Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

बहुमूल्य जडीबुटीको प्रशोधन हुन सकेन

रासस

गलेश्वर । भनिन्छ, जुन देश र परिवेशको मानिस हुन्छ,उसलाई सोही ठाउँको औषधि नै हितकारी हुन्छ । आज कात्तिक कृष्ण त्रयोदशी अर्थात् चिकित्सा शास्त्रका प्रणेत धन्वन्तरि जयन्ती ।

आर्युवेदिक औषधिका पिता मानिने, देवताका बैद्य (चिकित्सक) समेत रहेका धन्वन्तरिले जङ्गलमा पाइने वनस्पति र जडीबुटीमार्फत उपचार गर्न सुरुआत गरेको दिन । तर, औषधीय गुणले युक्त बहुमूल्य वनस्पति र जडीबुटीको भने सदुपयोग हुन नसक्दा नेपालमा त्यस्ता बहुमूल्य जडीबुटीले भिल्लाका देशमा मणिको नियति भोगिरहेका छन् ।

हिमाली जिल्ला म्याग्दीका उच्च हिमाली र लेकाली क्षेत्रका जङ्गल तथा भिरमा रहेका बहुमूल्य जडीबुटी प्हिचान, उत्खनन र प्रशोधनको अभावमा जङ्गलमा नै खेर गइरहेका छन् । यहाँका जङ्गल र भिरमा पाइने सिलाजित, अष्टगन्धा, तुथो, खिरलहरा, पखनबेदलगायतका जडीबुटी खेरगइरहेका स्थानीयवासीले बताएका छन् ।

ठूलाठूला चट्टानमा गर्मी महिनामा चुहिने सिलाजितको उचित सङ्कलन र प्रशोधन अहिलेसम्म हुनसकेको छैन ।

जिल्लाका धेरैजसो ठाउँमा सिलाजित भए पनि यसको उत्खनन र प्रशोधन हुन नसकेको आयुर्वेद औषधालय म्याग्दीका प्रमुख प्रेमप्रसाद गौतमले बताए  । 

कोरोनाका कारण आर्युवेदिक औषधिको खोजी हुन थालेपछि गुर्जो, अस्वगन्धा, दालचिनीलगायका जडीबुटीप्रति सर्वसाधारणको चासो बढे पनि अन्य बहुमूल्य जडीबुटी तर्फ कसैको ध्यान नगएको उनले बताए ।  गाउँघरमा परम्परागत रूपमा ठूलाठूला चट्टानका भिरबाट स्थानीयवासीले निकालेर सिलाजित बनाउने गरेको तर व्यावसायिक रूपमा यसको उत्खनन र प्रशोधन राज्यका तर्फबाट हुन नसकेको धवलागिरि गाउँपालिका– ३ मुनाका ४० वर्षीय पुर्म पुनले बताए  । 

जडीबुटीका जानकार समेत रहेका पुनका अनुसार पश्चिम म्याग्दीका जङ्गलमा करोडौंँ मूल्यका जडीबुटी पाइने भए पनि उत्खनन् र प्रशोधन गर्ने सीपको अभाव र राज्यको उदासिनताका कारण ती जडीबुटी जङ्गलमा नै अलपत्र अवस्थामा रहेका छन् । म्याग्दीका भिर र पहरामा प्रशस्तै सिलाजित पाइने उनले बताए  । हरेक बिरामीका लागि उपयोगी मानिने सिलाजितलाई हरेक रोगमा ‘टनिक’का रूपमा प्रयोग गर्न सकिने, चोटपटक लागेमा र शरीर दुख्ने समस्या भएका बिरामीका लागि यो रामबाण सावित हुने पुनले बताए ।

बजारमा सिलाजित ‘क्याप्सुल’को रूपमा पाइने र त्यो निकै महँगो हुने बताइएको छ । जिल्लाका ठूलाठूला भिरका चट्टान तथा ढुङ्गा पग्लेर सिलाजित निस्कने गरेको आयुर्वेद औषधालय म्याग्दीले जनाएको छ । म्याग्दीको मालिका, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण र धौलागिरि गाउँपालिकाका प्राय: सबै भीरमा सिलाजित पाइने स्थानीयवासीले बताएका छन् ।  

सिलाजितलाई जडीबुटीको राजा मानिन्छ । बल पुष्टिकारक, ओजबर्धक, दौर्बल्यनाशक र पौष्टिक गुण सिलाजितमा पाइने आर्युवेदिक चिकित्सक बताउछन् । सूर्यको किरणमा सिलाजितयुक्त ढुङ्गा राखेर त्यसबाट सिलाजित सङ्कलन गरिएमा त्यसलाई सूर्यतापी सिलाजित भन्ने गरिन्छ । सिलाजितयुक्त ढुङ्गालाई आगोमा गाईको गहुँतसँग पकाएर सङ्कलन गरेमा त्यसलाई अग्नितापी सिलाजित भन्ने गरिन्छ । भिरबाटै सङ्कलन गर्न सके निकै शुद्ध ुिसलाजित निस्कन्छ ।

म्याग्दी जिल्लामा सिलाजितसँगै ६० भन्दा बढी अन्य जडीबुटी रहेको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । सिलाजितलाई पनि वनपैदावार जडीबुटीमै राखिएको वन तथा वातावरण क्षेत्रका जानकार चन्द्रमणि सापकोटाले बताए । आयुर्वेद अनुसार सिलाजितको उत्पत्ति पत्थरबाट भएको हो । संस्कृतमा पत्थरलाई सिला भनिन्छ । गर्मीको मौसममा पर्वतका चट्टानबाट धातुको अंश पग्लेर चुहिन थाल्छ । यही चुहिएको पदार्थ सिलाजित हो । हेर्दाखेरी यो अलकत्रा जस्तो कालो र गाढा देखिन्छ । सुकेपछि यो एकदम चम्किलो हुन्छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy