Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

न्याय खोज्दै पैदल यात्रामा

खबरडबली संवाददाता

धादिङ । महिलामाथि भएको घरेलु हिंसामा पीडकलाई कारबाहीको माग गर्दै बाँकेका महिला अधिकारकर्मी र पीडितपरिवार सिंहदरबारको यात्रामा छन् । उण्डाइसौँ दिनको यात्रामा धादिङको गल्छीबाट २०७८ असोज १९ गते काठमाडाँैतर्फ लागेका अधिकारकर्मीले घरेलु हिंसामा परी एक महिलाको  हत्या भएकोले पीडितपक्षलाई न्याय र आरोपीलाई कारबाहीका लागि  दवाब दिन पैदलयात्रामा रहेको बताएका छन् ।

बाँके जिल्ला जानकी गाउँपालिका–२ की ३८ वर्षीया ननपुन्नी धोबीको गत साउन ५ गते राति घरेलु हिंसाका कारण हत्या भएको मृतकको माइती पक्षको आरोप  छ । बाँके जिल्ला प्रहरी कार्यालयले भने झुण्डिएर आत्महत्या गरेकामा अनुसन्धानबाट घरेलु हिंसा भएको देखिए आत्महत्या दुरुत्साहन अन्तर्गत कारबाही गर्नुपर्ने बताएको थियो । महिलाको माग र १९ दिनसम्मको धर्नाका कारण पीडित पक्षले कर्तव्य ज्यान मुद्दा अन्तर्गत जाहेरी ल्याएका कारण पीडितपक्षको माग बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जनाइएको थियो ।

यसैगरी नेपालगञ्ज उपमहानगरपालिका–१७ की ५० वर्षीया निर्मला खातुनलाई अपहरपछि बेपत्ता पारिएकाले अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ । लामो समय अघिदेखि निर्मला हराएकोले उहाँको जग्गा जमिनसमेत सरकारलाई हस्तान्तरण गर्नुपर्नेमा व्यक्तिको नाममा दर्ता गराइएका कारण घटना रहस्यमय भएकाले अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्नेमा जिल्लामा प्रहरीले चासो नदिएको आरोप लागाउँदै पीडितपक्ष र महिला अधिकारकर्मीसमेत सिंहदरबार पुगेर माग सम्बोधन गाराउन पैदल यात्रामा आएको महिला अधिकारकर्मी रुबी खानले बताइन् ।

अपहरण सम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालमा २०७७ मङ्सिर १६ गते दर्ता गराइएको थियो । मुद्दा दर्ता गरेर घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीको भनाइ थियो । 

पैदल यात्रामा ११ महिला र तीन पुरुष सहभागी छन् । उण्डाइस दिनदेखि हिँडेका कारण खुट्टा सुन्निएको तथा लामो यात्राको क्रममा पीडित परिवार र अधिकारकर्मीलाई पैदल यात्रामा सकस भएको देखिन्छ । महिलामाथि भएका हिंसाका घटनामा प्रहरीले जाहेरी दर्ता नगर्ने, महिला नै जाहेरी दर्ता गराउन जाँदा अभद्र व्यवहार गर्ने गरिएकाले मानवअधिकार संरक्षण र सुरक्षाका लागि सिंहदरबार गुहार्न जान लागिएको महिला अधिकारकर्मी खानको भनाइ थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वप्रकाश शर्माको सन्देश : छुटेका सबैलाई जोडेर नयाँ कांग्रेस बनाउँछौँ

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र रहेका सबै धार र मतलाई समेटेर अघि बढ्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्...

अब कांग्रेसमा गठबन्धन, गुट र भागबन्डाको राजनीति हुँदैनः गगन थापा

  काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिँदै आएको गुटगत राजनीति अन्त्य गरेर एकताबद्ध कांग्रेस निर्माणमा लाग्ने स्पष्ट संकेत...

आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं: पूर्णबहादुर खड्का

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षले त्यसलाई अस्वीकार गरेको छ । देउवा पक्षका नेता पूर्णबहादुर खड्क...

आयोगले नियम-कानून र विधिको धज्जी उँडायाेः प्रकाशशरण महत

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्ष आक्रोशित बनेको छ । साबिक कांग्रेसका प्रवक्ता डा. प्रकाश...

कालीकोटमा जिप दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । कालिकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सेरी पान्तडी सडक खण्डअन्तर्गत शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे ...

निर्वाचन आयोगले देउवा पक्षलाई नयाँ दल दर्ताको अवसर दिने

काठमाडौं । निर्वाचन आयोगले शेरबहादुर देउवा पक्षले गगन थापा नेतृत्वको नेपाली कांग्रेसमा बस्न नचाहेमा नयाँ दल दर्ता गर्ने अवसर उपलब्ध गराउने भएको छ । ...

२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईं समूहबीच सम्झौता

काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नेपालबीच २७ बुँदे मागका विषयमा सहमति भएको छ । दुवै पक्षबीच भएको वार...

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दियो

काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक दलको मान्यता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनबाट ...

गगन थापाको विधान क्रान्ति : नेतृत्वदेखि उम्मेदवारसम्म प्रत्यक्ष चुनाव

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टी संरचनामा व्यापक सुधार गर्ने उद्देश्यसहित विद्यमान विधानमा महत्वपूर्ण संशोधन गर्ने तयारी गरेको छ...

कांग्रेस विवाद थप पेचिलो, निर्वाचन आयोगको निर्णय कुर्दै गगन समूह सडकमै

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद अझै समाधान नहुँदा महामन्त्री गगन थापा नेतृत्वको समूह निर्वाचन आयोगको निर्णय कुर्दै ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending