Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

सेती प्रादेशिक अस्पताललाई भेन्टिलेटर हस्तान्तरण

खबरडबली संवाददाता

सुदूरपश्चिम । कोरोना भाइरस सङ्क्रमितको उपचारमा सहयोग पुर्‍याउन स्वास्थ्य, वातावरण र जलवायु कार्य फाउण्डेशन (हेक्याफ)ले धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई पाँच थान भेन्टिलेर नि:शुल्क उपलब्ध गराएको छ । 

बिहीबार आयोजित कार्यक्रममा ‘हेक्याफ’का निर्देशक श्रीरामसिंह बस्नेतले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयलाई ती भेन्टिलेटर हस्तान्तरण गरे । मेसु डा पाण्डेयले स्तरीय भेन्टिलेटर यति ठूलो परिमाणमा अस्पताललाई पहिलोपटक सहयोग प्राप्त भएको बताउँदै उक्त संस्थाप्रति आभार व्यक्त गरे । उनले भने, “कोभिड–१९ को महामारीले हामीलाई ठूलो पाठ सिकाएको छ, स्तरीय खालको भेन्टिलेटर पाउँदा उपचारमा केही सहज हुनेछ ।”
 
निर्देशक बस्नेतले कोभिड–१९ को महामारीपछि नेपाल सरकारले सहयोगका लागि विश्वव्यापी रुपमा गरेको आग्रहबमोजिम हेक्याफको पहलमा सेवामूलक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था चुजी फाउण्डेशनबाट भेन्टिलेटर प्राप्त भएको बताए । “तेस्रो लहरको कोरोना भाइरस फैलिए बालबालिकालाई बढी असर पार्न सक्ने भनिएको छ”, उनले भने, “दातृ निकायसँग समन्वय गरेर उपलब्ध गराइएको भेन्टिलेटर बालबालिकासहित सबै उमेरका नागरिकको उपचारमा प्रयोग गर्न मिल्ने भनिएको छ ।” 

हेक्याफले स्वास्थ्य सेवा विभागसँग समन्वय गरेर देशभरिका विभिन्न अस्पतालमा जम्मा २६५ थान यस्ता भेन्टिलेटर उपलब्ध गराउन लागेको छ । प्रतिगोटा यो भेन्टिलेटरको बजार मूल्य झण्डै रु २२ लाख पर्ने बताइएको छ । तीन दिनअघि कञ्चनपुरको महाकाली अस्पतालमा दुई थान भेन्टिलेटर उपलब्ध गराएको उक्त संस्थाले यसअघि पनि विभिन्न अस्पताललाई अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री पनि उपलब्ध गराएको थियो । 

ती उपकरणको सञ्चालनमा  दक्ष जनशक्तिको अभाव हुँदा समस्या भइरहेको बताइएको छ । सुदूरपश्चिम प्रदेशका धेरै अस्पतालमा यस्तो समस्या झेल्नुपरेको छ । मेसु डा पाण्डेयले भने, “कोरोनाको समस्यापछि अस्पतालमा बिरामीको उपचारका लागि यस्ता उपकरण प्राप्त भइरहे पनि दक्ष जनशक्ति नहुँदा स–सानो समस्याले त्यसै उपकरण थन्क्याएर राख्नुपर्ने समस्या छ ।”

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending