दमौली : तनहुँको देवघाट गाउँपालिकास्थित शालिग्राम कोरिडोरमा गएको पहिरा नहटाउँदा सर्वसाधारणलाई दसैंमा समस्या भएको छ ।
वर्षाका कारण गत असार साउनमा गएको पहिराले बाटो अवरुद्ध हुँदा दसैँमा घर जान सर्वसाधारणलाई समस्या भएको हो ।
शालिग्राम कोरिडोरअन्तर्गत कोटा भतेरीदेखि बञ्चरेपहरा खण्डको अधिकांश स्थानमा पहिराले बाटो भत्किएको छ । गाउँपालिकाले दसैँमा बाटो खुलाउने प्रयास नगर्दा सर्वसाधारण हिँडेरै घर जानुपर्ने बाध्यता रहेको स्थानीयवासी राम वंशी ठकुरीले बताए ।
पहिराले बाटो अवरुद्ध हुँदा देवघाट गाउँपालिका–२ र देवघाट गाउँपालिका–३ का जनता प्रत्यक्ष प्रभावित भएका छन् । “सडकको ठाउँ–ठाउँमा पहिरा गएको छ, पहिरा हटाउन गाउँपालिकाले चासो देखाएन”, उनले भने, “त्यसको मार अहिले दसैँमा जनताले बेहोरेका छन् ।”
गाउँपालिकाले उक्त मार्गलाई गत भदौ अन्तिमभित्रै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाए पनि काम नभएको उहाँको गुनासो छ । “जनप्रतिनिधि संवेदनशील नभइदिँदा त्यसको प्रत्यक्ष पीडा नेपालीको महान् पर्व दसैँमा भएको छ । दक्षिणभेगका जनता दसैँ मान्न घर आउँदा घण्टौँ हिँड्नुपरेको छ”, उहाँले भन्नुभयो । चितवन, नवलपुरलगायतका ठाउँबाट पुख्र्यौली घर फर्किएका स्थानीयवासी जोखिम मोलेर गन्तव्यतर्फ गइरहेका छन् ।
गण्डकी प्रदेश सरकारमार्फत उक्त सडकखण्डका लागि रु ५० लाख बजेट विनियोजन भएको छ । “गाउँपालिकाले दसैँलाई मध्यनजर गरी यो बाटो खुलाउने पहल गर्नुपथ्र्यो, जनप्रतिनिधि भनेको जनताको सेवाका लागि होइन र ?” उनले प्रश्न गरे । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक ५ गते, २०७८ - २०:१५
कलैया । लागुऔषध चरेश नेपालबाट भारततर्फ लाँदै गर्दा एक महिलालाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सिमानामा पर्ने दशगाजा क्षेत्रवाट पक्राउ गरे...
कार्तिक ५ गते, २०७८ - १९:४२
कञ्चनपुर । लगातार चार दिनको वर्षापछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा खेतमा व्यस्त भएका छन् । खेतमा सुका...
कार्तिक ५ गते, २०७८ - १९:२७
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३१ महिला सहित ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ४४६ जनाको पिसीआर...
कार्तिक ५ गते, २०७८ - १९:१४
सिन्ह्वा । नाइजेरियामा कम्तीमा पनि ३० जना बालबालिका अपहरणमा परेका छन् । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र केबीको एक विद्यालयबाट ती बालबालिका अपहरणमा प...
आश्विन ३१ गते, २०७८ - १२:२८
जनकपुरधाम - जनकपुरमा एक युवाको शव भेटिएको छ । घाँटी काटेर हत्या गरेको अवस्थामा नगराइन नगरपालिका वडा नम्बर ५ गाँगुलीमा आइतबार बिहान ३५ वर्षीय पुरुषको श...
आश्विन ३१ गते, २०७८ - ११:५७
पाल्पा : पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा धाउन थ...
आश्विन ३१ गते, २०७८ - ११:५१
दमौली : सरकारले विसं २०७५ कात्तिक १५ गतेदेखि तनहुँमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना ग¥यो । उक्त कार्यालयलाई तनहुँको मात्र...
आश्विन ३१ गते, २०७८ - ११:३९
धनगढी : असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना सामान्य घाइते भएका छन् । सु...
आश्विन ३० गते, २०७८ - १०:४८
बलेवा : स्थानीय तहको निर्वाचन नहुँदा २०५४ सालयता गाउँ विकास समिति र नगरपालिकामा आएको बजेट खर्चमा विधि थियो र बैठक पनि हुने गरे पनि बजेटको विषयमा भने ब...
आश्विन ३० गते, २०७८ - १०:३१
भादगाउँ : धार्मिक तथा सांस्कृतिक महत्वको तलेजुको वाहनका रुपमा पुजिने सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ । यो जात्रा प्रत्येक वर्ष बडादसैँ र एका...
प्रतिकृया लेख्नुहोस्: