Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

अमेरिकामा सेप्टेम्बर ११ को त्यो आतङ्ककारी हमला

रासस

न्यूयोक । अमेरिकाले शनिबार न्युयोर्कमा सेप्टेम्बर ११ को आतङ्कवादी आक्रमणको संस्मरणमा स्थानीय समय अनुसार ८:४६ बजे केही समय मौन धारण गरी मृतकहरूको स्मरण गरेको छ । सन् २००१ सेप्टेम्बर ११ को समयमा आतङ्ककारीद्वारा अपहरण गरिएको एक विमानलाई विश्व व्यापार केन्द्रमा ठोक्याएर दुर्घटनाग्रस्त गराइएको थियो । 

एक शान्त तथा मर्यादित समारोहबीच सेप्टेम्बर ११ मा भएको आक्रमणको स्मरण गर्दै आयोजित २० औं वार्षिक समारोहमा हमलामा मारिएका आफन्तजनको थुप्रै नातेदार तथा अमेरिकी अधिकारीले आँशु पुछिदिएको दृष्यहरू सञ्चारमाध्यममा छापिएका छन् । 

यो बीचमा अमेरिकाले बदलामा आक्रमणका योजनाकार ओशामा विन लादेनसहित उक्त आक्रमणको जिम्मेवारी लिएको स्लामिक स्टेट (आइएसआइएस) समूहलाई लक्षित गरी चलाएको अभियान पूरा भएको जनाएको छ । अफगानिस्तानबाट अमेरिकी सेनाको बहिर्गमनपछि अफगानिस्तानम पुन: तालिवान समूह सत्तामा फर्किएको छ भने अमेरिकाले अफगानिस्तानमा आफूले जुन उद्देश्यसहित सैनिक उतारेको थियो त्यो उद्देश्य पूरा भएको जनाएको छ । 

कार्यक्रम चलिरहँदा घटनास्थलमा उपस्थित थुप्रै नातेदारहरूले मृतकका परिवार तथा आफन्तको आँसु पुछिदिए भने न्यूयोर्कमा कडा सुरक्षाबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति बाराक ओबामा उपस्थित भएको चार घण्टा लामो समारोहमा मारिएकाहरूको नाम पढेर उनीहरूको स्मरण गरिएको थियो । 

अल–कायदा समूहले सर्बसाधारणलाई लक्षित गरेका आक्रमणबाट मारिएका व्यक्तिहरूको सम्झनामा अमेरिकी राष्ट्रपति बाइडेनसहितका अधिकारीहरूको उपस्थितिमा वासिङ्टन डीसीको पेन्टागन र पेन्सिलभेनियाको शाङ्क्सभिलमा पनि अल–कायदा समूहले सर्बसाधारणलाई लक्षित गरेका हृदयविदारक घटनाको स्मरण गरिएको छ । 

वार्षिकोत्सवको पूर्वसन्ध्यामा शुक्रबार संप्रषण गरिएको भिडियोमा राष्ट्रपति बाइडेनले अमेरिकीहरूलाई सबैभन्दा ठूलो बल एकता भएको भन्दै एकता देखाउन अमेरिकीहरूसँग आग्रह गरेका थिए  ।   

बाइडेनले ह्वाइट हाउसको छ मिनेटको सन्देशमा भन्नुभयो, “मेरो लागि सेप्टेम्बर ११ को मुख्य पाठ यो हो कि मानव जातीका हैसियतले सबैको आत्मामा आतङ्कवादविरोधी लडाई रहेको र यसमा एकता सबैभन्दा ठूलो बल हुनेछ ।”

शनिबार भएको कार्यक्रममा विश्व व्यापार केन्द्रका दुई टावरलाई प्रहार गरिएको समय, पेन्टागन आक्रमण, ‘फ्लाइट नाइन्टी थ्री’ दुर्घटना समयसँग मेल खाने समयमा छ मिनेटको मौन धारण गरिएको थियो ।

विश्व व्यापार केन्द्रमा आफ्नो ३७ वर्षीय पति माइकल इकेन गुमाएकी मोनिका इकेन–मर्फीको अरू थुप्रैकोजस्तै पीडा पनि अझै कम भएको छैन । उनले भने,“यो धेरै अमेरिकीहरूका लागि संस्मरणीय घटना हुनेछ ।” उनले एएफपीलाई भने, “मलाई यो भर्खरै भएको जस्तो लाग्छ यद्यपि सेप्टेम्बर ११, २००१ को बिहानदेखि पूरै पुस्ता हुर्किसकेको छ ।” 

यसबीचमा अल–कायदाका संस्थापक ओसामा बिन लादेनलाई मारिएको छन् । ट्विन टावरको सट्टा म्यानहाटनमाथि एउटा ठूलो नयाँ टावर उठेको छ । अनि करिब दुई हप्ता अघि अमेरिकी सिपाहीहरू काबुल विमानस्थलबाट उनीहरूकै शब्दमा अमेरिकी इतिहासमा सबैभन्दा ‘लामो युद्ध’ अन्त्य गरेर फर्किएका छन् । तर पिडितको दुखेको मन निको भएको छैन ।

कुनै समय बिन लादेनलाई आश्रय दिएको भनिने तथा शक्तिशाली अमेरिकी सैनिकले काबु पारेका तालिबानले अफगानिस्तानमा फेरि शासन गरिरहेका छन् । 

‘गुआनटानामो बे’ मा सेप्टेम्बर ११ आक्रमणका आरोपित खालिद शेख मोहम्मद र अन्य चार योजनाकारहरूले अभियोग दर्ता भएको नौ वर्षसम्म पनि मुद्दा लडिरहेका छन् । यो आक्रमण कसरी भयो भन्नने सम्पूर्ण कथा समेत गोप्य नै छ । गत हप्ता मात्र बाइडेनले आगामी छ महिनाभित्र अमेरिकी गुप्तचर निकाय एफबीआईलाई अनुसन्धान गरी गोप्य कागजातहरूको बर्गीकरण गरी सार्वजनिक गर्न आदेश दिनुभएको छ । 

तीन ठूला आतङ्ककारी हमला

ग्राउन्ड जिरोमा भएको सुरुको विस्फोटनमा विश्वभरिका करिब दुई हजार ७५३ मानिसहरू मारिए, तिनीहरूको ज्यान गयो वा उनीहरू आक्रमणपछि भत्किएका भग्नावशेषमा पुरिएर सधैका लागि वेपत्ता बने । पेन्टागनमा एउटा विमानले विश्वको शक्तिशाली सेनाको केन्द्रमा आक्रमण गरी विमानमा र जमिनका गरी १८४ जनाको मृत्यु भएको थियो । 

अनि पेन्सिलभेनियाको शाङक्सभिलमा, यात्रुहरूले आफ्नो लक्षित लक्ष्यमा पुग्नुभन्दा पहिले ‘युनाइटेड ९३’ लाई अपहरणकर्ताहरूको तेस्रो चरणमा एउटा खेतमा दुर्घटनाग्रस्त गराए । 

एकताको सन्देश

शुक्रबारको रात आफ्नो भिडियो सन्देशमा बाइडेनले अमेरिकीहरूलाई यस दु:खद घटनाबारे एकता साथ अघि बढ्न आग्रह गरेका छन् । “एकताको अर्थ हामीले एउटै कुरामा विश्वास गर्नुपर्छ भन्ने होइन, तर हामीले एक अर्काप्रति र यस राष्ट्रमा आधारभूत सम्मान र विश्वास राख्नुपर्छ,” बाइडेनले भने ।

राष्ट्रपतिले आफ्नो झन्डै आठ महिने राष्ट्रपति कार्यकालमा यो दिन निर्णायक दिन हुने योजना बनाउनुभएको थियो । तथापि, एकताको एकता क्षणको अध्यक्षता गर्नुको सट्टा बाइडेनले काबुल उद्धारका कारण आक्रोसको सामना गरिरहेका छन् । बहिर्गमनका बेला आत्मघाती बमवर्षकद्वारा मारिएका १३ अमेरिकी सिपाहीहरूको मृत्युले अमेरिकीहरूको मन दुखेको छ । यसले उनीहरूमा असफलता र हारको व्यापक महसुस भएको छ । यो चोट लामो समयसम्म रहिरहने छ ।

पीडितहरूका नातेदारहरूका लागि सधैं जस्तै यो वार्षिकोत्सव आफ्ना प्रियजनहरूको सम्झनालाई जीवित राख्ने क्षणबाहेक थप केही हुनसकेको छैन । 

अग्नि नियन्त्रक भाइ स्टिफनलाईको विश्व व्यापार केन्द्रमा गुमाएका फ्र््याङ्क सिलरले भने, “यो पर्ल हार्बरजस्तै हो ।” जिउँदो नभएका मानिसहरूलाई यस विषयमा जिउँदो मानिसहरूको जस्तो अनुभूति हुँदैन । तर अमेरिकाले पर्ल हार्बरबारे कहिल्यै बिर्सेको छैन र सेप्टेम्बर ११ लाई पनि कहिल्यै बिर्सने छैन ।”  

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy