काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकालाई लिएर आन्दोलनरत कानुन व्यवसायीहरुले आज पनि प्रदर्शन जारी राख्दैछन्। सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमा धर्ना बसेर प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेश रोक लगाउने तयारी छ।
शुक्रबार पनि कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशविरुद्ध धर्ना बसेका थिए। तर, प्रधानन्यायाधीश मुल गेट छलेर अदालत प्रवेश गरेका थिए।
बिहान साढे ९ देखि साढे ११ बजेसम्म प्रधानन्यायाधीश जबरा प्रवेश गर्ने मुख्य प्रवेशद्वारमै धर्ना दिने कानुन व्यवसायीहरुको आन्दोलनको नेतृत्व गर्दै आएको नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए।
प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भाग खोजेको कुरा उठेपछि कानुन व्यवसायीहरु आन्दोलित छन्। जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ । तर, प्रधानन्यायाधीशकाे राजीनामा नदिने अडानमा कायमै छ।
अदालतमा प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशहरुको आन्दोलन भइरहेकाले सुवुवाइ प्रभावित बनिरहेको छ। प्रधानन्यायाधीशले इजलास तोकेपनि न्यायाधीशहरुले बेन्च बहिष्कार गर्दै आइरहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ७ गते, २०८१ - ०९:३५
मोरङ । बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् । राँगाको मासुबाट यहाँ बनाइने सुकुटीको माग स्वदेशमा मात्र नभई विदेशमा पनि बढ...
मंसिर ७ गते, २०८१ - ०९:२९
दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहेकोे छ । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्रसय खण्डमा ...
मंसिर ७ गते, २०८१ - ०८:२६
काठमाडौं । सत्तारुढ नेकपा एमालेले आज काठमाडौंमा जागरण सभामार्फत् ‘शक्ति प्रदर्शन’ गर्दैछ । देशमा केही भएको छैन भन्ने जबरजस्ती भाष्य बनाउँदै अराजकतावाद...
मंसिर ७ गते, २०८१ - ०८:१०
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्वतर्फ जाँदै गरेको प...
मंसिर ७ गते, २०८१ - ०८:०१
काठमाडौं । लामो प्रतिक्षापछि रसुवागढी जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगु...
मंसिर ७ गते, २०८१ - ०७:५६
काठमाडौँ । काठमाडौँमा हिजो दुई जना मृतावस्थामा फेलापरेका छन् । काठमाडौँ महानगरपालिका–१६ माछापोखरी वसन्तनगरस्थित क्यासिकल होटलमा नुवाकोट ककनी गाउँपा...
मंसिर ७ गते, २०८१ - ०७:४१
काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेकोजल तथा मौसम विज्ञान विभाग...
मंसिर ७ गते, २०८१ - ०७:३५
नौमुले । नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–९ का नगेन्द्र खड्का ५० वर्ष पुगे । गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक रु पाँ...
मंसिर ७ गते, २०८१ - ०७:२७
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणानुसार बिहीबारको तुल...
मंसिर ७ गते, २०८१ - ०७:२०
‘हिमालयन साल्ट’का रूपमा ब्राण्डिङ गरेर बिक्री गर्न सकिने
प्रतिकृया लेख्नुहोस्: