Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

राजनीतिक दलको महाधिवेशन : चितवनमा पर्यटनसँगै अर्थतन्त्र चलायमान

रासस

चितवन । जिल्लामा राजनीतिक दल र तिनका भ्रातृ सङ्गठनका केन्द्रीय अधिवेशनका कार्यक्रम निरन्तर हुँदा यहाँको पर्यटनसँगै अर्थतन्त्र चलायमान भएको छ। 

राजनीतिक दलका प्रतिनिधिसँगै कार्यक्रम हेर्न आउनेले जिल्लाका होटल तथा रेष्टुराँ भरिभराउ हुन थालेका छन्। यसले समग्र जिल्लाको अर्थतन्त्र चलायमान बनाएको हो। 

देशको ठूलो राजनीतिक दल नेकपा (एमाले), नेकपा (माले) र माओवादी केन्द्रनिकट प्रेस सेन्टर नेपालको महाधिवेशन जिल्लामा हुँदै गर्दा यहाँको पर्यटन र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने भएको हो।

नेपाल कम्युनिष्ट पार्टी माले को केन्द्रीय महाधिवेशन नारायणगढको नारायणी कला मन्दिरमा कात्तिक २७ गतेदेखि जारी छ।

उक्त अधिवेशन २९ गतेसम्म सञ्चालन हुनेछ। पार्टीका नेता भगवती घिमिरेका अनुसार देशभरबाट ३ सय ५० जना प्रतिनिधि महाधिवेशनमा सहभागी भएका छन्। प्रतिनिधि जिल्लाका विभिन्न होटलमा बसिरहेका छन्। प्रतिनिधि बाहेकका पार्टी शुभेच्छुक पनि यहाँ आएका छन्। 

नेकपा एमालेको १० औँ महाधिवेशन मंसिर १०-१२ गतेसम्म यहीं हुँदैछ। उद्घाटन सत्र नारायणी नदी किनारमा र बन्द सत्र सौराहामा गरिँदै छ।

महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेका अनुसार महाधिवेशनमा १ हजार ९ सय ९९ प्रतिनिधि हुनेछन्। यसका अतिरिक्त सोही संख्याभन्दा बढी शुभेच्छुक, नेता कार्यकर्ता, विदेशी र स्वदेशी पाहुना हुने अनुमान छ।

सो समयमा सौराहामा रहेका अधिकांश होटलका कोठा बुकिङ भइसकेका छन्। पार्टीले ४ हजार बेड बुकिङ गरिसकेको छ।

सौराहाको क्षमता ६ हजार ५ सय शय्या हो। क्षेत्रीय होटल सङ्घका अनुसार मंसिर ९-१२ गतेसम्म सौराहाका सबै कोठा बुकिङ भइसकेका छन्। ठूला राजनीतिक दलको महाधिवेशन यहाँ भएको यो पहिलो हो।

बन्द सत्र हुने सौराहा चितवन क्षेत्र १ मा पर्दछ। सो क्षेत्रका सांसदसमेत रहेका पाण्डेले यसले यहाँको अर्थतन्त्रलाई चलायमान बनाउने बताए।

नेकपा एमालेको महाधिवेशनमा मात्रै ८ करोड रूपैयाँभन्दा बढी खर्च हुने अनुमान छ। प्रतिनिधि नभएकाबाट पनि ठूलै रकम खर्च हुने व्यवसायी बताउँछन्। 

नेता पाण्डेले भने, ‘एकदिने जात्रा र सभामा त ठूलो आर्थिक चलायमान हुन्छ भने महाधिवेशनले त जिल्लाका समग्र क्षेत्रको अर्थतन्त्र चलायमान बनाउँछ।’

प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जिल्लाको समग्र क्षेत्र लाभान्वित हुने पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेको भनाइ छ।

यससँगै यहाँको पर्यटन देशभर प्रवर्द्धन हुने उनी बताउँछन्। देशैभरबाट आउने मानिसले यहाँका पर्यटकीय स्थलको प्रचारप्रसारमा सहयोग पुग्ने देखिएको छ।

नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको केन्द्रीय महाधिवेशन मंसिर १८-१९ गते नारायणगढमा हुँदैछ।उक्त महाधिवेशनमा देशभरबाट ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्। 

केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीका अनुसार महाधिवेशनका प्रतिनिधिलाई भरतपुर र गैंडाकोटका होटलमा राखिँदैछ। महाधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने हुँदा अन्य नेता, कार्यकर्ता र सहभागीसमेत आउने अधिकारीको भनाइ छ।

दुईवटा पार्टी र एउटा भ्रातृ सङ्गठनको केन्द्रीय महाधिवेशनले यहाँको अर्थतन्त्र चलायमान बनाउन सुरु गरेको व्यवसायी बताउँछन्।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराई यसले व्यवसायीमा उत्साह थपिएको बताउँछन्। कोभिडका कारण प्रभावित होटल, रेष्टुराँ भरिभराउ हुन थालेको र महाधिवेशनका दिन सबै होटल बुकिङ भइसकेको उनले जानकारी दिए।

ठूलो राजनीतिक दलको केन्द्रीय महाधिवेशन हुँदै गर्दा अरु दलका केन्द्रीय कार्यक्रम यहाँ आउने उनको विश्वास छ। 

होटल व्यवसायी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष दिनेश चुकेले महाधिवेशनको लहरसँगै होटल, रेष्टुराँको व्यापार बढ्न थालेको बताए। यस्ता कार्यक्रमले यहाँको अर्थतन्त्र चलायमान हुने जिल्लाका व्यवसायी चुकेको भनाइ छ। कोभिड–१९ पछिको राम्रो व्यापार महाधिवेशनसँगै सुरु हुने उनले बताए।

यी कार्यक्रमबाट यहाँको पर्यटकीय महत्वका क्षेत्रबारे देशभर प्रचारप्रसार हुने व्यवसायी उनको भनाइ छ। 

नेकपा मालेको नारायणी कला मन्दिर, नेकपा एमालेको नारायणी नदी किनार र सौराहाको होटल सेभेन स्टार तथा प्रेस सेन्टर नेपालको दियालो फुडल्यान्ड क्षेत्रपुरमा महाधिवेशन हुँदैछ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending