काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आउँदो आइतबारदेखि सबै स्थानीय तहका नागरिकलाई दैनिक सेवा प्रदान गर्ने भएको छ । कार्यालयले विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेध आदेशको पालना गर्ने क्रममा भीडभाड कम गर्न स्थानीय तहमा अनुसार सेवामा पालो–प्रणाली लागू गर्दै आएको थियो ।
कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएकाले आउँदो आइतबारदेखि पालो–प्रणाली हटाई दैनिक सेवा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । उनका अनुसार कार्यालयमा भीडभाड कम भएको हालको अवस्थामा कोरोना सङ्क्रमणदर घटिरहे पनि सेवाग्राहीले स्वास्थ्य, सुरक्षाका मापदण्ड भने अपनाउनुपर्नेछ । काभ्रेपलाञ्चोकमा छ नगर र सात गाउँपालिका छन् ।
कार्यालयले हाल जिल्लामा १० दिन ‘मिक्स लकडाउन’ थपेको थियो । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना सङ्क्रमणदर बढ्दै गएपछि गत जेठको विभिन्न मितिमा जिल्लाका आठ स्थानीय तहले ‘सिल’समेत गर्नुपरेको थियो ।
यसैबीच काभ्रपलाञ्चोकको चार स्थानीय तह कोरोना सङ्क्रमणमुक्त भएको छ । कोरोना सङ्क्रमणमुक्त हुनेमा रोशी, तेमाल, खानीखोला र महाभारत गाउँपालिका छन् । हाल चौँरीदेउरालीमा एक र मण्डनदेउपुर नगरपालिकामा दुई सङ्क्रमित रहेको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसिएमसी)ले जनाएको छ । केन्द्रका अनुसार शनिबार र आइतबार दुई दिन जिल्लामा थप सङ्क्रमण नदेखिए पनि पछिल्लो २४ घण्टामा ३४ सङ्क्रमित थपिएका छन् ।
सोमबार १४, आइतबार २६ र शनिबार १५ सङ्क्रमित सङ्क्रमणमुक्त भएको केन्द्रले जनाएको छ । जिल्लामा हाल १२१ सक्रिय सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा ३५, पाँचखालमा २१, धुलिखेलमा १८, पनौतीमा १७, नमोबुद्धमा १५ तथा भुम्लु सात र बेथानचोक गाउँपालिकामा पाँच सङ्क्रमित रहेका छन् । जिल्लामा हालसम्म १४ हजार ४९६ मा सङ्क्रमण देखिएकामा १९२ को मृत्यु भएको छ । हालसम्मका कूल सङ्क्रमितमध्ये ९८ प्रतिशत अर्थात् १४ हजार १८३ सङ्क्रमणमुक्त भइसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १३ गते, २०८० - १५:१७
संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ। उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका–...
आश्विन १३ गते, २०८० - १५:१०
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राज्यको ढुकुटी लुटेर भातृ संगठन, नेता तथा कार्यकर्तालाई मात्र पक्षपोषण गरेको बत...
आश्विन १३ गते, २०८० - १४:५५
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली क्रिकेट टिमलाई बधाई तथा शुभकामना दिएका छन् । पूर्वराजा शाहले १९ औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्धको खे...
आश्विन १३ गते, २०८० - १४:४४
काठमाडौ । नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा मनसुन बहिर्गमनक...
आश्विन १३ गते, २०८० - १३:५४
ढोरपाटन । बागलुङमा बढी प्रचलित सोरठी, मारुनीलगायत मौलिक भाका र संस्कृति हराउँदै गएका छन् । एक दशक अगाडिसम्म ग्रामीण क्षेत्रमा गुञ्जिने बिना सालैजोको ठ...
आश्विन १३ गते, २०८० - १३:३८
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को ‘रियल टाइम मार्केट’मा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ । भार...
आश्विन १३ गते, २०८० - १३:१४
केही नाका अनुदानमा बनाइदिन्छौं भन्ने सहमति भएको छ
आश्विन १३ गते, २०८० - १३:०३
काठमाडौँ । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले...
आश्विन १३ गते, २०८० - १२:४७
छन्दु । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले टिप्पणी गरेका छन् । प...
आश्विन १३ गते, २०८० - १२:३६
रामपुर । राजेशकुमार अर्यालको अध्यक्षतामा नेपाल वडा संघ पाल्पा शाखा गठन गरिएको छ । जिल्लाको ८१ वडाध्यक्षको भेलाले गठित संघको उपाध्यक्षद्वयमा दिवाकर देव...
प्रतिकृया लेख्नुहोस्: