Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

विज्ञापन बजारलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक छ : मन्त्री कार्की

रासस
काठमडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन व्यवसायलाई मर्यादित, व्यवस्थित र स्वच्छ बनाउन सबैको सामूहिक प्रयासको खाँचो औँल्याएका छन् । 
 
विज्ञापन बोर्डद्वारा आज यहाँ आयोजित विज्ञापन दिवस तथा अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री कार्कीले सञ्चारमाध्यमबाट प्रकाशन/प्रसारण हुने विज्ञापनले वस्तु वा सेवाको प्रवद्र्धन मात्र नगरी आम उपभोक्ताको हितकोसमेत सम्बद्र्धन गर्ने हुँदा यसतर्फ सञ्चारमाध्यम र विज्ञापनदाताले ध्यान दिनुपर्नेमा जोड दिए । 
 
उनले विज्ञापनका सामग्रीको उत्पादनदेखि प्रकाशन/प्रसारणमा प्रयोग गरिने भाषा, तथ्यपरक जानकारी हुनुपर्ने बताउँदै राजमार्गमा गरिने विज्ञापन, शहरी क्षेत्रमा राखिएका होर्डिङ बोर्डले जनमानसमा कस्तो प्रभाव पारेको छ भन्नेबारेमा अध्ययन हुन आवश्यक छ भने । विज्ञापनलाई मर्यादित बनाउन यससम्बन्धी ल्याउन लागिएको आचारसंहिताले सहयोग पुग्ने बताउँदै मन्त्री कार्कीले सरकारले ‘क्लिनफिड’को नीति लिएपछि विज्ञापन बजारलाई विस्तार गर्न सहयोग पुगेको उल्लेख गरे । 
 
उनले मुलुकलाई समृद्धितर्फ लैजान भाषण र दस्तावेजमा उल्लेख गरेरमात्र पुग्दैन, जनताले अनुभूत गर्ने खालका काम गर्नसके मात्रै राजनीतिक परिवर्तनको अनुभूति हुनसक्ने बताए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने, “हामीसँग उपलब्ध साधन स्रोतलाई उपयोग गर्दै १० वर्षभित्र दक्षिण एशियाकै समृद्ध मुलुक बनाउन सकिन्छ । यसमा हामी सबै उत्तिकै जिम्मेवार हुनुपर्दछ ।” ृनले हालैका दिन मुलुकका केही जिल्लामा बाढी, पहिराबाट भएको जनधनको क्षतिबाट प्रभावित जनतालाई तत्काल राहत दिन सरकारको ध्यान गएको उल्लेख गरे । 
 
सो अवसरमा मन्त्री कार्कीले बोर्डले मस्यौदा गरेको विज्ञापन आचारसंहिताको अनलाइनमार्फत लोकार्पणसमेत गरेका थिए  । कार्यक्रममा मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले कुनै पनि व्यवसायको प्रवद्र्धन र समग्र अर्थतन्त्रलाई चलायमान गराउन विज्ञापनको भूमिका महत्वपूर्ण रहने भएकाले सरकार विज्ञापन बजारलाई व्यवस्थित र मर्यादित गराउन प्रतिबद्ध रहेको बताए । 
 
उनले  यस क्षेत्रमा रहेका नीतिगत अस्पष्टता र कार्यान्वयनमा रहेका व्यावहारिक कठिनाइको समाधानका लागि सरकार सधैँ सहयोगी रहनेछ भने । 
 
सो अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले विज्ञापन मिडियाको अधिकार हो भन्ने मान्यता स्थापित गराउन आवश्यक रहेको बताउँदै मिडियालाई जीवन्त राख्न विज्ञापन बजारलाई विस्तार गर्दै लैजानुपर्ने धारणा राखे  । बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले विज्ञापन उपभोक्ता, सञ्चारमाध्यम, विज्ञापनदातासँग प्रत्यक्ष सरोकार राख्ने हुँदा यसलाई व्यवस्थित र मर्यादित बनाउन आचारसंहिताको मस्यौदा तयार गरी आगामी पुसभित्र जारी गराउन तथा आगामी असार मसान्तभित्र राष्ट्रिय विज्ञापन नीति ल्याउने गरी गृहकार्य भएको जानकारी दिए । उनले सञ्चारमाध्यमको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको विज्ञापन बजारलाई पारदर्शी र व्यवस्थित गराउन बोर्ड क्रियाशील रहेको उल्लेख गरे  । 
 
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले विज्ञापन बजार बढाउन स्वदेशी उद्योगधन्दा फस्टाउनु जरुरी हुने भएकाले सन् २०३० सम्म एक सय मिलियन डलरको अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिँदै कोभिडबाट प्रभावित बन्न पुगेको विज्ञापन क्षेत्रलाई पनि अति प्रभावितसरह सुविधा दिन माग गरे । नेपाल विज्ञापन सङ्घका अध्यक्ष सोमप्रसाद धितालले संस्थाले सुरुदेखि नै विज्ञापनलाई व्यवस्थित र मर्यादित बनाउन अलग्गै ऐन, आचारसंहिताको व्यवस्था, बोर्डको गठन हुनुपर्ने माग गर्दै आएको उल्लेख गर्दै बोर्डमा व्यवसायीको प्रतिनिधित्व नगरिएकामा गुनासो गरे । मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारले विज्ञापन कुनै वस्तु वा सेवाको ब्राण्डिङ गर्न गरिने भएकाले यसको समानुपातिक वितरण गर्न नमिल्ने बताउँदै कोरोनाबाट प्रभावित निजी क्षेत्रका सञ्चारमाध्यमलाई सहुलियत कर्जाको सुविधा उपलब्ध गराउन सरकारसँग आग्रह गरे ।  
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy