Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

आइतबारसम्म विवादित विषयमा सहमति जुटाइने

\"3१६ साउन, काठमाडौं । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले आइतबार अपराह्नसम्म संविधान निर्माणमा देखिएका विवादित विषयलाई टुङ्गो लगाएर एकीकृत मस्यौदा तयार पार्ने भएको छ ।   समितिको शनिबारको बैठकले विवादित विषयमा प्रमुख चार दलका शीर्षनेता सम्मिलित विशेष समितिको बैठक जारी रहेको र सहमतिको प्रयास जारी रहेका कारण भोलिसम्म एकीकृत प्रतिवेदन बनाउने निर्णय गरेको हो ।   सुझाव सङ्कलन तथा संविधान सुझाव समितिले यही साउन ४ र ५ गते देशव्यापी रुपमा गरेको जनमत सङ्कलनका क्रममा आएका सुझावलाई केन्द्रित गरेर सहमति जुटाउने अभियानमा प्रमुख चार दलका शीर्ष नेता सम्मिलित विशेष समितिले काम गरिरहेको छ ।   जनमत सङ्कलनको क्रममा जनताले दिएका आठ सय भन्दा बढी सुझावलाई दुई सय मा झारेर त्यसलाई सुत्रबद्ध गरिएको छ भने ११ वटा विभिन्न बुँदामा विवादित विषयलाई केन्द्रित गरेको छ ।   प्रमुख विवादित विषयमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने कि नहुने, धर्म निरपेक्षता रहने कि धार्मिक स्वतन्त्रता उल्लेख गर्ने, प्रदेशको बनोट हिमाल, पहाड, तराई मिलाएर गर्ने कि प्रमुख दलहरुका बीचमा गत जेठ २५ गते भएको १६ बुँदे सहमतिअनुसार गर्ने भन्नेमा विवाद छ ।   यस्तै, सीमाङ्कन र नामाङ्कन गर्ने कि नगर्ने, निर्वाचित हुने नेतृत्वको शैक्षिक योग्यता तोक्ने कि नतोक्ने, राज्यका हरेक तहमा महिलाको सहभागिता ५० प्रतिशत कायम गर्ने कि विद्यमान व्यवस्थाअनुसार ३३ प्रतिशत मात्रै राख्नेलगायत विवाद छन् ।   जनमत सङ्कलनको क्रममा जनताले प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रमुखको व्यवस्था हुनुपर्ने, धार्मिक स्वतन्त्रता कायम गर्नुपर्ने सुझाव दिएका थिए । जनताको सुझावलाई कुनै न कुनै रुपमा सम्बोधन गर्नैपर्ने बाध्यता दलहरुका बीचमा छ ।   संवाद समितिका सभापति डा बाबुराम भट्टराईले जनमत सङ्कलनको क्रममा दिएका सुझावका आधारमा सहमति खोज्ने प्रयास जारी रहेको जानकारी दिँदै आइतबार ४ बजे बस्ने बैठकमा एकीकृत प्रतिवेदन बनाउने तयारी गरिएको बताए ।   उनले प्रमुख चार दलका शीर्ष नेता सम्मिलित विशेष समितिले जनताले दिएको सुझावलाई मध्यनजर गरी केही विवादित विषयमा सहमति जुटाएको र केही विषय अझै बाँकी रहेकाले सो अवधिसम्म सहमति जुट्ने विश्वाससमेत व्यक्त गरे ।   समितिको शनिबारको बैठकमा संवाद समितिका तर्फबाट गठित वार्ता उपसमितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले विभिन्न २२ वटा सशस्त्र समूहसँग गरेको वार्ता र उनीहरुले सरकारलाई बुझाएको हातहतियारको विषयमा आधारित प्रतिवेदन पेस गरेका थिए ।   २५ वटा समूहमध्ये किराँत जनवादी वर्कर्स पार्टी, संयुक्त जातीय मुक्ति मोर्चा नेपाल (विद्रोही समूह), अखिल तराई मुक्ति मोर्चा (अजित सिंह) लगायत १५ वटा समूहले हतियार बुझाएर संविधान निर्माण प्रक्रियालाई सघाएको अवस्थामा उनीहरुको मागलाई सम्बोधन गर्नुपर्ने संयोजक ढुङ्गानाको भनाइ छ ।   यसैबीच, संविधान निर्माणमा देखिएका विवादित विषयमा सहमति जुटाउनका लागि प्रमुख चार दलका शीर्ष नेता सम्मिलत विशेष समितिको बैठक द्विपक्षीय र बहुपक्षीय रुपमा जारी छ । बैठकले विवादित विषयमा सहमति जुटाउने बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending