Life insurence
Khabar Dabali १५ मंसिर २०७८ बुधबार | 1st December, 2021 Wed

बाटो जलमग्न भएपछि विवाह गर्न खड्‌कुँलोलाई डुङ्गा बनाए मन्दिर गए यी जोडी

खबरडबली संवाददाता

केरला । भारतमा वर र वधू खड्‌कुँलोमा बसेर जलमग्न सडकबाट विवाह गर्न गएको तस्बिर भाइरल भएको छ।

यो तस्बिर ठूलो वर्षाका कारण नराम्ररी प्रभावित भएको केरला राज्यको थालावाद्यमा सोमवार खिचिएको हो।

वर्षा र बाढीले दुःख दिएको भए पनि आकाश र ऐश्वर्या तोकिएकै मितिमा विवाह गर्न कटिबद्ध थिए। उनीहरू दुवै जना स्वास्थ्यकर्मी हुन्।

खड्‌कुँलोलाई डुङ्गा बनाएर उनीहरू विवाह गर्न मन्दिरसम्म पुगेका थिए।

केरला राज्य अहिले बाढी र पहिरोले आक्रान्त बनेको छ। त्यहाँ धनजनको ठूलो क्षति पुगेको छ।

वर्षाका कारण नदीहरूमा पानीको तह बढेको छ। धेरै ठाउँमा पानीले पुल र सडक बगाएको छ भने कतिपय गाउँहरू पूर्ण रूपमा यातायात सञ्जालबाट विच्छेद भएका छन्।

आकाश र ऐश्वर्याको विवाह हुने मन्दिर पनि केही डुबेको थियो।

आकाश र ऐश्वर्या

उनीहरूलाई नातेदारले नजिकैको अर्को मन्दिरबाट सापट लिएको खड्‌कुँलोमा राखेर विवाहस्थलसम्म तानेर पुर्‍याएका थिए।
ूहामीले कहिल्यै नसोचेको विवाह भयो,ू ऐश्वर्याले स्थानीय टिभी एशियानेटलाई बताइन्।

नवविवाहित दम्पतीले आफ्नो विवाह दुई परिवारको सानो समारोह भए पनि अनलाइनमा तस्बिरहरू शेअर भएपछि आफ्नो विशेष दिनमा धेरै मानिस सहभागी भएको अनुभूति भएको बताएका छन्।

आकाशले आफ्नो विवाहको मिति अलि पहिले निश्चित गरिएको र थप बिदा लिन असहज हुने भएकोले सार्न नचाहेको समाचारसंस्था पीटीआईलाई बताएका छन्।

उनले हतारमा खड्‌कुँलो मात्रै उपलब्ध भएको बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सकियो एमाले महाधिवेशन

काठमाडौं । एमालेको महाधिवेशन औपचारिक रुपमा सकिएको छ। अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रुपमा महाधिवेशन सम्पन्न भएको घोषणा गरेका हुन् ।  एमालेले महाध...

मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछ : मुख्यमन्त्री राई

मोरङ प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गठबन्धनमा रहेका केही पार्टीको राष्ट्रिय तथा जिल्ला अधिवेशन चलिरहेकाले प्रदेश मन्त्रिपरिषद्ले पूर...

हाम्रो पार्टीलाई बाह्य र आन्तरिक हमला भइरहेको छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई आन्तरिक र बाह्य हमला भइरहेको वताएका छन् । १०औं महाधिवेशनको क्रममा विरोधीहरूले पार्टी...

अध्यक्ष ओलीले लिए शपथ, लगतै नवनिर्वाचित केन्द्रीय सदस्यलाई शपथ खुवाए

काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख डा। विजय सु...

त्रिविका करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिन्छ : मन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्ययालयका करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गरिने बताएक...

अरूले बधाई थापेको टुलुटुलु हेरेर बसिरहे भीम रावल र घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका पदाधिकारी र केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेका ...

पत्रकारको सहकारी बनाउन अर्थमन्त्री शर्माको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सामुदायिक पूँजी निर्माण गर्न पत्रकार सहकारी बनाएर उत्पादनमा सञ्चारकर्मी पनि जोडिनुपर्ने बताएका छन् । प्रेस सेन्...

रावल र घनश्याम भुसाल पनि केन्द्रीय सदस्यमा विजयी, टंक कार्की पराजित

चितवन । नेकपा एमालेको अध्यक्षमा पराजित भएका भीम रावल केन्द्रीय सदस्यमा भने विजयी भएका छन् । केन्द्रीय निर्वाचन आयोगका संयोजक विजय सुब्बाले ९०४ मत प्रा...

युवाहरुलाई प्रधानमन्त्री देउवाले भने : हतार नगर्नुस्, तपाईंहरुको पालो आउँछ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सुवर्ण शम्शेर राणाको ठूलो त्याग, तपस्या र योगदान रहेको बताएका छन् । सुव...

यी हुन् एमाले महाधिवेशनले पारित गरेका यी १७ प्रस्ताव

काठमाडौं । नेकपा एमालेले १० औं महाधिवेशनको समापन सत्रमा १७ वटा प्रस्ताव पारित गरेको छ । चितवनको नारायण नदी किनारमामंसिर १० गते सुरु भएको एमाले १० औं म...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page