Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

बुद्धभूमि नेपाल हाइड्रोपावरले सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने

रासस

काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले यही असोज ११ गतेबाट सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । 

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यको रु आठ करोड बराबरको प्राथमिक साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेको हो । कम्पनीले आठ लाख कित्ता बराबरको साधारण शेयर जारी गर्ने लागेको हो । 

निष्कासन गरिने आठ लाख कित्तामध्ये पाँच प्रतिशतअर्थात् ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ भने दुई प्रतिशत अर्थात १६ हजार कित्ता कर्मचारीको लागि  सुरक्षित गरेको छ । कम्पनीले बाँकी सात लाख ४४ हजार कित्ता साधारण शेयर आगामी असोज ११ गतेबाट निष्कासन गर्न लागेको हो । 

कम्पनीले सार्वजनिक गरेको विवरण पत्रअनुसार आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । सर्वसाधारणले यो शेयरमा असोज १४ गतेसम्ममा आवेदन दिनुपर्ने हुन्छ । सो अवधिमा पूरा आवेदन नपरे असोज २५ गतेसम्म आवेदन दिन पाइनेछ । 

कम्पनीले आफ्नो जारी पुँजी रु ४० करोड रकम बराबरको प्रतिसाधारण शेयर रु १०० अङ्कित दरले हुने ४० लाख कित्ता शेयरमध्ये ३० प्रतिशत ९रु १२ करोड० बराबरको १२ लाख कित्ता शेयर सार्वजनिक निष्कासनको निमित्त छुट्याएको थियो । जसमा स्थानीयको लागि आवेदन गर्न जारी पुँजीको १० प्रतिशतले हुने चार लाख कित्ता शेयर गत साउन ३२ गतेदेखि भदौ १५ सम्म खुलाएको थियो । 

नुवाकोट जिल्लाको दुप्चेश्वर गाँउपालिकामा जलविद्युत् उत्पादन केन्द्र रहेको कम्पनीले चार दशमलव ९९ मेगावाट क्षमताको आयोजना विकास गरिरहेको छ । यसमा प्रतिमेगावाट लागत रु २३ करोड ८० लाख हुने कम्पनीले जनाएको छ । 

सर्वसाधारणलाई निष्कासन गरिने शेयरका लागि क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गराउदा इक्रा नेपालले कम्पनीलाई माइनस बीबी ग्रेडिङ प्रदान गरेको छ । जसअनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व पूरा गर्नसक्ने सम्बन्धमा मध्यम रहेको बुझिन्छ । 

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy