बनेपा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेले सङ्गठन विस्तारको अभियानलाई तीव्र पारेको छ । सो पार्टीले पार्टी विभाजनसँगै पार्टीको संरचना निर्माणका लागि पहिला जिल्ला कमिटी गठन गरी नगररगाउँपालिका हुँदै वडा कमिटीसम्म पार्टी, जनवर्गीय सङ्गठन निर्माणको अभियानलाई तीव्रता दिएको हो ।
सोहीअनुरुप सोमबार काभ्रेपलाञ्चोकको मण्डनदेउपु नगरपालिका–१ बालुवापाटी देउपुरमा वडा कमिटी निर्माणसँगै जनवर्गीय सङ्गठन, महिला, किसान, दलित मुक्ति समाज, विद्यार्थी र युवासङ्घको कमिटी निर्माण गरिएको छ । सो क्रममा जोगबहादुर तामाङका अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गर्नुका साथै युवासङ्घ, अनेरास्ववियु, दलित मुक्ति समाज, अखिल नेपाल महिला सङ्घलगायत जनवर्गीय सङ्गठन निर्माण गरेको हो । पार्टी र जनवर्गीय सङ्गठनबिना पार्टीले लिएको नीति, विचार र सिद्धान्त जनतासम्म पुग्न नसक्ने भएकाले आफूहरू पहिलो चरणमा पार्टी सङ्गठन र जनवर्गीय सङ्गठनको संरचना निर्माण अभियानमा लागेको सो पार्टीका जिल्ला अध्यक्ष टोकबहादुर वाइबाले बताए ।
कम्युनिष्ट पार्टी विचार, सिद्धान्त, पद्धति र सबैको सहभागितामा निर्माण गरेको सामूहिक कार्ययोजना र कार्यदिशामा चल्ने भए पनि यसअघि एमाले नेतृत्वले एकलौटी ढङ्गले पार्टी चलाउने र एकल ढङ्गले निर्णय गर्दै उल्टो बाटो हिँडेका कारण आफूहरू बाध्य भएर कम्युनिष्ट पार्टी निर्माणको अभियानमा लागेको अध्यक्ष वाइबाले बताए ।
एकीकृत समाजवादी काभ्रेका उपाध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईंले पार्टीको विधान, नीति, सिद्धान्त र विधिअनुसार चल्नुपर्नेमा एउटा व्यक्तिको अहङ्कार र निर्देशनमा चलाउन खोजेको कारण नयाँ पार्टी स्थापना गरी अघि बढ्न बाध्य भएको बताए ।
यसअघि भदौ २२ गते एमालेबाट विभाजित भएका समाजवादीका काभ्रेपलाञ्चोक जिल्लाबाट निर्वाचित जनप्रतिनिधिमध्ये ५६ जनाले नेकपा ९एस०मा रहेको सनाखत गरेका छन् । काभ्रेपलाञ्चोकको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आफूहरू सो पार्टीमा रहेको जानकारी गराउँदै जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गरेका थिए । सो पार्टीका जिल्ला अध्यक्ष वाइबाको अध्यक्षतामा भदौ १७ गते जिल्ला कमिटीको बैठक बसेर आफू नेतृत्वको १५१ सदस्यीय नेकपा (एस) जिल्ला समितिको घोषणा गरेर अहिले जिल्लाका नगर/गाउँपालिका हुँदै वडास्तरमा पार्टी तथा जनवर्गीय सङ्गठन विस्तार अभियानमा रहेको बताए।
जसअनुसार अहिलेसम्ममा मण्डनदेउपुर नपा, भुम्लु, चौँरीदेउराली गाउँपालिकामा पालिकास्तरीय पार्टी कमिटी गठन गरिसकेको र मण्डनदेउपुर नपाका सबैजसो वडा र बेथानचोक गाउँपालिकाको वडा नं ५ मा वडा कमिटी गठन गरिसकेको अध्यक्ष वाइबाले बताए । “हामीले आगामी असोजको १५ गतेभित्रमा सबै स्थानीय तहदेखि वडासम्ममा पार्टी कमिटी गठन गरी पार्टी सम्पर्क कार्यालय खोल्ने योजनामा छौँ”, उनले भने। आफू पूर्व मालेकालदेखि एमाले पार्टीको जिल्ला अध्यक्षसमेत सम्हालिसकेको व्यक्ति भएका कारण लामो राजनीतिक जीवनको इतिहास बनाएकाले सबै नागरिकको घरदैलोमा पुग्दै जनतालाई सुसङ्गठित गराउनका निमित्त प्रतिबद्ध रहेको दाबी गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: