काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । आइतबार उच्च अङ्कले बढेको नेप्से परिसूचक आज भने १७.७५ अङ्कले घटेर दुई हजार ८१९.८६ मा ओर्लिएको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.८८ अङ्कले घटेर ५२८.५८ मा ओर्लेको हो ।
कूल २२६ कम्पनीको एक करोड ३४ लाख तीन हजार ३१२ कित्ता शेयर रु सात अर्ब ७७ करोड ७५ लाख १० हजार ७७८ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ४.६९, होटल तथा पर्यटन ७.७९ र लगानी ०.३५ अङ्कले उकालो लागेको छ ।
यस्तै, व्यापार ४२.८४, विकास बैंक ४२.४९, जलविद्यसत् ७४.१९, वित्त ४३.८५, निर्जीवन बीमा ५४.५९, उत्पादन १२०.५६, अन्य २६.४२, लघुवित्त ९१.३२, जीवन बीमा ११५.७५ र सामूहकि लगानी कोष ०.१२ अङ्कले घटेको छ ।
कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३६ करोड ५८ लाख ७१ हजार २५९ बराबरको कारोबार भई शीर्ष स्थानमा रह््यो ।
यस्तै आरएमडिसी लघुवित्त रु ३६ करोड ५६ लाख ५८ हजार ६०७, नबिल बैंक रु ३४ करोड ९९ हजार ४८०, कामना सेवा विकास बैंक रु २५ करोड १४ लाख ४४ हजार ९२२ र अरुण भ्याली हाइड्रोपावर कम्पनीको रु २१ करोड ३० लाख २४ हजार ३९८ बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भए ।
नेप्सेका अनुसार मानुसी लघुवित्तका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा सकारात्मक सर्किट लाग्यो । साहस ऊर्जा ९.९८, पाँचथर पावर कम्पनी ९.९८, हिमालयन जनरल इन्स्योरेन्स ८.०८ र सिभिल बैंकका लगानीकर्ताले ६.०२ प्रतिशतले कमाए ।
यस्तै, कामना सेवा विकास बैंक ६.७२, हिमालयन पावर पार्टनर ५.५३, ग्रीनलाइफ हाइड्रोपावर ५.४६, रिडी हाइड्रोपावर ५.२५ र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ५.०६ प्रतिशतले गुमाए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ६५ अर्ब ३२ करोड ४७ लाख चार हजार ७१४ बराबर पुगेको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: