Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

राजनीतिक दलको महाधिवेशन : चितवनमा पर्यटनसँगै अर्थतन्त्र चलायमान

रासस

चितवन । जिल्लामा राजनीतिक दल र तिनका भ्रातृ सङ्गठनका केन्द्रीय अधिवेशनका कार्यक्रम निरन्तर हुँदा यहाँको पर्यटनसँगै अर्थतन्त्र चलायमान भएको छ। 

राजनीतिक दलका प्रतिनिधिसँगै कार्यक्रम हेर्न आउनेले जिल्लाका होटल तथा रेष्टुराँ भरिभराउ हुन थालेका छन्। यसले समग्र जिल्लाको अर्थतन्त्र चलायमान बनाएको हो। 

देशको ठूलो राजनीतिक दल नेकपा (एमाले), नेकपा (माले) र माओवादी केन्द्रनिकट प्रेस सेन्टर नेपालको महाधिवेशन जिल्लामा हुँदै गर्दा यहाँको पर्यटन र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने भएको हो।

नेपाल कम्युनिष्ट पार्टी माले को केन्द्रीय महाधिवेशन नारायणगढको नारायणी कला मन्दिरमा कात्तिक २७ गतेदेखि जारी छ।

उक्त अधिवेशन २९ गतेसम्म सञ्चालन हुनेछ। पार्टीका नेता भगवती घिमिरेका अनुसार देशभरबाट ३ सय ५० जना प्रतिनिधि महाधिवेशनमा सहभागी भएका छन्। प्रतिनिधि जिल्लाका विभिन्न होटलमा बसिरहेका छन्। प्रतिनिधि बाहेकका पार्टी शुभेच्छुक पनि यहाँ आएका छन्। 

नेकपा एमालेको १० औँ महाधिवेशन मंसिर १०-१२ गतेसम्म यहीं हुँदैछ। उद्घाटन सत्र नारायणी नदी किनारमा र बन्द सत्र सौराहामा गरिँदै छ।

महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेका अनुसार महाधिवेशनमा १ हजार ९ सय ९९ प्रतिनिधि हुनेछन्। यसका अतिरिक्त सोही संख्याभन्दा बढी शुभेच्छुक, नेता कार्यकर्ता, विदेशी र स्वदेशी पाहुना हुने अनुमान छ।

सो समयमा सौराहामा रहेका अधिकांश होटलका कोठा बुकिङ भइसकेका छन्। पार्टीले ४ हजार बेड बुकिङ गरिसकेको छ।

सौराहाको क्षमता ६ हजार ५ सय शय्या हो। क्षेत्रीय होटल सङ्घका अनुसार मंसिर ९-१२ गतेसम्म सौराहाका सबै कोठा बुकिङ भइसकेका छन्। ठूला राजनीतिक दलको महाधिवेशन यहाँ भएको यो पहिलो हो।

बन्द सत्र हुने सौराहा चितवन क्षेत्र १ मा पर्दछ। सो क्षेत्रका सांसदसमेत रहेका पाण्डेले यसले यहाँको अर्थतन्त्रलाई चलायमान बनाउने बताए।

नेकपा एमालेको महाधिवेशनमा मात्रै ८ करोड रूपैयाँभन्दा बढी खर्च हुने अनुमान छ। प्रतिनिधि नभएकाबाट पनि ठूलै रकम खर्च हुने व्यवसायी बताउँछन्। 

नेता पाण्डेले भने, ‘एकदिने जात्रा र सभामा त ठूलो आर्थिक चलायमान हुन्छ भने महाधिवेशनले त जिल्लाका समग्र क्षेत्रको अर्थतन्त्र चलायमान बनाउँछ।’

प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जिल्लाको समग्र क्षेत्र लाभान्वित हुने पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेको भनाइ छ।

यससँगै यहाँको पर्यटन देशभर प्रवर्द्धन हुने उनी बताउँछन्। देशैभरबाट आउने मानिसले यहाँका पर्यटकीय स्थलको प्रचारप्रसारमा सहयोग पुग्ने देखिएको छ।

नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको केन्द्रीय महाधिवेशन मंसिर १८-१९ गते नारायणगढमा हुँदैछ।उक्त महाधिवेशनमा देशभरबाट ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्। 

केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीका अनुसार महाधिवेशनका प्रतिनिधिलाई भरतपुर र गैंडाकोटका होटलमा राखिँदैछ। महाधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने हुँदा अन्य नेता, कार्यकर्ता र सहभागीसमेत आउने अधिकारीको भनाइ छ।

दुईवटा पार्टी र एउटा भ्रातृ सङ्गठनको केन्द्रीय महाधिवेशनले यहाँको अर्थतन्त्र चलायमान बनाउन सुरु गरेको व्यवसायी बताउँछन्।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराई यसले व्यवसायीमा उत्साह थपिएको बताउँछन्। कोभिडका कारण प्रभावित होटल, रेष्टुराँ भरिभराउ हुन थालेको र महाधिवेशनका दिन सबै होटल बुकिङ भइसकेको उनले जानकारी दिए।

ठूलो राजनीतिक दलको केन्द्रीय महाधिवेशन हुँदै गर्दा अरु दलका केन्द्रीय कार्यक्रम यहाँ आउने उनको विश्वास छ। 

होटल व्यवसायी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष दिनेश चुकेले महाधिवेशनको लहरसँगै होटल, रेष्टुराँको व्यापार बढ्न थालेको बताए। यस्ता कार्यक्रमले यहाँको अर्थतन्त्र चलायमान हुने जिल्लाका व्यवसायी चुकेको भनाइ छ। कोभिड–१९ पछिको राम्रो व्यापार महाधिवेशनसँगै सुरु हुने उनले बताए।

यी कार्यक्रमबाट यहाँको पर्यटकीय महत्वका क्षेत्रबारे देशभर प्रचारप्रसार हुने व्यवसायी उनको भनाइ छ। 

नेकपा मालेको नारायणी कला मन्दिर, नेकपा एमालेको नारायणी नदी किनार र सौराहाको होटल सेभेन स्टार तथा प्रेस सेन्टर नेपालको दियालो फुडल्यान्ड क्षेत्रपुरमा महाधिवेशन हुँदैछ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending