Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

महोत्तरीको दुई स्थानमा मोटरसाईकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

खबरडबली संवाददाता

महोत्तरी - महोत्तरीको दुई स्थानमा भएको मोटरसाईकल दुर्घटनामा परी एक महिलासहित तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार पूर्व पश्चिम लोकमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–४ स्थित पञ्चधुरा मन्दिर जाने सडक नजिकै दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१ का २८ वर्षीय विजयकुमार महतो र महतोत्तरीको बर्दिबास नगरपालिका–३ का २७ वर्षीय सुुरज तामाङ रहेको प्रहरीले जनाएको छ । 

महतो सवार भई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१–००२प ०५९७ नंको मोटरसाइकल गए राति करिब ९ बजे विपरीत दिशाबाट बर्दिबास नगरपालिका–३ का २७ वर्षीय सुुरज तामाङ र २२ वर्षीय सोनु सिंह सवार ज।१२ प।२९६१ नंको मोटरसाइकल आपसमा ठक्कर खाएर दुर्घटना हुँदा दुबै जनाको मृत्यु भएको हो । 

महतोको उपचारका क्रममा बर्दिबासको शुभ स्वस्तिक अस्पतालमा र तामाङको उपचारकै क्रममा जनकपुरस्थित रामजानकी अस्पतालमा गए राति नै मृत्यु भएको हो । सोही घटनामा सोनु सिंह गम्भीर घाइते भई बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा प्राथमिक उपचारपछि जनकपुर लगिएको र अहिले थप उपचारका लागि काठमाडौँ पठाएको प्रहरीले जनाएको छ । रासस 

Khabardabali Desk–GA

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले अरुण नदी थुनियो

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । म...

प्रतिकूल मौसमका कारणहवाई उडान प्रभावित

काठमाडौ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।       भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तर...

यस्तो छ नेपाल टेलिकमको सूचना प्रविधि दिवस अफर

काठमाडौ । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२३ का अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ ।        दिवसका अवसरमा कम...

स्याफ्रुबेँसी-रसुवागढी सडक निर्माण अघि बढाइने

काठमाडौ । सम्झौता भएको झण्डै पाँच वर्षपछि स्याफ्रुबेँसी(रसुवागढी सडक निर्माण अघि बढ्ने भएको छ ।  सडक निर्माण अघि बढाउन निर्माण कम्पनी अप्रिलमै आउने...

उपनिर्वाचनको तयारी तीव्र

काठमाडौ । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्...

अमेरिकी न्यायमन्त्रालयद्वारा गोप्य अमेरिकी कागजात चुहावट बारे अनुसन्धान शुरु

वाशिङ्गटन । अमेरिकी न्यायमन्त्रालयले शनिबार युक्रेनसँग सम्बन्धित अमेरिकी कागजातहरू लीक भएको बारे अनुसन्धान  शुरु गरेको छ । चुहावट भएका कागजातहरूमा गोप...

आगलागी हुँदा एक बालकसहित सातजनाको मृत्यु, ६० भन्दाबढी परिवार घरबारविहीन

मनिला । फिलिपिन्सको मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तको एक आवासीय समुदायमा शनिबार राति आगलागी हुँदा एक दुई वर्षीया बालिका र एक १२ वर्षीय बालक...

मुग्लिन पोखरा सडकको काम दु्रतगतिमा अगाडि बढ्छ : मन्त्री ज्वाला

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन पोखरा सडक विस्तारको कामलाई दु्रतगतिमा अगाडि बढाइने बताएका छन् । मुग्लिन पोखरा सडक व...

पूर्वी नाकामा कोरोनाविरुद्ध उच्च सतर्कता

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कोभिड–१९ का सङ्क्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । भारतलगायत तेस्रो मुलुकबाट प्रवेश गर्ने विदेशी नाग...

आज हल्का वर्षाको सम्भावना

काठमाडौ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका अधिकांश भेगमा बदली हुनका साथै अपराह्नतिर हल्का वर्षाको स...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies