Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

‘शिक्षा क्षेत्रमा लगानी बढाऔँ ’

खबरडबली संवाददाता
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले शिक्षा क्षेत्रमा लगानी बढाउन सरकारसँग आग्रह गर्नुभएको छ । ख्वप इन्जिनियरिङ कलेजद्वारा आज आयोजित ‘एम.ई.इन अर्थक्वेक र एम.एस.सी.इन अर्बान डिजाइन र कन्जर्भेसन’ विषय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षामा गरिएको लगानी  खेर नजाने बताए । 
 
उनले भने, “शिक्षा क्षेत्रमा गरेको लगानी कहिल्यै पनि खेर जाँदैन, त्यसैले सरकारले शिक्षामा लगानी वृद्धि गर्नु आवश्यक छ, स्थानीय तहहरुले कलेज तथा विश्वविद्यालय सञ्चालन गरेमा जनताले सस्तो र गुणस्तरीय शिक्षा पाउन सक्छन् ।”
 
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित सो कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् नगरप्रमुख सुनिल प्रजापतिले स्थानीय तहले सञ्चालन गरेको ख्वपअन्तर्गतका कलेजबाट देशभरिका विद्यार्थीले उच्च शिक्षा हासिल गर्ने अवसर पाएको चर्चा गर्दै इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुमा इमानदारिताको खाँचो औँल्याए । उपप्रमुख रजनी जोशीले पुर्खाले सिर्जेको सम्पत्ति संरक्षण र संवद्र्धनमा विद्यार्थी लाग्नुपर्नेमा जोड दिए ।
 
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले पहिलोपटक स्नातकोत्तर तहमा भूकम्प र ग्रामीण विकासको विषयको अध्यापन ख्वप इन्जिनियरिङ कलेजबाट सुरु भएको जनाउँदै सम्पदा संरक्षण तथा सभ्य सहर निर्माण महत्वपूर्ण रहेको बताए ।
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनयुद्धका सुप्रिमोसँग आमाबुबाको सपना बोकेर चुनावी मैदानमा शहीद पुत्र सन्दीप

दाङ । नेपाली राजनीतिमा यो चुनाव केवल मतको प्रतिस्पर्धा मात्र होइन, इतिहास र भावनाको प्रत्यक्ष सामना बन्ने भएको छ। १० वर्षे जनयुद्धका सुप्रिमो पुष्पकमल...

सामाजिक सञ्जालमा एमाले रक्षात्मक, ओलीले दिए दिनमा १० पोस्ट, १० सन्देश पठाउन आदेश

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध सामाजिक सञ्जालमा भइरहेको ‘दुष्प्रचार’ रोक्न कार्यकर्ताहरूलाई आक्रामक डिजिटल अभियानमा उ...

सुदूरपश्चिममा रास्वपाको आकांक्षीको भीड, १६ सिटका लागि ४६ दाबेदारमा कसले पाउला टिकट ?

ललितपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशमा तीव्र आन्तरिक प्रतिस...

एमाले सचिवालय बैठकमा उम्मेदवार टुंग्याउने कसरत, ओलीसहित ३५ नेताको नाम लगभग निश्चित

ललितपुर । नेकपा एमालेको सचिवालय बैठकमा सहभागी हुन शीर्ष नेताहरू पार्टी केन्द्रीय कार्यालय पुगेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

हामी कुनै मुठभेड गरेर पार्टी कार्यालय प्रवेश गर्दैनौँः उपसभापति भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी नवनिर्वाचित उपसभापति पुष्पा भुसालले आफूहरू सौहार्दपूर्ण वातावरण बनेपछि मात्रै केन्द्रीय कार्यालय सानेपा जाने बताएकी छन्। ...

मधेस प्रवेशसँगै बालेनको चर्चा, त्रासमा मधेस केन्द्रित दल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अब औपचारिक रूपमा स्थानीय सरकारको भूमिकाबाट बाहिरिँदै राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने तय...

जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे हजार नगद र जुवा ...

एक–दुई दिनमै कांग्रेस एक ठाउँमा आउँछ, देउवाबाट ‘संरक्षक’ काे भूमिका अपेक्षा गरेका छाैं: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएको विवाद अब अन्त्यतर्फ उन्मुख रहेको दाबी गर्दै सबै नेता–कार्यकर्तालाई एकै ठाउँमा आउन आ...

नौ वर्षमा भरतपुरको कायापलट, रेनु दाहालको ऐतिहासिक विदा

चितवन । नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा रेनु दाहाललाई धेरैले ‘प्रचण्डकी छोरी’ भनेर चिने । नौ वर्ष भरतपुरको मुहार फ...

१२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणतर्फ अघि बढ्दै

काठमाडौं । १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको चरणतर्फ अघि बढेको छ । यस आयोजनाको लगानीको ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय यो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending