Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

भक्तपुरमा कांग्रेस अधिवेशनको तयारी

रासस
भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्लाको नगर अधिवेशन आउन चार दिन बाँकी रहँदा यहाँ अधिवेशनको चहलपहल सुरु भएको छ । आगामी ९ गतेबाट यहाँका चार वटा नगरपालिकामा हुने कांग्रेस अधिवेशनमा नगर सभापतिको आकांक्षी बढेपछि निर्वाचन हुने पनि पक्का भएको देखिएको छ । 
 
जिल्लाको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा संस्थापन पक्ष सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, कृष्ण सिटौलादेखि प्रकाशमान सिंहको टिमबाटसमेत उम्मेदवारी दिने गरी नगरसभापतिको आकांक्षी बढेपछि नगर अधिवेशन सर्वसम्मत नेतृत्व चयनको सम्भावना नरहेको बताइएको छ । 
 
नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले ९ गते चारवटै नगरपालिकामा सुरु हुने अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताए  । यद्यपि आकांक्षी धेरै देखिएकाले सर्वसम्मत नेतृत्व चयन हुन नसक्दा १० गते प्रजातान्त्रिक पद्दतिअनुरुप निर्वाचनबाट नेतृत्व चयन गर्ने बताए । 
 
नेपाली कांग्रेसले जिल्लाका ३८ वटा वडाको अधिवेशन सम्पन्न गरेसँगै नगर अधिवेशनमा नेतृत्व हत्याउन नेताको दौडधूप तथा उम्मेदवारी घोषणाको क्रम सुरु भएको हो । नगर अधिवेशनको परिणामले नै क्षेत्र र जिल्लाको अधिवेशनलाई प्रभाव पार्ने भएकाले समूह तथा उपसमूहमा रहेका नेता नगरको नेतृत्व आफ्नो पक्षमा पार्न छलफलमा लागेका छन् । 
 
जिल्ला सभापति दुर्लभ थापा, पूर्व जिल्ला सभापति गणेशमान चक्रधर, महेश श्रेष्ठ, अष्टकुमार कवे, विनोद कायस्थ, बाबुराजा जोशी, कृष्णलाल भँडेल, कविर राणा, उद्धव सिलवाल, विदुरमानसिं बस्नेतलगागतका नेता उम्मेदवार र मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका कांग्रेस नेताको भनाइ छ ।
 
भक्तपुर नगरमा वर्तमान सभापति रामप्रसाद कासुला, पूर्व सभापति रवीन्द्र प्रधान, अनिल भुजु, प्रवीण लाखे, राजेन्द्र तमखु र शिव अवालले नगर सभापतिमा उम्मेदवारी दिने बताएका छन्  ।
 
यता मध्यपुरथिमि नगरपालिकामा पनि सभापतिको उम्मेदवारीका लागि दौडधूप बढेको छ । यस नपामा नगर सभापतिका लागि वर्तमान सभापति सुरेन्द्र श्रेष्ठ, हरिदास प्रजापति, ओम श्रेष्ठ, राम थापामगर, अनिल श्रेष्ठ, उमेश खड्काले उम्मेदवारी दिने बताएका छन्।
 
सूर्यविनायक नगर समितिको नेतृत्वका लागि दुई वटा समूहले प्यानलै उम्मेदवारी घोषणा गरेर प्रचारमा लागिसकेका छन् । जिल्ला सभापति दुर्लभ थापाको पक्षबाट जिल्ला सचिव निशान ढुङ्गेल र सूर्यविनायक नगर समितिका वर्तमान् उपसभापति रवि राणाले प्यानल नै घोषणा गरी प्रचारमा लागेका छन् । 
 
ढुङ्गेल नेतृत्वमा उपसभापतिमा रमण कायष्थ र रमेश अधिकारी, सचिवमा सुमन न्यौपाने र विश्वराम थापा, सहसचिवमा अमिर ढङ्गाना र सुरेश केसी तथा क्षेत्रीय प्रतिनिधिमा अम्बिका थापा र शशी बस्नेतको प्यानल प्रतिस्पर्धामा उत्रिएको छ । राणा नेतृत्वमा भने उपसभापतिमा दिनेश न्यौपाने र महेश केसी, सचिवमा उपेन्द्र तिमलसिना र लक्ष्मण थापा, सहसचिवमा रुपक न्यौपाने र राम गोतामे प्रतिष्पर्धामा उत्रिएका छन् । 
 
यता चाँगुनारायण नगर सभापतिमा वर्तमान् सभापति एवं चाँगुनारायण नगरपालिका–२ का वडाध्यक्ष, नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला उपमन्त्री शिवहरि केसी र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति एवं पूर्वकेन्द्रीय सदस्य मनोजकुमार थापाले उम्मेदवारी दिने बताएका छन् । नगर सभापतिमा यादवप्रसाद अधिकारी, उद्धव खड्का र उमेश खड्काले पनि उम्मेदवारी दिने बताका छन् ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending