Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

कोरोना सङ्क्रमण दर कम भएसँगै दैनिक सेवा

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आउँदो आइतबारदेखि सबै स्थानीय तहका नागरिकलाई दैनिक सेवा प्रदान गर्ने भएको छ । कार्यालयले विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेध आदेशको पालना गर्ने क्रममा भीडभाड कम गर्न स्थानीय तहमा अनुसार सेवामा पालो–प्रणाली लागू गर्दै आएको थियो ।

कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएकाले आउँदो आइतबारदेखि पालो–प्रणाली हटाई दैनिक सेवा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । उनका अनुसार कार्यालयमा भीडभाड कम भएको हालको अवस्थामा कोरोना सङ्क्रमणदर घटिरहे पनि सेवाग्राहीले स्वास्थ्य, सुरक्षाका मापदण्ड भने अपनाउनुपर्नेछ । काभ्रेपलाञ्चोकमा छ नगर र सात गाउँपालिका छन् ।

कार्यालयले हाल जिल्लामा १० दिन ‘मिक्स लकडाउन’ थपेको थियो । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना सङ्क्रमणदर बढ्दै गएपछि गत जेठको विभिन्न मितिमा जिल्लाका आठ स्थानीय तहले ‘सिल’समेत गर्नुपरेको थियो ।

यसैबीच काभ्रपलाञ्चोकको चार स्थानीय तह कोरोना सङ्क्रमणमुक्त भएको छ । कोरोना सङ्क्रमणमुक्त हुनेमा रोशी, तेमाल, खानीखोला र महाभारत गाउँपालिका छन् । हाल चौँरीदेउरालीमा एक र मण्डनदेउपुर नगरपालिकामा दुई सङ्क्रमित रहेको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसिएमसी)ले जनाएको छ । केन्द्रका अनुसार शनिबार र आइतबार दुई दिन जिल्लामा थप सङ्क्रमण नदेखिए पनि पछिल्लो २४ घण्टामा ३४ सङ्क्रमित थपिएका छन् ।

सोमबार १४, आइतबार २६ र शनिबार १५ सङ्क्रमित सङ्क्रमणमुक्त भएको केन्द्रले जनाएको छ । जिल्लामा हाल १२१ सक्रिय सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा ३५, पाँचखालमा २१, धुलिखेलमा १८, पनौतीमा १७, नमोबुद्धमा १५ तथा भुम्लु सात र बेथानचोक गाउँपालिकामा पाँच सङ्क्रमित रहेका छन् । जिल्लामा हालसम्म १४ हजार ४९६ मा सङ्क्रमण देखिएकामा १९२ को मृत्यु भएको छ । हालसम्मका कूल सङ्क्रमितमध्ये ९८ प्रतिशत अर्थात् १४ हजार १८३ सङ्क्रमणमुक्त भइसकेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसियन गेम्स छनोट: नेपाल मलेसियासँग स्तब्ध

काठमाडौँ। नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल पराजित भएको छ ।  मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घर...

दस महिनामा एक तिहाइ बजेट खर्च

लेखनाथ। आर्थिक वर्ष सकिन डेढ महिना बाँकी हुँदा गण्डकी प्रदेश सरकारको बजेट खर्च निकै कम देखिएको छ । गण्डकी सरकारले अहिलेसम्म १० अर्ब ५८ करोड खर्च गर...

अर्थ मन्त्रालयको वेबसाइटबाट आर्थिक विधेयक हटाइएपछि अन्योल, सचिव भन्छन्– जानकारी छैन

काठमाडौं । अर्थ मन्त्रालयले शुक्रबार बजेट भाषणपछि आफ्नो वेबसाइटमा सार्वजनिक गरेको आर्थिक विधेयक शनिबार दिउँसो हटाएको पाइएको छ । बजेट सार्वजनिक भएपछ...

५० युनिटभन्दा बढी विद्युत खपतमा ५ प्रतिशत भ्याट लगाउने निर्णय फिर्ता लिन कलमान घिसिङको माग

काठमाडौँ । काठमाडौंमा उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कलमान घिसिङ ले मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्र...

संयोजक प्रचण्ड अस्पताल भर्ना, निमोनियाको शङ्का

काठमाडौँ । काठमाडौं मा नेपाल कम्युनिस्ट पार्टी (नेपाल कम्युनिस्ट पार्टी) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना भएका छन्। उनको सचिवालयका ...

मनाङको खोत्रोमा ट्रक दुर्घटना, दुई जना घाइते

मनाङ । मनाङ को खोत्रो क्षेत्रमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। प्रारम्भिक जानकारीअनुसार सडकबाट अनियन्त्रित भई ट्रक दुर्घटनामा परेको हो...

निर्वाचनको तयारीमा एमाले, ‘मिसन पार्टी जागरण’ पालिका र वडासम्म एमाले नेताहरू परिचालित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेताहरूको कार्यविभाजनसँगै प्रदेश तथा स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिएको छ। शुक्रबार जारी गरि...

यो निर्वाचनको परिणाम स्वाभाविक देखिएन, पुराना दललाई विस्थापित गर्ने षड्यन्त्र जारी छ: अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका राजनीतिक दलहरूलाई विस्थापित गर्ने षड्यन्त...

महिला अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध: प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बता...

भैंसी चोरीको आरोपमा सप्तरीमा एक युवक पक्राउ

सप्तरी । दुईवटा भैंसी चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–५ जाँजर निवासी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending