काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । आइतबार उच्च अङ्कले बढेको नेप्से परिसूचक आज भने १७.७५ अङ्कले घटेर दुई हजार ८१९.८६ मा ओर्लिएको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.८८ अङ्कले घटेर ५२८.५८ मा ओर्लेको हो ।
कूल २२६ कम्पनीको एक करोड ३४ लाख तीन हजार ३१२ कित्ता शेयर रु सात अर्ब ७७ करोड ७५ लाख १० हजार ७७८ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ४.६९, होटल तथा पर्यटन ७.७९ र लगानी ०.३५ अङ्कले उकालो लागेको छ ।
यस्तै, व्यापार ४२.८४, विकास बैंक ४२.४९, जलविद्यसत् ७४.१९, वित्त ४३.८५, निर्जीवन बीमा ५४.५९, उत्पादन १२०.५६, अन्य २६.४२, लघुवित्त ९१.३२, जीवन बीमा ११५.७५ र सामूहकि लगानी कोष ०.१२ अङ्कले घटेको छ ।
कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३६ करोड ५८ लाख ७१ हजार २५९ बराबरको कारोबार भई शीर्ष स्थानमा रह््यो ।
यस्तै आरएमडिसी लघुवित्त रु ३६ करोड ५६ लाख ५८ हजार ६०७, नबिल बैंक रु ३४ करोड ९९ हजार ४८०, कामना सेवा विकास बैंक रु २५ करोड १४ लाख ४४ हजार ९२२ र अरुण भ्याली हाइड्रोपावर कम्पनीको रु २१ करोड ३० लाख २४ हजार ३९८ बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भए ।
नेप्सेका अनुसार मानुसी लघुवित्तका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा सकारात्मक सर्किट लाग्यो । साहस ऊर्जा ९.९८, पाँचथर पावर कम्पनी ९.९८, हिमालयन जनरल इन्स्योरेन्स ८.०८ र सिभिल बैंकका लगानीकर्ताले ६.०२ प्रतिशतले कमाए ।
यस्तै, कामना सेवा विकास बैंक ६.७२, हिमालयन पावर पार्टनर ५.५३, ग्रीनलाइफ हाइड्रोपावर ५.४६, रिडी हाइड्रोपावर ५.२५ र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ५.०६ प्रतिशतले गुमाए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ६५ अर्ब ३२ करोड ४७ लाख चार हजार ७१४ बराबर पुगेको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३० गते, २०८३ - २२:१२
बढ्दो तापक्रमसँगै गाउँदेखि शहरसम्म सर्पको त्रास, लापरबाहीले निम्त्याउन सक्छ ज्यानै जाने जोखिम
जेष्ठ ३० गते, २०८३ - २१:५९
काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकप–२०२६ बिहीबार मध्यरातिबाट सुरु भएसँगै नेपालमा पनि प्रोजेक्टरमार्फत साम...
जेष्ठ ३० गते, २०८३ - २१:४८
विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आइतबार आयोजना गर्ने कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन कांग्रेस नेता शेखर कोइराला र पूर्व महामन्त्री...
जेष्ठ ३० गते, २०८३ - २१:४४
काठमाडौं । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबल हालसम्मकै सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने खेल प्रतियोगिता बन्न सक्ने भन्दै विज्ञहरूले चिन्ता ...
जेष्ठ ३० गते, २०८३ - २१:३५
दाङ । दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँप...
जेष्ठ ३० गते, २०८३ - ०८:०९
घोराही (दाङ) । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। समयमै मल नपाउँदा किसानहरू रातभर लाइनमा बस...
जेष्ठ ३० गते, २०८३ - ०७:५३
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा आयोजक अमेरिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को फराकिलो ...
जेष्ठ ३० गते, २०८३ - ०७:४६
काठमाडौँ । आधुनिक औषधि विज्ञानले महिलाको प्रजनन क्षमतालाई पहिलेभन्दा धेरै लामो समयसम्म सुरक्षित राख्ने अवसर दिएको छ। तर प्रकृतिको जैविक घडीलाई पूर्ण र...
जेष्ठ ३० गते, २०८३ - ०७:४५
काठमाडौँ । बदलिँदो जीवनशैली, ढिलो विवाह र करिअर तथा व्यक्तिगत योजनालाई प्राथमिकता दिने प्रवृत्तिका कारण धेरै दम्पतीमा सन्तान योजनासम्बन्धी चुनौती बढ्द...
जेष्ठ ३० गते, २०८३ - ०७:३०
काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित इजारामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएका कर्मचारीमाथि कुटपिट गरी फरार भएका एक व्यक्ति...



प्रतिकृया लेख्नुहोस्: