Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

मुस्ताङको आकर्षण स्याउ पछि आलु

खबरडबली संवाददाता

मुस्ताङ । मुस्ताङी स्याउ र आलु बागलुङसहित धौलागिरिका म्याग्दी, मुस्ताङ, पर्वतलगायतका जिल्लामा कोसेलीको रुपमा खुबै प्रयोग हुन थालेको छ ।  अहिले बजारमा मुस्ताङको स्याउ विस्तारै सकिने अवस्थामा पुगेको छ भने आलुको याम सुरु भएको छ । स्याउजस्तै मुस्ताङी आलु पनि मीठो मानिन्छ ।  बागलुङ बजारमा मुस्ताङी आलुको माग उच्च रहेको फलफूल तथा तरकारी व्यवसायी बताउँछन् । उच्च हिमाली क्षेत्रमा फलेको आलु निकै स्वादिष्ट हुने भएकाले महँगो मूल्य तिरेरसमेत उपभोक्ताले खरिद गर्ने गरेका छन् । 

दसैँ तिहारका याममा झण्डै चार हजार केजी स्याउ बिक्री गरेको यहाँका फलफूल तथा तरकारी व्यापारी शङ्कर रेग्मीले जानकारी दिनुभयो । उहाँले स्याउ मात्रै हैन, मुस्ताङको आलुको समेत बजारमा उच्च माग भइरहेको बताए । उननले मात्रै दशै तिहारकै बीचमा पाँच हजार केजी मुस्ताङी आलु बिक्री गरिसकेका छन् । 

“मुस्ताङको स्याउ बजार ल्याउनै समस्या छ, अन्य जिल्लाबाट समेत मुस्ताङको स्याउको माग भइरहेकाले बल्ल तल्ल स्याउ आउँछ, आलुको अवस्था उस्तै छ”, उहाँले भन्नुभयो, “मुस्ताङको टुकुचे, सिस्याङ भन्ने स्थानबाट आलु आयात गर्दै आएको छ, बजारमा स्याउजस्तै आलुको समेत उच्च माग रहेको छ, मुस्ताङी आलु बागलुङमा पु¥याउनै मुस्किल छ ।”

उहाँजस्ता धेरै व्यापारीले मुस्ताङको आलु र स्याउको बागलुङ बजारमा आयात गर्दै आएका छन् । अहिले मुस्ताङी स्याउको प्रतिकेजी रु १७० र आलु प्रतिकेजी रु ८५ मा किनबेच भइरहेको छ । मुस्ताङको स्याउजस्तै आलुसमेत निकै स्वादिष्ट भएकाले महँगो भए पनि खरिद गरेर उपभोग गर्ने गरेको स्थानीय सुरेश आचार्यले बताए । 

रामरेखा होलसेल तरकारी पसलमा युवा व्यवसायी आर्यन जेरीले  आलु खुद्रा र थोक दुवै तरिकाले व्यापार गर्दै आउनुभएको छ । उहाँले आलु बागलुङ झारेको एक हप्तामै गोदाम रित्तिने गरेको जानकारी दिए। “पहिले पैसा पठाएपछि मात्रै मुस्ताङको आलु आउँछ, अहिले दसैं अघिदेखि १० हजार केजी आलु मुस्ताङको मात्रै बिक्री गरे, तराईको र बागलुङको ढोरपाटन र ताराखोलाको आलु पनि बिक्री भइरहेको छ”, उहाँले भन्नुभयो, “सस्तो आलु चाहनेलाई तराईको आलु छ, बागलुङको ताराखोला र ढोरपाटनको आलुको मागसमेत उच्च छ, तर मुस्ताङको आलु उपभोक्ताले निकै रुचाउने गरेका छन् ।” 

ताराखोला र ढोरपाटनको आलुसमेत बागलुङबाट पोखरालगायतका क्षेत्रमा निकासी हुने गरेको छ तर बागलुङ जिल्लामा मुस्ताङको आलु तथा स्याउ यति नै भित्रिन्छ भन्ने यकिन तथ्याङ्क नभए पनि जिल्लामा धेरै मात्रमा मुस्ताङको स्याउ र आलु ठूलो मात्रामा आयात हुने गरेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त ढकाल जानकारी दिनुभयो ।

बागलुङमा समेत ढोरपाटन आलु सुपरजोन कार्यक्रम सञ्चालित छ । हिमाली क्षेत्र मुस्ताङका साथै छ महिना निकै चिसो हुने ढोरपाटन र ताराखोलाको आलु देश विदेशमा समेत चर्चित छ । चिसो हावापानीमा उब्जनी भएकाले उपभोक्ताले महँगो मूल्य तिरेरै भए पनि मुस्ताङको स्याउ, आलु ढोरपाटनको आलु रोज्ने गरेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending