Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

के चाहन्छन् बाबुराम ?

\"BABURAM-BHATTARAI-01-400\"आज भन्दा झण्डै ३० बर्ष पहिले अखिल भारत नेपाली विद्यार्थी समाजले प्रकाशन गर्ने पत्रिका जनमानसमा बाबुराम भट्टराईले ‘युनिटी फर युनिटी’ शिर्षकमा एउटा लेख लेखेका थिए । लेख लेखेको यतिका बर्षसम्म पनि बाबुरामले त्यसलेखमा उठाएको कुरा आज प्रयान्त उठाई रहेका छन् । त्यसलाई एक वाक्यांशमा ‘एकता’ भन्न सकिन्छ जो अहिले ‘नयाँ ढँगको एकता’मा रुपान्तरित भएको छ । तर केही समय यता बाबुरामले संविधान घोषणा लगत्तै त्यही एकतालाई तोड्दै ‘नयाँ पार्टी’ घोषणा गर्ने अड्कलबाजी चलिरहेको छ ।   छ्याप्छ्याप्ती सुनिने त्यस अड्कलबाजीको मुल स्रोत के हो ? बाबुराम घरीघरी किन चर्चामा र विवादमा तानिन्छन् ? बाबुरामको मुल ध्येय के हो ? किन बाबुराम आफ्नो समूहको भेला गराउँदै हिडेका छन् ? तथा समग्रमा के चाहन्छन बाबुराम ? तलका केही अनुच्छेदमा हामीले यस विषयमा चर्चा गरौं ।   माओवादी पार्टी बन्नुको मुख्य परिघटनाहरु मध्येको एक, एकता महाधिवेशन त्यस्तो थलो हो जहाँबाट वर्तमानसम्मको यात्रामा माओवादीले विभिन्न आरोह अवरोह पार गरेको छ । यी आरोह अवरोहमा बाबुरामले धेरै तिता र मिठा अनुभवहरु सङगालेका छन् । एकता महाधिवेशनदेखि हेटौंडा महाधिवेशन हुँदै बाबुरामले आजको दिनसम्म पार्टीमा आफ्नो फरक परिचय स्थापित गराउन चाहन्छन् ।   उनको पार्टी एमाओवादी यतिबेला लतक्कै गलेको छ । जनयुद्धदेखि आजसम्म उठाएका आफ्ना एजेण्डाहरुबाट पछि हट्नुपर्ने अवस्थामा आइपुग्नु र पार्टी, पार्टी जस्तो नहुनुमा उनी निराश छैनन् । उनि आफ्ना कुरा राख्न सजिलो या  अप्ठ्यारो अवस्थाका बारेमा त्यति धेरै सोचिरहँदैनन् । उनी मनमा लागेपछि राखिदिन्छन् । जनयुद्धकै समयमा पार्टी हेडक्वाटरमा राखेको १३ बुँदे फरक मत होस अथवा पालुङटार बैठकमा शान्ति र संविधानको पक्षमा राखेको धारणा नै किन नहोस । यतिबेला पनि बाबु\"Baburamरामले पार्टी पूननिर्माण र रुपान्तरणको विषय उठाएका छन् । सायद बौद्धिक हुनुको गुण या उनको स्वत्व, जे होश उनि लिखित विषय राख्छन् । उनको असहमतिसँगै एमाओवादी फेरी एकपटक फुट्नसक्ने अड्कलबाजी काटिएको छ । के उसोभए बाबुरामले पार्टी फुटाउँछन् त ?   भारतको राजधानी दिल्लीको होस अथवा मुम्बईको नेपाली बस्ती, बाबुरामसँगै काम गरेका नवलपरासीका नेता मोती रिजाल ‘मिलन’ बाबुरामले माक्र्सवादको नयाँ मोडेल आविस्कार गर्न चाहेको तर नेपालको आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक अवस्था बाधक भएको धारणा राख्छन् । ‘यहाँको आर्थिक राजनीतिक, सामाजिक र सांस्कृतिक अवस्था परिपक्व भै नसकेकाले बाबुरामजीले राखेको कुरा अपत्यारिलो लाग्छ जुन उहाँको विचारमा बाधक हो भन्ने म ठान्दछु ।’ मिलनको कुरासँग बाबुराम पक्षधर अर्का नेता डोरप्रसाद उपाध्याय ‘निर्मलकुमार’को पनि सहमति छ । यदि बाबुराम वास्तवमै माक्र्सवादको नयाँ ढंगले विकास र प्रयोग गर्न चाहन्छन् भने त्यसको प्रयोगमा जानु अघि नै उनले पार्टीको पूर्ण नेतृत्व आफ्नै हातमा लिन चाहन्छन् । जसका लागि उनले माओवादी पार्टीको शान्तिपछिको कार्यदिशा र त्यसै अनुरुपको संगठन हुनु पर्ने बताउँदै आएका छन् । बाबुरामको यसै अभियानमा मिसिन आई पुग्छ उनले बनाएको समूह । बाबुरामका निकटस्तका भनाई अनुसार यदि बाबुरामले यहि पार्टीबाट आफ्नो योजना पुरा गर्न सकेभने ठिक छ भएन अर्को शक्ति जन्माएर भए पनि बाबुराम नयाँ प्रयोगमा जान चाहन्छन् जसलाई उनले ‘एक्काइशौं शताब्दीमा माक्र्सवादको नयाँ प्रयोग’ नाम दिएका छन् ।
यदि बाबुराम वास्तवमै माक्र्सवादको नयाँ ढंगले विकास र प्रयोग गर्न चाहन्छन् भने त्यसको प्रयोगमा जानु अघि नै उनले पार्टीको पूर्ण नेतृत्व आफ्नै हातमा लिन चाहन्छन् । जसका लागि उनले माओवादी पार्टीको शान्तिपछिको कार्यदिशा र त्यसै अनुरुपको संगठन हुनु पर्ने बताउँदै आएका छन् ।
  लेनिनवादी सिद्धान्त अर्थात जनवादी केन्द्रीयतामा आधारित अहिलेको एमाओवादीको संगठनलाई उनले नयाँ ढंगको बनाउनुपर्ने बताएका छन् तर यसलाइ सार्वजनिक गरेका छैनन् । आगामी भदौ पहिलो हप्ता हुन लागेको एमाओवादी पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा बाबुरामले यसको पुर्ण खाका प्रस्तुत सक्छन् । बाबुरामको खाकामा के हुन्छ त ? निर्मलकुमारका अनुसार ‘आगामी केन्द्रीय समितिको पूर्ण बैठकमा बाबुरामजीले पार्टीको अहिलेको अवस्था, त्यसको कारण, निराकरणको विधि, पार्टीको आर्थिक, सांस्कृतिक नीति सहित संगठनको नयाँ स्वरुप हुँदै पार्टीको भावि कार्यदिशाबारे’ प्रस्ताव पेश गर्छन् । बाबुराम पक्षिए नेताहरुको भनाईलाई आधार मान्ने हो भने एमाओवादी पार्टीको र बाबुराम स्वयंमको परिक्षा आगामी भदौको पहिलो साता हुने केन्द्रीय समितिको पूर्ण बैठकमा हुनेछ । उनि छलफल र सम्पुर्ण पार्टीको एकतासहित अघि बढ्न चाहन्छन् ।   बाबुराम संविधानसभाबाट संविधानको निर्माण र घोषणा हुने प्रक्रियालाई आफ्नो कार्यदिशाको विजयका रुपमा हेर्छन । उनले आफु विजय भएको त ठान्छन तर त्यो उनले त्यही कुरा अरुको मुखबाट सुन्न चाहन्छन जो पार्टीमा प्रचण्डसँग नजिक मानिन्छन । तर पार्टी जुन कार्यदिशा (शान्ति र संविधान)बाट यहाँ आयो र यसलाई नयाँ बनाउनु पर्ने कुरा बाबुराम गर्दछन त्यही कार्यदिशाले नै माओवादीलाई यो हविगतमा पुर्याएको भन्ने प्रश्नको जवाफ बाबुरामले दिइसकेका छैनन् । पार्टीको संस्थापन पक्षले उनीमाथि ‘पार्टी विग्रीएको दोष प्रचण्डलाई र शान्ति र संविधान सफल भएको जस आफु लिन चाहेको’ बताउँछन् ।\"Baburam   बाबुरामको अर्को भनाई छ जुन विवादास्पद अभिव्यक्ति ठान्ने गरिन्छ त्यो भनेको– जनवादी क्रान्ति सम्पन्न भयो भन्ने । उनले नेपालमा जनवादी क्रान्तिको पहिलो चरण पुरा भएको भन्दै अब आर्थिक क्रान्तिको दोस्रो चरणमा मुलुक प्रवेश गर्नुपर्ने र पार्टीले त्यसको नेतृत्व गर्नु पर्ने बताउँछन् । बाबुरामले अहिले मुलुक आफ्नो कार्यदिशामा आई पुगेकाले अबको नेतृत्व पनि आफुले नै गर्नु पर्ने सिधा भनाई घुमाउरो तवरले राख्ने गर्दछन ।  
बाबुराम पक्षिए नेताहरुको भनाईलाई आधार मान्ने हो भने एमाओवादी पार्टीको र बाबुराम स्वयंमको परिक्षा आगामी भदौको पहिलो साता हुने केन्द्रीय समितिको पूर्ण बैठकमा हुनेछ ।
  यसबीचमा बाबुरामले एमाओवादी पार्टीलाई नयाँ पार्टी बनाउनुपर्ने भनेका छन् साथै उनले अन्य बाम शक्तिहरुसँग पनि एकता गर्दै नयाँ ध्रुविकरण गर्नुपर्ने पनि बताएका छन् यसो भन्नुको के अर्थ हो त ? बाबुराम ठान्छन् —अहिलेको विश्वमा पुरानै किसिमको माक्र्सवादले नचल्ने र नयाँ किसिमको माक्र्सवादको प्रयोग गनपर्छ । त्यसैको नयाँ प्रयोगका लागि पार्टी, संगठन र विचारमा नयाँ उचाई हासिल गर्ने उनको लक्ष्य हो । बाबुरामले अहिलेको पुँजीवादी जनवादी क्रान्तिको कार्यदिशा संविधान घोषणासँगै अन्त्य हुने भएकाले अबको बाटो समाजवादी जनवादी क्रान्ति हुनुपर्ने बताएका छन् जसको निक्यौल आर्थिक क्रान्तिले गर्नेछ । यहिनेर बाबुराम र प्रचण्डका बेमेलहरु छन् सायद ।   बाबुराम इतिहासका त्यस्ता व्यक्ति मध्ये एक हुन् जो उच्च अध्ययन, आफ्नै पार्टीभित्र झिनो राजनीतिक धरातल, मध्यमवर्गको युटोपियन आदर्श, लोकप्रिय तर कमजोर संगठन र विरोधाभाषले भरिएको चरित्र भएका नेता हुन् । यी यावत विरोधाभाषकाबीच उनको आगामी राजनीतिक यात्रा कस्तो होला ? यो उनले प्रष्ट पार्ने कुरा हो तर सत्य के हो भने बाबुराम फुटेर गुटको नेतृत्व होइन एकताबद्ध पार्टीको नेतृत्वमा आफुलाई परिक्षित गर्न चहन्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies