गलेश्वर । भनिन्छ, जुन देश र परिवेशको मानिस हुन्छ,उसलाई सोही ठाउँको औषधि नै हितकारी हुन्छ । आज कात्तिक कृष्ण त्रयोदशी अर्थात् चिकित्सा शास्त्रका प्रणेत धन्वन्तरि जयन्ती ।
आर्युवेदिक औषधिका पिता मानिने, देवताका बैद्य (चिकित्सक) समेत रहेका धन्वन्तरिले जङ्गलमा पाइने वनस्पति र जडीबुटीमार्फत उपचार गर्न सुरुआत गरेको दिन । तर, औषधीय गुणले युक्त बहुमूल्य वनस्पति र जडीबुटीको भने सदुपयोग हुन नसक्दा नेपालमा त्यस्ता बहुमूल्य जडीबुटीले भिल्लाका देशमा मणिको नियति भोगिरहेका छन् ।
हिमाली जिल्ला म्याग्दीका उच्च हिमाली र लेकाली क्षेत्रका जङ्गल तथा भिरमा रहेका बहुमूल्य जडीबुटी प्हिचान, उत्खनन र प्रशोधनको अभावमा जङ्गलमा नै खेर गइरहेका छन् । यहाँका जङ्गल र भिरमा पाइने सिलाजित, अष्टगन्धा, तुथो, खिरलहरा, पखनबेदलगायतका जडीबुटी खेरगइरहेका स्थानीयवासीले बताएका छन् ।
ठूलाठूला चट्टानमा गर्मी महिनामा चुहिने सिलाजितको उचित सङ्कलन र प्रशोधन अहिलेसम्म हुनसकेको छैन ।
जिल्लाका धेरैजसो ठाउँमा सिलाजित भए पनि यसको उत्खनन र प्रशोधन हुन नसकेको आयुर्वेद औषधालय म्याग्दीका प्रमुख प्रेमप्रसाद गौतमले बताए ।
कोरोनाका कारण आर्युवेदिक औषधिको खोजी हुन थालेपछि गुर्जो, अस्वगन्धा, दालचिनीलगायका जडीबुटीप्रति सर्वसाधारणको चासो बढे पनि अन्य बहुमूल्य जडीबुटी तर्फ कसैको ध्यान नगएको उनले बताए । गाउँघरमा परम्परागत रूपमा ठूलाठूला चट्टानका भिरबाट स्थानीयवासीले निकालेर सिलाजित बनाउने गरेको तर व्यावसायिक रूपमा यसको उत्खनन र प्रशोधन राज्यका तर्फबाट हुन नसकेको धवलागिरि गाउँपालिका– ३ मुनाका ४० वर्षीय पुर्म पुनले बताए ।
जडीबुटीका जानकार समेत रहेका पुनका अनुसार पश्चिम म्याग्दीका जङ्गलमा करोडौंँ मूल्यका जडीबुटी पाइने भए पनि उत्खनन् र प्रशोधन गर्ने सीपको अभाव र राज्यको उदासिनताका कारण ती जडीबुटी जङ्गलमा नै अलपत्र अवस्थामा रहेका छन् । म्याग्दीका भिर र पहरामा प्रशस्तै सिलाजित पाइने उनले बताए । हरेक बिरामीका लागि उपयोगी मानिने सिलाजितलाई हरेक रोगमा ‘टनिक’का रूपमा प्रयोग गर्न सकिने, चोटपटक लागेमा र शरीर दुख्ने समस्या भएका बिरामीका लागि यो रामबाण सावित हुने पुनले बताए ।
बजारमा सिलाजित ‘क्याप्सुल’को रूपमा पाइने र त्यो निकै महँगो हुने बताइएको छ । जिल्लाका ठूलाठूला भिरका चट्टान तथा ढुङ्गा पग्लेर सिलाजित निस्कने गरेको आयुर्वेद औषधालय म्याग्दीले जनाएको छ । म्याग्दीको मालिका, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण र धौलागिरि गाउँपालिकाका प्राय: सबै भीरमा सिलाजित पाइने स्थानीयवासीले बताएका छन् ।
सिलाजितलाई जडीबुटीको राजा मानिन्छ । बल पुष्टिकारक, ओजबर्धक, दौर्बल्यनाशक र पौष्टिक गुण सिलाजितमा पाइने आर्युवेदिक चिकित्सक बताउछन् । सूर्यको किरणमा सिलाजितयुक्त ढुङ्गा राखेर त्यसबाट सिलाजित सङ्कलन गरिएमा त्यसलाई सूर्यतापी सिलाजित भन्ने गरिन्छ । सिलाजितयुक्त ढुङ्गालाई आगोमा गाईको गहुँतसँग पकाएर सङ्कलन गरेमा त्यसलाई अग्नितापी सिलाजित भन्ने गरिन्छ । भिरबाटै सङ्कलन गर्न सके निकै शुद्ध ुिसलाजित निस्कन्छ ।
म्याग्दी जिल्लामा सिलाजितसँगै ६० भन्दा बढी अन्य जडीबुटी रहेको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । सिलाजितलाई पनि वनपैदावार जडीबुटीमै राखिएको वन तथा वातावरण क्षेत्रका जानकार चन्द्रमणि सापकोटाले बताए । आयुर्वेद अनुसार सिलाजितको उत्पत्ति पत्थरबाट भएको हो । संस्कृतमा पत्थरलाई सिला भनिन्छ । गर्मीको मौसममा पर्वतका चट्टानबाट धातुको अंश पग्लेर चुहिन थाल्छ । यही चुहिएको पदार्थ सिलाजित हो । हेर्दाखेरी यो अलकत्रा जस्तो कालो र गाढा देखिन्छ । सुकेपछि यो एकदम चम्किलो हुन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: