जाजरकोट । उपल्लो डोल्पाका किसानले बल्ल हिउँदेबाली भित्र्याउन थालेका छन् ।
उपल्लो डोल्पास्थित डोल्पाबुद्ध, छार्काताङसोङ र शेफोक्सुन्डो गाउँपालिकाका किसानले बल्ल हिउँदेबाली भित्र्याउन थालेका हुन् ।
उच्च हिमाली भेगका साथै अत्यधिक चिसो कारण ढिला अन्न पाक्ने भएकाले हिउँदमा लगाएको अन्नबाली (उवा) अहिले भित्र्याउन लागेको डोल्पाबुद्ध गाउँपालिका–६ सिमेनका प्रेमा गुरुङले जानकारी दिए । अन्य समयमा हिउँले सेताम्य हुने उपल्लो डोल्पामा अहिले उवा पोकेर पहँेलपुर अवस्थामा रहेको छ ।
बिहानदेखि बेलुकीसम्म यहाँका सबै स्थगानीयवासी खेतबारीमै व्यस्त हुने गरेका छन् । उवा भित्र्याउनका लागि गाउँभरीमा एकै साइत कुरेर भित्र्याउने चलन छ । सबै ठाउँमा गहुँ उत्पादन नहुने भएकाले सिमेन र भिजेर गाउ“मा गहु“ उत्पादन हुने गर्दछ । अन्य ठाउँमा उवा बढी उत्पादन हुने गरेको छ । आकाशे पानीको भरमा लगाइने उवा र गहुँ वैशाखमा लगाइन्छ भने असोजमा भित्र्याउने काम हुन्छ ।
हिमालमा धेरै पानी पर्दैन । उवाका लागि पानी आवश्यक हुन्छ । पानी परेपछि यसले धेरै उत्पादन हुन्छ । उवाको रोटी, सातु र अरु परिकार बन्छ । रोटीको साथै सातु पनि स्थानीयवासीले खानाको रुपमा खान्छन् । सरकारी अनुदानको चामल नियमित नहु“दा उवालाई नै बा“डीचुड गरेर खाने गरिन्छ । व्यापारीले पुर्याएको चामल धेरै महँगो हुन्छ । कात्तिकको अन्तिमदेखि फेरि उपल्लो डोल्पाका तीन गाउँपालिकामा हिमपात सुरु हुन्छ ।
मुख्यबालीका रुपमा रहेको उवा र कम उत्पादन हुने गहुँ नै यहाँको मुख्य आहारा हो । आयातित अन्नमा भरपर्ने उपल्लो डोल्पाका सर्वसाधारण केही अन्न चीनको स्वसासित क्षेत्र तिब्बतबाट पनि ल्याउने गर्दछन् । हिउँद याममा हिमपात हुने भएकाले यहाँका किसानमध्ये कोही आफ्नै घरमा खाद्यान्नको जोहो गरी बस्छन् भने कोही तल्लो भेग तीर झर्ने गरेको स्थानीयवासी इ गुरुङले बताए ।
उपल्लो डोल्पामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल दुई वर्षदेखि राम्रोसँग पुगेको छैन । स्थानीय बजारमा प्रति क्वीन्टल १६ हजारसम्म रकम खर्चे पनि सोचे झैँ पाउन गाह्रो छ । अघिल्लो वर्षको भन्दा यो वर्ष गहुँ र उवा राम्रो उत्पादन हुने सम्भावना बढेको गुरुङले बताए । पानी धेरै परेका कारण उत्पादन बढ्ने आकलन छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: