Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

बाढीको उच्च जोखिममा कावासोतीः स्थानीयवासी चिन्तित

खबरडबली संवाददाता

कावासोती ।  केरुङगे खोलामा भइरहेको अव्यवस्थित उत्खननका कारण नवलपुरको सदरमुकाम कावासोती बाढीको उच्च जोखिममा रहेको छ । 

केरुङगे खोलाको मुहान क्षेत्रमा संरक्षणको अभाव र तल्लो क्षेत्रमा अव्यवस्थित उत्खननका कारण नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको सदरमुकाम कावासोती बाढीको उच्च जोखिममा परेको हो । 

खोलाको मुहानको रुपमा मानिएको राम्चे क्षेत्रमा  भूक्षयीकरण हुने क्रम बढ्दै जाँदा र तल्लो क्षेत्रमा केरुङ्गेको सही व्यवस्थापन गर्न नसक्दा सदरमुकाम कावासोतीलगायत आसपासका गाउँ उच्च जोखिममा रहेको बताइएको छ । कुनै बेला एक दुई मिटरको खोला अहिले हात्तीखोर क्षेत्रमा दुई सय मिटरभन्दा बढी र अन्य स्थानमा कम्तीमा ५० मिटर चौडा भएको छ । 

केरुङ्गे खोलाले सयौँ बिघा जमिन कटान गरेको छ । कावासोतीको हात्तीखोरबाट बस्ती क्षेत्रमा प्रवेश गर्ने यस खोलाले कावासोती १, ५, ३, ४, ९, १६, १४,१५ सहित हुप्सेकोट गाउँपालिका–४ को सयौँ बिघा खेतीयोग्य जमिन कटान गरिसकेको छ । तर खोला नियन्त्रणका लागि व्यवस्थित र दीर्घकालिन योजना अझै बन्न सकेको छैन् । यसले त्यस क्षेत्रका नागरिकको चिन्ता थपिएको छ । 

कावासोती बजार भन्दा खोलाको सतह क्रमशः बढ्दै गएको छ । कावासोती ३ र ५ बाट कुनै पनि समय खोला कावासोती बजार क्षेत्रमा प्रवेश गर्ने जोखिम रहेको छ । खोला बस्तीमा पसे जिल्लाको सदरमुकामको रुपमा रहेको कावासोती बजारको अस्तित्व नै सङ्कटमा पर्नसक्ने कतिपयले चिन्ता व्यक्त गरेका छन् । 

केरुङ्गे खोलामा आउने बाढीको पछिल्लो स्वरूपले खतराको सङ्केत गर्दै गएको छ । यसवर्षको बाढीमा अन्य वर्ष भन्दा धेरै ठूला ढुङ्गा केरुङ्गेमा देखिएका छन् । यसले मुहान क्षेत्रको पहाडमा ठूलो पहिरोको सङ्केत गरेको छ । यसैले मुहान क्षेत्रको अवस्था विश्लेषण गरी समयमै उक्त क्षेत्रमा ठूलो भूक्षयीकरण हुन नदिन रोकथामका उपाय अपनाउन आवश्यक रहेको स्थानीयवासीको भनाइ छ । 

केरुङ्गे खोलाको क्षति न्यूनीकरणका लागि वृहत परियोजना बनाउन आवश्यक रहेको नवलपुर क्षेत्र नंं २ का सङ्घीय सांसद तिलक महतको भनाइ छ । यसको नियन्त्रणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले  उच्च प्राथमिकता दिएर प्रभावकारी योजना बनाउनुपर्ने उहाँको भनाइ छ । उहाँले कावासोती नगरपालिकाले यसको नेतृत्व लिएर विस्तृत आयोजना प्रतिवेदन ९ डिपिआर० बनाउनुपर्ने र त्यसपछि यसको प्रभावकारी कार्यान्वयनका लागि सङ्घीय र प्रदेश सरकारसँग समन्वय गर्नुपर्नेमा जोड दिए ।

सो खोलाबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि त्यसको मुहान क्षेत्रमा संरक्षणका कार्यक्रम ल्याउनुपर्नेमा स्थानीयवासी विष्णुप्रसाद भुषालले जोड दिए । त्यसका लागि मुहान क्षेत्रका बस्तीलाई तल स्थानान्तरण गरी सो क्षेत्रमा बायो इञ्जिनीयरिङ गरेर रिटर्निङ वाल लगाएर संरक्षण गर्नुपर्ने उनले भने। यसका साथै त्यहाँको माटो सुहाउँदो वृक्षरोपण गर्नुपर्ने उनको सुझाव  छ । 

“विसं २०२९ तिर केरुङ्गे गहिरो र नियमित पानी बग्ने गर्थो, पछि खोरिया फाड्ने काम भयो, २०३६ को जनमत सङ्ग्रहका समयमा वन फँडानी तीव्र बन्यो, यसले खोलाको आकारमा परिवर्तन हुँदै गयो”, स्थानीयवासी  भुषालले भने “मुहान क्षेत्रका पहाड मानवीय क्रियाकलापका कारण झन कमजोर बन्दै जाँदा खोला थप खहरेमा परिवर्तन हुनसक्छ ।” 

 फलाम उत्खननको कुरा चलिरहँदा  यो खोलाले कावासोतीलाई अर्को मेलम्चीका रुपमा परिवर्तन गर्नसक्छ कि भन्ने चिन्ता स्थानीयवासीमा छ । केरुङ्गे कावासोती– १ हात्तीखोरबाट प्रवेश गरेपछि कावासोती–१५ सम्म १५ किलोमिटर लम्बाइको छ । तीमध्ये केही भाग वनका कारण सुरक्षित अवस्थामा छ । दुवै तर्फ गरेर करिब २५ किलोमिटरमा दीर्घकालीन योजना बनाएर संरक्षण गर्नुपर्ने कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पूर्व अध्यक्षसमेत रहनुभएका भुषालले बताए । 

अव्यवस्थित विकासले विनाश निम्ताएको स्थानीयवासी  शिवप्रसाद भट्टराईको भनाइ छ । “धौवादी पहाड शृङ्खलाका विभिन्न क्षेत्रमा केरुङ्गेका मुहान रहेका छन् । ‘अहिले विकासको नाममा दुई वटा घर भएका क्षेत्रमा समेत डोजरले खनेर बाटो लाने प्रवृति रहेको छ, यसले थप क्षति पु¥याइरहेको छ”, उनले भने। 
 
केरुङ्गे खोलाको मुहान राम्चे, हर्देखोला, धौवादी, काउले, ल्हापे, बसेनी, पोखरीलगायत रहेको र फलाम खानी समेत यसै क्षेत्रमा रहेकाले भोली खानी उत्खनन् सुरु हुँदा कावासोतीको बस्ती झन जोखिममा पर्ने भन्दै स्थानीयवासी चिन्ता व्यक्त गर्दै आएका छन् । “अहिलेनै खोलाको क्षति धेरै छ, यसको मुहान फलाम खानी भएकै क्षेत्र हो, फलाम खानी उत्खनन् सुरु भए कावासोतीको अवस्था के होला”, पूर्वजनप्रतिनिधि श्याम रानाको भनाइ छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending