Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

भारतीय प्रधानमन्त्री मोदीसँग नेता देउवाको भेटघाट, लिपुलेकको बारे कुरै भएन

\"deuba_modi\"१५ साउन, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । दुईपक्षिय हितबाहेक नेपाली चासोको विषय लिपुलेकबारे देउवाले भारतिय प्रधानमन्त्री लगायतका कसैसँगपनि कुरा उठाएका छैनन् । खबरका अनुसार देउवाले नै लिपुलेकबारे आफ्नो चासो नरहेको आफ्ना नजिककाहरुसँग बताउने गरेका छन् । नयाँदिल्लीको सेभेन रेस्कोर्ष रोडस्थित प्रधानमन्त्री निवासमा अपराह्न ५ः०० बजे प्रधानमन्त्री मोदी र नेता देउवाबीच शिष्टाचार भेट भएको भेटमा सहभागी पूर्वप्रधानमन्त्री देउवा पत्नी एवम् सभासद् डा आरजु राणा देउवाले राससलाई जानकारी दिइन् । सो भेटमा दुई मुलुकका आपसी हित तथा सहयोगको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिका बारेमा छलफल भएको थियो । भेटमा नेता देउवाले भूकम्पलगत्तै र पुनःनिर्माणमा भारतले नेपाललाई गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए । नेता देउवाले प्रधानमन्त्री मोदीलाई नेपालको संविधान निर्माणका बारेमा जानकारी गराउदै विकास निर्माणसम्बन्धी ठूला लगानीका पूर्वाधारमा भारतको सहयोगको अपेक्षा गरेका थिए । प्रधानमन्त्री मोदीले नेपालको संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेकामा खुसी व्यक्त गर्दै सकेसम्म सबैको सहमतिमा संविधान जारी गर्नुपर्नेमा जोड दिएको थिए । नेपाल संविधान जारी भएपश्चात् छिट्टै शान्ति, स्थिरता र विकासको बाटोमा लम्कने आशा व्यक्त गर्दै प्रधानमन्त्री मोदीले आफूहरुसँग भएको अनुभव नेपालको भूकम्पपछिको पुनःनिर्माणमा सघाउने बताउनुभएको सभासद् डा राणाले बताइन् । यसअघि पूर्वप्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग नयाँदिल्लीस्थित राष्ट्रपति कार्यालयमा आजै मध्याह्न १ बजे शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भेटमा दुई मुलुकका आपसी हित तथा सहयोगको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिका बारेमा समेत छलफल भएको थियो । राष्ट्रपति मुखर्जीले विगतमा आफू विदेशमन्त्री भएका बेला सम्झौता भएको बहुउद्देश्यीय पञ्चेश्वर परियोजनाको कार्य हाल अघि बढेकामा खुसी व्यक्त गर्नुभएको सभासद् डा आरजु राणाले बताइन् । नेता देउवाले बिहीबार भारतीय विदेश मन्त्री सुष्मा स्वराज र भारतीय विदेश सचिव एस जयशङ्करसँग भेटवार्ता गरेका थिए । भारत सरकारको निमन्त्रणमा नेता देउवा साताव्यापी भ्रमणका लागि बुधबार नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending