Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

ग्यास उद्योग सञ्चालन र वितरणसम्बन्धी स्पष्ट कानुन नहुँदा समस्या

\"lpgasnepal\"१५ साउन, काठमाडौं । ग्यास उद्योग सञ्चालन तथा व्यवस्थापन र ग्यास वितरणसम्बन्धी स्पष्ट ऐननियमको अभावका कारण उपभोक्तामा समस्या पर्ने गरेको संविधानसभा-व्यवस्थापिका संसद्अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले निष्कर्ष निकालेको छ । समितिका सभापति भीष्मराज आङ्देम्बेको अध्यक्षतामा शुक्रबार बसेको ग्यास आपूर्ति एवम् व्यवस्थापन विषयमा छलफल गर्दै सभासद्ले ग्यास उद्योग तथा वितरणलाई कानुनले सम्बोधन गर्न नसकेको बताएका हुन् । सभापति आङ्देम्बेले उपभोक्तासँग सम्बन्धित प्रस्ट ऐन तथा नियम नहुँदा आम उपभोक्ता समस्यामा परेको भन्दै सो विषयमा सरकारको ध्यानाकर्षण गराउने बताए । उनले उपसमितिले दिएका सुझाव तथा निष्कर्षका आधारमा सम्बन्धित निकायसँग छलफल गर्ने उल्लेख गरे । ग्यास आपूर्ति तथा व्यवस्थापनसम्बन्धी उपसमितिका संयोजक नारायणबहादुर कार्कीले भने– ‘ग्यासम्बन्धी कुनै पनि कानुन नभएको र त्यसको मार उपभोक्तामाथि पर्ने गरेको छ ।’ उनले ग्यासको आपूर्ति तथा व्यवस्थापनका लागि कानुन आवश्यक भएको बताए । आपूर्ति तथा उपभोक्ता सम्बन्ध उपसमितिका संयोजक कार्कीले उपभोक्ता हितसम्बन्धित ऐन, नियमावली समयसापेक्ष बनाइनुपर्नेमा र बजार अनुगमनलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले छुट्टै अनुगमनकारी निकाय गठन नहुन्जेलसम्म वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागलाई सबल बनाउनुपर्ने बताए । सभासद् श्यामकुमार श्रेष्ठले आवश्यक कानुनी संरचना तयार गरी ग्यास उद्योगलाई नियमन गर्नुपर्ने बताए । त्यस्तै सभासद् चन्द्र महर्जनले वातावरणमैत्री उद्योगको सञ्चालन तथा व्यवस्थापनका आवश्यक नीति तयार गर्न पहल गर्नुपर्ने बताएका थिए । बैठकमा सहभागी सभासद्ले ग्यास उद्योग तथा वितरण प्रणालीलाई व्यवस्थित गर्नुपर्ने, ग्यासको मूल्यलाई स्वचालित गराइनुपर्ने र आयल निगमको व्यवस्थापनको पुनःसंरचना गरिनुपर्नेलगायतका सुझाव दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending