Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

उन्नत बीउबिजन कार्यक्रममा २७ प्रतिशत लक्ष्य हासिल

\"विउविजन\"१६ साउन, बुटवल । कृषि र पशुको क्षेत्रमा काम गर्दै आएको किसानका लागि उन्नत बीउबिजन कार्यक्रमले २७ प्रतिशत लक्ष्य हासिल गरेको छ ।   सन् २०१२ देखि कृषि र पशुको क्षेत्रमा काम गर्दै आएको आयोजनाले करिब ३२ महिनाको अवधिमा २७ प्रतिशत लक्ष्य हासिल गरेको कार्यक्रम प्रमुख लक्ष्मण पौडेलले जानकारी दिए ।   विसं २०१५ मा एक लाख ५० हजार घरधुरीमा काम गर्ने लक्ष्य लिएको किसानका लागि उन्नत बीउबिजन कार्यक्रमअन्तर्गत ३२ महिनाको अवधिमा २० हजार ५६२ घरधुरी लाभान्वित भएको बताइएको छ । जसअन्तर्गत महिला चार हजार ७८५, दलित दुई हजार ७१३ र जनजाति चार हजार ८३८ लाभान्वित भएका छन् ।   कृषि विकास मन्त्रालयअन्तर्गत सञ्चालित किसानका लागि उन्नत बीउबिजन कार्यक्रमले गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा, सल्यान र रुकुमलगायतका छवटा जिल्लामा काम गर्दै आएको छ । यो कार्यक्रम लागू भएका जिल्लामा दिगो, बजार लक्षित कृषि उत्पादनमा वृद्धि गर्दै ग्रामीण परिवारको आयआर्जनमा वृद्धि गर्ने वस्तुगत उद्देश्य कार्यक्रमले लिएको छ ।   यस्तै कार्यक्रमले यथार्थ सांकेतिक बीउको उत्पादन वृद्धि गर्दै औपचारिक बीउ क्षेत्रको बजार प्रवद्र्धन, बजार तथा सडक सञ्जाल क्षेत्र नजिक रहेका साना पशुपालक कृषकको पशुधनको उत्पादकत्व वृद्धि गर्ने तथा साना कृषकलाई दिगो सेवा प्रदान गर्न ग्रामीणस्तरमा सञ्चालित संस्थाको क्षमता वृद्धि गर्ने निश्चित उद्देश्य लिएको छ ।   नेपाल सरकार र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबीच २ डिसेम्बर २०१२ मा सम्झौता भएको यो कार्यक्रम ३१ डिसेम्बर २०१९ सम्म सञ्चालन हुने कार्यक्रमका प्रमुख पौडेलले जानकारी दिए ।   कृषि उद्यम केन्द्र, साना किसान विकास बैंक, नेपाल कृषि सहकारी केन्द्रीय महासङ्घ, हेफर इन्टरनेसनल नेपाललगायतका संस्थाको साझेदारीमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ शङ्करनगर कार्यालयबाट किसानका लागि उन्नत बीउबिजन कार्यक्रमले कृषि र पशुको क्षेत्रमा कार्यक्रम चलाउँदै आएको छ ।   पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रका जिल्लामा बसोबास गर्ने समुदायलाई बीउबिजन विस्तार एवम् पशुपालनको व्यावसायीकरण गरी ग्रामीण क्षेत्रको विकासलाई दिगो बनाउने कार्यक्रमको लक्ष्य रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies