बनेपा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेले सङ्गठन विस्तारको अभियानलाई तीव्र पारेको छ । सो पार्टीले पार्टी विभाजनसँगै पार्टीको संरचना निर्माणका लागि पहिला जिल्ला कमिटी गठन गरी नगररगाउँपालिका हुँदै वडा कमिटीसम्म पार्टी, जनवर्गीय सङ्गठन निर्माणको अभियानलाई तीव्रता दिएको हो ।
सोहीअनुरुप सोमबार काभ्रेपलाञ्चोकको मण्डनदेउपु नगरपालिका–१ बालुवापाटी देउपुरमा वडा कमिटी निर्माणसँगै जनवर्गीय सङ्गठन, महिला, किसान, दलित मुक्ति समाज, विद्यार्थी र युवासङ्घको कमिटी निर्माण गरिएको छ । सो क्रममा जोगबहादुर तामाङका अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गर्नुका साथै युवासङ्घ, अनेरास्ववियु, दलित मुक्ति समाज, अखिल नेपाल महिला सङ्घलगायत जनवर्गीय सङ्गठन निर्माण गरेको हो । पार्टी र जनवर्गीय सङ्गठनबिना पार्टीले लिएको नीति, विचार र सिद्धान्त जनतासम्म पुग्न नसक्ने भएकाले आफूहरू पहिलो चरणमा पार्टी सङ्गठन र जनवर्गीय सङ्गठनको संरचना निर्माण अभियानमा लागेको सो पार्टीका जिल्ला अध्यक्ष टोकबहादुर वाइबाले बताए ।
कम्युनिष्ट पार्टी विचार, सिद्धान्त, पद्धति र सबैको सहभागितामा निर्माण गरेको सामूहिक कार्ययोजना र कार्यदिशामा चल्ने भए पनि यसअघि एमाले नेतृत्वले एकलौटी ढङ्गले पार्टी चलाउने र एकल ढङ्गले निर्णय गर्दै उल्टो बाटो हिँडेका कारण आफूहरू बाध्य भएर कम्युनिष्ट पार्टी निर्माणको अभियानमा लागेको अध्यक्ष वाइबाले बताए ।
एकीकृत समाजवादी काभ्रेका उपाध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईंले पार्टीको विधान, नीति, सिद्धान्त र विधिअनुसार चल्नुपर्नेमा एउटा व्यक्तिको अहङ्कार र निर्देशनमा चलाउन खोजेको कारण नयाँ पार्टी स्थापना गरी अघि बढ्न बाध्य भएको बताए ।
यसअघि भदौ २२ गते एमालेबाट विभाजित भएका समाजवादीका काभ्रेपलाञ्चोक जिल्लाबाट निर्वाचित जनप्रतिनिधिमध्ये ५६ जनाले नेकपा ९एस०मा रहेको सनाखत गरेका छन् । काभ्रेपलाञ्चोकको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आफूहरू सो पार्टीमा रहेको जानकारी गराउँदै जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गरेका थिए । सो पार्टीका जिल्ला अध्यक्ष वाइबाको अध्यक्षतामा भदौ १७ गते जिल्ला कमिटीको बैठक बसेर आफू नेतृत्वको १५१ सदस्यीय नेकपा (एस) जिल्ला समितिको घोषणा गरेर अहिले जिल्लाका नगर/गाउँपालिका हुँदै वडास्तरमा पार्टी तथा जनवर्गीय सङ्गठन विस्तार अभियानमा रहेको बताए।
जसअनुसार अहिलेसम्ममा मण्डनदेउपुर नपा, भुम्लु, चौँरीदेउराली गाउँपालिकामा पालिकास्तरीय पार्टी कमिटी गठन गरिसकेको र मण्डनदेउपुर नपाका सबैजसो वडा र बेथानचोक गाउँपालिकाको वडा नं ५ मा वडा कमिटी गठन गरिसकेको अध्यक्ष वाइबाले बताए । “हामीले आगामी असोजको १५ गतेभित्रमा सबै स्थानीय तहदेखि वडासम्ममा पार्टी कमिटी गठन गरी पार्टी सम्पर्क कार्यालय खोल्ने योजनामा छौँ”, उनले भने। आफू पूर्व मालेकालदेखि एमाले पार्टीको जिल्ला अध्यक्षसमेत सम्हालिसकेको व्यक्ति भएका कारण लामो राजनीतिक जीवनको इतिहास बनाएकाले सबै नागरिकको घरदैलोमा पुग्दै जनतालाई सुसङ्गठित गराउनका निमित्त प्रतिबद्ध रहेको दाबी गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १६ गते, २०८३ - १५:०९
काठमाडौँ। नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल पराजित भएको छ । मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घर...
जेष्ठ १६ गते, २०८३ - १५:०२
लेखनाथ। आर्थिक वर्ष सकिन डेढ महिना बाँकी हुँदा गण्डकी प्रदेश सरकारको बजेट खर्च निकै कम देखिएको छ । गण्डकी सरकारले अहिलेसम्म १० अर्ब ५८ करोड खर्च गर...
जेष्ठ १६ गते, २०८३ - १४:५१
काठमाडौं । अर्थ मन्त्रालयले शुक्रबार बजेट भाषणपछि आफ्नो वेबसाइटमा सार्वजनिक गरेको आर्थिक विधेयक शनिबार दिउँसो हटाएको पाइएको छ । बजेट सार्वजनिक भएपछ...
जेष्ठ १६ गते, २०८३ - १३:२९
काठमाडौँ । काठमाडौंमा उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कलमान घिसिङ ले मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्र...
जेष्ठ १६ गते, २०८३ - १३:२२
काठमाडौँ । काठमाडौं मा नेपाल कम्युनिस्ट पार्टी (नेपाल कम्युनिस्ट पार्टी) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना भएका छन्। उनको सचिवालयका ...
जेष्ठ १६ गते, २०८३ - १३:१४
मनाङ । मनाङ को खोत्रो क्षेत्रमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। प्रारम्भिक जानकारीअनुसार सडकबाट अनियन्त्रित भई ट्रक दुर्घटनामा परेको हो...
जेष्ठ १६ गते, २०८३ - १२:०४
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेताहरूको कार्यविभाजनसँगै प्रदेश तथा स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिएको छ। शुक्रबार जारी गरि...
जेष्ठ १६ गते, २०८३ - ११:४१
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका राजनीतिक दलहरूलाई विस्थापित गर्ने षड्यन्त...
जेष्ठ १६ गते, २०८३ - १०:५८
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बता...
जेष्ठ १६ गते, २०८३ - १०:४५
सप्तरी । दुईवटा भैंसी चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–५ जाँजर निवासी ...



प्रतिकृया लेख्नुहोस्: