना परीक्षण गरिएका नौ हजार ८४५ मध्ये १८४ मा कोभिड ‘पोजेटिभ’ देखिएको छ । यो अवधिमा १६५ सङ्क्रमित उपचार व्यवस्थापनपछि डिस्चार्ज भएका छ ।
गएको २४ घण्टामा २० जना सङ्क्रमित थपिँदा १४ जना डिस्चार्ज भएका छन् । प्रदेशमा हालसम्म जम्मा तीन लाख २७ हजार ९४२ को कोरोना भाइरसको नमूना परीक्षण गरिएकोमा ४६ हजार ५८०जनामा सङ्क्रमण देखिएको छ ।
कूल ४५ हजार ९३० सङ्क्रमित उपचार व्यवस्थापनपछि घर फर्किएका छन् । प्रदेशमा गएको वैशाख र जेठ महिनासम्म यो रोगको सङ्क्रमण र मृत्यु हुने दर उच्च थियो । तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरवाहीले कोरोना भाइरस सङ्क्रमण थप बढ्न सक्ने जोखिम देखिएको स्वास्थ्यकर्मीको भनाइ छ ।
कोरोना भाइरस रोकथामका लागि जारी गरिएको निषेधाज्ञा खुकुलो पारिएसँगै तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी सर्वसाधारणको चहलपहल बढ्दा यो रोगको जोखिम यथावत रहेको हो ।
पछिल्लो महिनामा कोरोना भाइरससँग मिल्ने लक्षण देखिएपनि धेरै सर्वसाधारणले कोरोना भाइरसको नमूना परीक्षण गराउन डराउन थालेका छन् । नमूना परीक्षण गराउँदा आउने पोजेटिभ नतिजाले मानसिक तनाब हुने भन्दै धेरै नागरिकले आफ्नो नमूना परीक्षण गराउन नमानेको अहेब भक्तबहादुर विष्ट बताउँछन् ।
‘पोजेटिभ नतिजा आउँने मध्ये कतिपयमा डराउने मानसिकता देखिन्छ’, विष्टले भने, ‘बलियो आत्मबल भएकामा भने यस्तो समस्या देखिँदैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: