NTC Banar
Khabar Dabali ९ चैत्र २०७९ बिहीबार | 23rd March, 2023 Thu

विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने

रासस

जेनेभा । विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ।

अमेरिकी सञ्चार माध्यमले जनाएअनुसार वाल स्ट्रीट जर्नलको रेपोर्टमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य सङ्गठनको एक निकायले २० जना वैज्ञानिकहरूको एउटा टोलीलाई यस बारे थप नयाँ प्रमाण खोज्नको लागि भेला गर्दैछ । उक्त रेपोर्टअनुसार  कोभिड–१९ को उत्पत्ति बारे चिनियाँ वैज्ञानिकहरूले दिएको प्रमाण अप्रयाप्त छ । 
रिपोर्ट मा भनिएको छ –वैज्ञानिकहरूको नयाँ समूह जसमा प्रयोगशाला सुरक्षा, जैविक सुरक्षा विशेषज्ञहरू र आनुवंशिक विशेषज्ञहरू समेत सम्मिलित छन् उनीहरूले कोरोना भाइरस प्रयोगशालाबाट बाहिरएको हो वा होइन भन्ने विषयमा गम्भीर अध्ययन-अनुसन्धान गर्नेछन् । उक्त अध्ययनले यस किसिमका भाइरस सङ्क्रमणको भविष्यमा हुन सक्ने जोखिमलाई समेत केन्द्रमा राखेर प्रतिवेदन तयार पार्नेछ ।   

स्वास्थ्य सङ्गठनले यस नयाँ पहलले अनुसन्धानलाई छिटो गर्न मद्दत पुर्यातउने र जोखिम कम गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेको छ । 

यसअघि अगस्टमा अमेरिकाले कोभिड भाइरसको उत्पत्ति बारे एउटा रिपोर्ट जारी गरेको थियो उक्त रिपोर्टलाई  बेइजिङले पूर्णरूपमा राजनीतिक भएको र कुनै वैज्ञानिकता र विश्वसनीयता नभएको भन्दै अस्विकार गरेको थियो ।  त्यस बारे चिनियाँ उपविदेश मन्त्री मा झाओक्सुले कडा शब्दमा आपत्ति जनाउँदै अमेरिकाले भाइरस ट्रेसिंगका नाममा अन्तर्राष्ट्रिय सहयोगमा विषाक्तता नथप्न र महामारीको विरूद्धको लडाइमा वैज्ञानिक ढङ्गले अनुसन्धान गर्दै सही बाटो समात्न आग्रह गरेका थिए ।  

यसैगरी उक्त रिपोर्टको सारांश मा भनिएको छ(अमेरिकी खुफिया समुदाय (आईसी) का अनुसार  नोभेल कोरोनाभाइरसको उत्पत्ति अतिरिक्त जानकारी बिना कहिल्यै पहिचान गर्न सकिदैन ।

रिपोर्टका अनुसार अमेरिकी गुप्तचर समुदाय अझै पनि यस भाइरसको उत्पत्ति प्रयोगशालाबाट भएको हो वा जनावरबाट मानिसमा प्रवेश गरेको हो भन्ने बारे विभाजित नै छ ।
 
डब्लुएचओ नेतृत्वको वैज्ञानिकहरूको एक टोली जसले २०२१ को शुरुमा चीनको यात्रा गरी भाइरसको उत्पत्तिको बारे अनुसन्धान गर्ने प्रयत्न गरेको थियो यद्यपि यसले त्यसबारे स्पष्ट र यथेष्ट प्रमाण र तस्वीरहरू सङ्कलन गर्न भने निकै सङ्घर्ष गरेको थियो। 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ऊर्जा व्यवसायी न्यौपानेविरुद्ध मुद्दा दायर

काठमाडौँ। जिल्ला अदालत काठमाडौँमा ऊर्जा व्यवसायी गुरुप्रसाद न्यौपानेविरुद्ध रु तीन करोड २३ लाख बिगो र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको छ। धितो...

पुरानो संसद भवनलाई रेट्रोफिट गर्न निर्देशन

काठमाडौँ। संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार राष्ट्रियसभाअन्तर्गतको प्रत...

फेवा महोत्सवको तयारी तीव्र

पोखरा। नयाँ वर्षका अवसरमा पोखराको लेकसाइडमा हुने १८औँ ‘फेवा नववर्ष महोत्सव’को तयारी तीव्र पारिएको छ। महोत्सव मूल आयोजक समितिले आफ्नो कामलाई बढाएको र व...

एकै दिन १७ जनामा देखियो कोरोना

लुम्बिनी। नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ। शून्यमा झरेको सङ्क्रमण आज एकै दिन १७ जनामा देखिएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्...

समृद्ध प्रदेश निर्माणमा कार्यक्रम लक्षित छन् : मुख्यमन्त्री गिरी

लुम्बिनी।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध प्रदेश निर्माणतर्फ प्रदेश सरकारका योजना र कार्यक्रम लक्षित गरिएको बताएका छन्।  लुम्बिन...

नेपाली सेनाको आकार सरकारले तोक्ने हो, विज्ञले होइनः प्रधानसेनापति शर्मा

काठमाडौँ।  नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बाहिरी व्यक्तिले नेपाली सेनाको संख्या र साइज तोक्नु हाँस्यास्पद भएको टिप्पणी गरेका छन्। पोख...

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण वैशाख दोस्रो हप्तामा भारतमा : सञ्चारमन्त्री

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण वैशाख दोस्रो हप्तासम्म भइसक्ने बताएकी छन्। बिहीबार...

गाँजा नियमनका लागि कानुन नबनाएकोबारे सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौँ। सर्वोच्च अदालतले गाँजा नियमनका लागि कानुन बनाउन आवश्यक छैन भने त्यसको कारण दिन सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।  बिहीबार सर्वो...

राहुल गान्धीलाई सुनाइयो दुई वर्ष जेल सजाय

काठमाडौँ। भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई एउटा अदालतले दुई वर्ष जेल सजाय सुनाएको छ। सुरत जिल्ला अदाल...

एसीसी प्रिमियर कपको खेलमा नेपालको समूहमा ओमान

काठमाडौँ। एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक भएको छ।  एसियन क्रिकेट काउन्सिल (एसीसी) ले प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Jobkhoji Salt Trending Detail Page