Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

अघिल्लो वर्ष प्रतिकिलो ६०० मा बेचेका अलैँची यो वर्ष किसानले ११५० सम्म मूल्य पाए

रासस

बागलुङ ।  बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसानले यसपालि अलैँची बेचेर रु २२ लाख छ हजार ५०० भित्र्याए । नमूना अलैँची उत्पादक कृषक समूहमा आबद्ध ती किसानले २० क्विन्टल अलैँची फलाएका थिए ।

अलैँचीबाट तुलसीराम पौडेलले सबैभन्दा बढी रु पाँच लाख कमाए । त्यसपछि विमल पौडेलले रु तीन लाख । विमल पौडेल समूहको अध्यक्षसमेत छन् । अलैँचीले भाउ राम्रो पाएपछि किसानको कमाइ बढेको हो ।

अघिल्लो वर्ष प्रतिकिलो अलैँचीलाई जम्मा रु ६०० मा बेचेका किसानले यो वर्ष रु एक हजार १५० सम्म मूल्य पाएका हुन् । झण्डै दोब्बरले भाउ बढेपछि अलैँची किसान मक्ख छन् । बजारमा अलैँचीको माग बढेका कारण मूल्य बढेको किसान बताउँछन् ।

“गत वर्ष कम मूल्यमा अलैँची बेच्नुपर्दा किसान निराश हुनुपरेको थियो, अहिले भनेझैँ मूल्य पाएपछि किसान खुसी छन्”, समूहका अध्यक्ष पौडेलले भने । उनले  गुणस्तरीय उत्पादन दिन सके अलैँचीको बजार राम्रो रहेको बताए ।

समूहले २०० रोपनी जग्गामा विगत छ वर्षदेखि अलैँचीको व्यावसायिक खेती गर्दै आएको छ । अलैँची बेचेर वार्षिक आउने आम्दानीलाई किसानले आफ्नो उत्पादन अनुसार बाँडेर लिन्छन् । समूहमा नरहेका किसानबाट पनि अलैँची सङ्कलन गरेर बजारसम्म पुर्‍याउन समूहले सहजीकरण गर्दै आएको छ ।

बरेङमै सबैभन्दा धेरै क्षेत्रफलमा अलैँची खेती गरेको उक्त समूहमा १९ जना किसान आबद्ध छन् । बसाइँसराइले गाउँका जग्गा बाँझो पल्टन थालेपछि गाउँले मिलेर अलैँची खेतीको योजना बनाएका थिए । समूहलाई अलैँची सुकाउने उपकरण खरिद, बगान विस्तारलगायतमा कृषि ज्ञान केन्द्र र गाउँपालिकाले अनुदान सहयोग दिएको छ ।

अलैँची व्यवसायी महासङ्घका केन्द्रीय सदस्य केदार आचार्यले यो वर्ष उत्पादनमा ह्रास आएकाले अलैँचीको बजार मूल्य बढेको बताए  । अलैँची निर्यात हुने प्रमुख देश भारतका व्यापारीले पनि बढी मूल्य तिरेरै भए पनि नेपालको अलैँची खरिद गर्न तयार भएको उनको  भनाइ छ ।

“खडेरी, सिँदुरे रोग आदि कारणले यो वर्ष देशभर अलैँचीको उत्पादनमा गिरावट आयो, जसले गर्दा बजार माग बढी छ, किसानले राम्रै मूल्य पाउनुभएको छ”, आचार्यले भने । उनले जैमिनी नगरपालिका–१० राङखानीको २० रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आएका छन् । त्यहाँ अलैँचीको नर्सरी पनि छ ।

राङखानीको आचार्य जैविक नमूना कृषि फार्मले गाउँभरिका किसानबाट अलैँची खरिद गरेर बजारीकरण गर्दै आएको छ । यो वर्ष ५० क्विन्टल अलैँची काठमाडौँ पुर्‍याएको फार्मका सञ्चालकसमेत रहनुभएका आचार्यले बताए  । काठमाडौँ हुँदै अलैँची भारत, बङ्गलादेशलगायतका ठाउँमा निर्यात हुन्छ । 

कतिपयले सिधै पूर्वी नाका काँकडभिट्टा पुर्‍याएर भारतीय व्यापारीलाई अलैँची बेच्छन् । भारतीय बजारमा पुग्ने नेपाली अलैँची मसला, सौन्दर्य सामग्री, आयुर्वेदिक औषधिलगायतमा प्रयोग हुन्छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले अन्तर्राष्ट्रिय बजारमा माग बढेको र निर्यात पनि सहज भएका कारण नेपाली अलैँचीले मूल्य पाएको बताए  । “भारतमा यो वर्ष अलैँची उत्पादन घटेको हुनाले पनि हाम्रो अलैँचीको माग बढेको हो”, उनले भने, “गत वर्ष किसानले अलैँची बेच्न व्यापारी खोज्दै हिँड्नुपर्ने अवस्था थियो, अहिले व्यापारीहरु किसान खोज्दै हिँडेका छन् ।”

उनले अलैँचीका ठूला व्यापारीले एक वर्ष मूल्य बढाउने र अर्को वर्ष फेरि घटाउने प्रवृत्ति बजारमा देखा पर्ने गरेको उल्लेख गरे  । “राम्रो मूल्य पाएपछि किसानले उत्पादन बढाउनतिर लाग्छन्, व्यापारीले पछि फेरि मूल्य घटाउँछन् जसले गर्दा किसानलाई मर्का पर्ने गरेको छ”, उनले भने ।

यो वर्ष माग र मूल्य बढेकाले अलैँची किसानलाई व्यावसायिकरूपमा फाइदा पुगेको प्रमुख भट्टराईले बताए । उनका अनुसार जिल्लामा अहिले एक हजार २०० हेक्टरमा अलैँची खेती भइरहेको छ । पछिल्लो पाँचरछ वर्षयता अलैँची खेती विस्तार भइरहेको हो । राम्रो कमाइ हुने देखेर किसान अलैँची खेतीतिर आकर्षित छन् ।

सरकारी अनुदान सहायताले पनि किसानलाई अलैँची खेतीमा लाग्न प्रोत्साहित गरिरहेको छ । बर्सेनि साउन अन्तिमदेखि असोजसम्मै किसानलाई अलैँची टिप्ने चटारो पर्छ । अलैँची खेतीमा लाग्ने मेहनत र श्रमअनुसार सधैँ राम्रो मूल्य पाउने वातावरण बन्नुपर्ने किसानको माग छ । बजारको उचित व्यवस्थापनमा राज्य संयन्त्रले चासो नदिएको उनीहरुको गुनासो छ । 

रोप्नदेखि, गोडमेल, स्याहारसुसार, टिप्ने, सुकाउने आदि गर्दा किसानको धेरै समय, श्रम र लगानी अलैँची खेतीमा खर्च हुन्छ । बजारको अनिश्चिततासँगै लगानीअनुसारको प्रतिफल नपाए अलैँची खेतीबाट किसान पलायन हुने स्थिति छ । 

केन्द्रका अनुसार यहाँ अलैँचीको व्यावसायिक उत्पादनका लागि ११ पकेट र दुई ब्लक क्षेत्र घोषणा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ती कार्यक्रममार्फत किसानले अलैँची खेतीमा अनुदान र तालिम पाउँछन् ।

ताराखोला गाउँपालिका र गलकोट नगरपालिकामा अलैँची ब्लक छ । जैमिनी, बागलुङ नगरपालिका, काठेखोला, निसीखोला, बडिगाड, बरेङ र निसीखोला गाउँपालिकामा पकेट कार्यक्रम सञ्चालित छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy