बलेवा । बागलुङ नगरपालिका–३ गौडाकोटमा तरकारी खेती गर्ने सरिता शर्माले बागलुङ बजारमा तरकारी बिक्री गर्दछिन् । बजारमा रहेका फलफूल तथा तरकारी व्यवसायीले उनले तरकारी सबै खरिद गर्छन् । बजारमा अरू जिल्लाबाट आएको तरकारी कम भएको बेला सरिताले राम्रो मूल्य पाउछिन्, बाहिरी जिल्लाको तरकारी प्रशस्तै आयो भने उनको तरकारीको मोलमोलाइ हुन्छ । उनको मुख्य पेसा नै यही हो । तरकारीबाटै उनी र उनको परिवार पालिएको छ ।
बजारमा तरकारी आएको बेला खुसुक्क फर्ममा पुग्छन् र भन्छन्, “अन्त नभन्नु मूल्य राम्रो दिन्छु,” सरिता भन्छिन्, “बजारमा तरकारी प्रशस्तै भए उनीहरुकै पसलमा पुर्याउँदासमेत वास्ता गर्दैनन् तर तरकारीको न कुनै तोकेको मूल्य छ न त मूल्य निर्धारण गर्ने निकाय नै ।”
बजारमा तरकारीको मूल्य तोक्ने कुनै निकाय नभएकै कारण मनपरी मूल्य र खुसुक्क मूल्य निर्धारण हुने गरेको उनको गुनासो छ । उपभोक्ता र किसान शर्मा बीचको दूरी नजिक छ तर उपभोक्ताले सिधै सरिताको तरकारी खरिद गर्न सकेका छैनन् भने उनले फलाएको तरकारीले उपभोक्ताले तिरेको मूल्य पाएको छैन । बिचौलियाका कारण बागलुङ बजारमा तरकारीको मूल्यमा मनपरी चल्छ । यसको मारमा उपभोक्ता र किसान दुवै छन् भनिन्, “अर्का किसान कोपिल बुढाथोकी ।”
“बजारमा हप्तामा एक पटक मासुको मूल्य तोकिन्छ, दूध, खाद्यान्न र अन्य उपभोग्य वस्तुको मूल्य तोकिएबमोजिम हुन्छ,” बुढाथोकी भन्नुहुन्छ “कुश्मामा पहिरो जानुअघि ३० रुपैयाँ किलोको तरकारी पहिरोले बाटो रोक्दा किन ८० पुग्छ ? उत्पादन जिल्लामै छ, किसानको बारीमा कुहिएको छ, बजारमा मनोमानी चल्छ ।” तरकारीको थोक मूल्य र बजार मूल्य निर्धारण नहुने गरेकै कारण उपभोक्ता र किसान मर्कामा परेको बुढाथोकीले गुनासो गरिन् ।
बजार मूल्यले उपभोक्ता थिचिँदा किसानको उत्पादनले मूल्य नपाएकै कारण किसानको अवस्था नसुध्रिएको किसान नारायणप्रसाद शर्मा बताए । “हेर्नुस् वर्षौं भयो तरकारी खेती गरेको, बजारको मूल्य हेर्दा मालामाल भयो होला भन्ने लाग्दो हो तर किसानको अवस्था उस्तै छ,” शर्माले भने, “किसानले बीउ मलसमेत पुर्याउन सक्दैन, किसान र उपभोक्ता दुवै ठग्ने को हो खोज्नु पर्दैन् ?”
किसान र उपभोक्ताको गुनासो व्यापक रहे पनि जिल्लामा दैनिक उपभोग्य वस्तुको थोक तथा खुद्रा मूल्य तोक्ने निकाय नरहेको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए । “अहिले हामीले थोक तथा हाटबजार सञ्चालनका लागि परामर्श थालेका छौँ, समूह र सहकारीले यस्तो बजार सञ्चालन गर्ने भए कार्यसमिति तयार हुन्छ, सोही समितिले मूल्य निर्धाराण र व्यवस्थापन गर्छ,” उनले भने । सरकारी निकायले बेला बेलामा बजारको अनुगमन गर्ने गरे पनि किसानको मर्काबारे भने कसैले आवाज नउठाउने किसानको गुनासो छ ।
बागलुङ बजारमा कृषि हाटबजार तथा थोक बजार सञ्चालनका लागि जिल्ला कृषि सहकारी सङ्घले नगरपालिका, कृषि ज्ञान केन्द्र र उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा काम थालेको छ । सङ्घका अध्यक्ष नरबहादुर थापाको अध्यक्षतामा कृषि हाटबजार तथा थोक बजार व्यवस्थापन समिति गठन भइसकेकाले अब भने किसान र उपभोक्ताका समस्या समाधान हुनेगरी काम अघि बढ्ने भट्टराईले बताए ।
किसानको उत्पादन खरिद गरेर उपभोक्तालाई पुर्याउने व्यवसायीको पनि आफ्नै गुनासो छ । डोकोमा बोकेर घरघरमा पुग्नेहरुका कारण किसानको उत्पादनको मूल्य एकनास नहुने व्यवसायी गोपाल सापकोटाले बताए । “यहाँको सरकारले दर्ता गराएर कर असुल्छ हामीसँग तर हामीले कर तिर्ने गरी व्यपार गर्नसमेत पाउँदैनौँ,” सापकोटाले भन्नुभयो, “हामीले व्यवसाय कर तिर्नका लागि मात्रै गर्ने हो र ?,” तरकारीको बजार र उपभोगलाई व्यवस्थित गर्न सबै सरोकारवालाले ध्यान दिनुपर्ने व्यवसायी तथा किसानको माग छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: