NTC Banar
Khabar Dabali ९ चैत्र २०७९ बिहीबार | 23rd March, 2023 Thu

सूर्यविनायक नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्दै

रासस
भक्तपुर । सूर्यविनायक नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । नगरपालिकाको पहिचानलाई विद्यालय तहदेखिनै जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको हो । पाठ्यक्रम निर्माण पछि अन्तिम रुप दिएर त्यसलाई कार्यान्वयमा ल्याउने तयारी भइरहेको स्थानीय पाठ्यक्रम निर्माण तथा सहजीकरण समितिका संयोजक किरण थापाले जानकारी दिए  । 
 
चालू शैक्षिक सत्रमा कक्षा १ देखि ५ सम्म र आगामी शैक्षिक सत्रमा ६ देखि ८ कक्षासम्म स्थानीय पाठ्यक्रम लागू गर्ने गरिने उल्लेख गर्दै उनले यसै साताभित्र सरोकार व्यक्तिसँग छलफल गरेर पाठ्यक्रमलाई अन्तिमरुप दिइने बताए । 
 
“नगरपालिकाले सूर्यविनायक क्षेत्रमा दसँैपछि भौतिक रुपमा विद्यालय सञ्चालन गर्न अनुमति दिएकाले कक्षा सञ्चालन हुँदा विद्यार्थीले स्थानीय पाठ्यक्रम पढ्न पाउन छन्”, नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नं ७ का वडाध्यक्ष थापाले भने, “सूर्यविनायक नगरपालिका भक्तपुरको नयाँ नगरपालिका हो, त्यसैले सुरुका दुई वर्ष ऐन कानून निर्माण, नगरपालिकाको व्यवस्थापन र विकास निर्माणमा केन्द्रीत भयौँ, त्यसपछि दुई वर्ष कोभिडले पाठ्यक्रम निर्माणमा छलफल गर्ने वातावरण नै भएन, बल्ल अलि सहज भएपछि पाठ्यक्रम निर्माण सकेर लागू गर्न खोजेका हौं ।” 
 
कक्षा १ देखि ५ सम्म लागू हुने स्थानीय पाठ्यक्रममा स्थानीय १४ विषयवस्तु समावेश गरिएका छन् । नगरपालिकाका प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेलले दसँै अगाडि नै पाठ्यक्रमलाई अन्तिम रुप दिएर सार्वजनिक गर्ने र दसैँपछि कक्षा कोठामा कडाइका साथ कार्यान्वयनमा ल्याउने गरी नगरपालिकाले तयारी गरेको बताए  । उनले स्थानीय पाठ्यक्रमलाई प्रयोगात्मक ढङ्गले अगाडि बढाइने जानकारी दिए । 
 
नगरपालिकाको शिक्षा शाखा अधिकृत सरस्वती कोइरालाले कक्षा १ देखि ५ सम्म ‘हाम्रो सूर्यविनायक’ नाम दिएर पाठ्यक्रम निर्माण गरिएको जानकारी दिए । उनका अनुसार पाठ्यक्रममा नगरपालिकाको भूगोल, जनसङ्ख्या, प्राकृतिक सम्पदा, स्थानीय जातजाति, वेषभूषा, व्यक्तित्व, जनसङ्ख्या र प्रमुख धार्मिक सम्पदाका साथै स्थानीय चाडपर्व, बोलीचाली,बाजागाजा, नाच, लोक संस्कृति, धर्म, संस्कार, रहनसहनलाई समेटिएको छ । यसैगरी  कृषि, पर्यटन, पेशा, व्यवसाय, खेल, जडीबुटी, सडक, योग, हरित विद्यालयजस्ता विषय पनि पाठ्यक्रममा राखिएको छ ।
 
आधारभूत कक्षासम्म स्थानीय विषयवस्तु र पहिचानलाई व्यवहारिक शिक्षाको रुपमा लैजाने र कक्षा ६ देखि ८ कक्षासम्म स्थानीय पेशा, ज्ञान, सीप र प्रविधिलाई जगेर्ना गर्दै सीप दिने गरी लैजाने लक्ष्य  रहेको अधिकृत कोइरालाको भनाइ थियो ।
 
सामुदायिक अनुसन्धान केन्द्रका उद्धवप्रसाद प्याकुरेलले पाठ्यक्रम निर्माणमा प्राविधिक सहयोग गरेको र पाठ्यक्रम विकास केन्द्रका अधिकृत खिलानाथ धमलाले विद्यालयका प्रधानाध्यापक र सरोकार निकायलाई स्थानीय शिक्षाबारे जानकारी गराएका थिए  ।
 
स्थानीय तह सरकार सञ्चालन ऐन, २०७४ लागू भएपछि स्थानीय तहहरुले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यन्वयन गर्दै आएका छन् । जिल्लाका चार नगरपालिकामध्ये भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम ‘ख्वप:को पहिचान’ भाग–१ र २ प्रकाशन गरी कार्यान्वयनमा ल्याएको थियो । 
 
उक्त पुस्तकमा ख्वप:को संस्कृति, सम्पदा, इतिहास, जीवनशैली, रैथाने व्यवसाय, सीप र प्रविधि, परम्परागत खेल, वेषभूषा, भाषा र लिपी, पर्यटन, विभिन्न व्यक्तित्वका बारेमा चर्चा गरिएको छ । 
 
त्यसैगरी चाँगुनारायण नगरपालिकाले कक्षा ६, ७ र ८ मा ‘हाम्रो चाँगुनारायण’ पाठ््यक्रम कार्यान्वयनमा ल्याइसकेको छ । पाठ्यक्रममा स्थानीय परम्परा, संस्कृति, रीतिरिवाज, सम्पदा, चाडपर्व, सामाजिक व्यवहार, पेसा/व्यवसाय, वातावरण संरक्षण, आर्थिक गतिविधि, स्थानीय प्रविधिलगायत विषयवस्तु समेटिएको छ । 
 
मध्यपुरथिमि नगरपालिकाले पनि ‘मध्यपुरथिमि म्हसिका’ (मध्यपुर थिमि परिचय) नामक पाठ्यक्रम कार्यान्यनमा ल्याइसकेको छ ।
 
सूर्यविनायकले स्थानीय पाठ्यक्रम लागू गरेपछि जिल्लाका चारवटै पालिकामा स्थानीय पाठ्यक्रम हुने भएको छ  ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच जना एआइजीले पाए दर्ज्यानी चिन्ह

काठमाडौँ। नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरूले दर्ज्यानी चिन्ह पाएका छन्।  प्रहरी नायब महानिरीक्षक (डीआइजी) बाट बढुवा भ...

कानून कार्यान्वयनको बाधक अस्थिर राजनीति : मुख्यमन्त्री शर्मा

कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कानून कार्यान्वयनको बाधक अस्थिर राजनीति बनेको बताएका छन्।    नेपाल कानून समाजद्वार...

लाखौँको खसीबोका निर्यात गर्दै अर्घाखाँची

अर्घाखाँची। भारतमा राम्रो कमाइ गरिरहेका शीतगङ्गा नगरपालिका–१३ सिमलपानीको ढावाका किसान विष्णुप्रसाद न्यौपानेले गाउँमै फर्किएर बाख्रा पालन सुरु गरे।  ...

२४ घण्टामा सात जना कोरोना सङ्क्रमित

काठमाडौँ। सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा सात जनामा कोरोना भइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले गौरीफन्टा नाकाबाट भित...

थ्री नेशन्स कपमा नेपालको विजयी सुरुवात

काठमाडौँ। घरेलु टोली नेपालले प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको ...

परीक्षा केन्द्र सार्ने निर्णय तत्काल फिर्ता नलिए आन्दोलन गर्ने अनेरास्ववियुको चेतावनी

काठमाडौँ। नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्नातक तह चौंथो वर्षको परीक्षाको केन्द्र सारिएको भन्दै वि...

राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूतको भेट

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडलसँग नेपालका लागि चिनियाँ राजदूत छेन सङले भेट गरेका छन् । बुधबार उनीहरूबीच शितलनिवासमा भेट भएको राष्ट्रपति कार्या...

हामीलाई पछाडि फर्कने छुट छैन : राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अब हामीलाई पछाडि फर्कने छुट नभएको बताएका छन् ।  नेपा...

मन्त्रिपरिषद् चाँडो विस्तार गर्ने गठबन्धनको सहमति

काठमाडौँ। सत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल भएको छ। बालुवाटारमा बुधबार साँझ बसेको बैठकले चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेको ...

भोजपुर गोल्डकप चैत १० देखि

काठमाडौँ।  भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा यही चैत १० देखि सदरमुकामको स्थानीय टुँडिखेलमा छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतिय...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page