Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

सरकारको सरकारात्मक कामलाई जनतामाझ लैजान राससलाई अर्थमन्त्रीको आग्रह

खबरडबली संवाददाता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गलत कामको रचनात्मक आलोचना गर्दै सरकारका सकारात्मक कामलाई जनताको बीचमा लैजाने प्रभावकारी माध्यमको भूमिका निर्वाह गर्न राष्ट्रिय समाचार समिति ९रासस० लाई आग्रह गरेका छन् ।

प्रेस सेन्टर नेपाल रासस प्रतिष्ठान शाखाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रममा उनले जनतालाई सरकारसँग र सरकारलाई जनतासँग जोड्ने संयन्त्रका रूपमा रहेको राससलाई थप परिष्कृत र प्रभावकारी बनाउन सरकारका तर्फबाट खेल्नुपर्ने भूमिकाका लागि आफू सधैँ तयार रहेको बताए ।

उनले भने, “सरकारले आफ्नै सञ्चारमाध्यम चलाउने कि नचलाउने भन्ने प्रश्न पनि छ । मलाई लाग्छ, रासस जस्ता संस्थाले रचनात्मक आलोचना गर्दै सरकारको प्रवक्ताको भूमिका निर्वाह गर्नुपर्छ ।” सरकारका तर्फबाट उपलब्ध गराउनुपर्ने सबै प्रकारको स्रोत र साधनका लागि आफूले प्रयास गर्ने अर्थमन्त्रीको भनाइ थियो ।

उनले जनयुद्ध, जनआन्दोलनलगायत आन्दोलनबाट प्राप्त भएको उपलब्धीलाई उल्ट्याउने ध्येयका साथ बेला बेलामा प्रतिगामी षड्यन्त्र पनि हुने गरेकाले त्यसका विरुद्ध सचेत खबरदारी गर्न सञ्चारकर्मीलाई आग्रह गरे । निकै जटिलताका बीच स्थापना भएको प्रेस सेन्टरले देश र जनताको  पक्षमा प्रतिबद्ध भएर कलम चलाउन तथा कुनै पनि गलत कामको खबरदारी गर्नुपर्नेमा जोड दिए ।

कृष्णसेन इच्छुक जस्ता शहीदको बलिदानले स्थापित भएको सङ्गठनले देश, जनता र समृद्धिको पक्षमा लाग्नुपर्ने उहाँको भनाइ थियो । संविधानमा उल्लेख भएअनुसार र नै समाजवादको आधार तयार पार्दै स्वाधीन अर्थतन्त्रको निर्माणमा सरकार लागि परेको भन्दै उहाँले त्यसलाई साथ दिन आग्रह गरे। उनले प्रेस सेन्टरलाई समृद्धिको प्रवक्ताका रूपमा काम गर्न अनुरोध गरे ।

प्रेस सेन्टर नेपालका संयोजक महेश्वर दाहालले श्रमजीवीको पक्षमा आवाज उठाउने र त्यसको पक्षमा लगातार लड्दै आएको श्रेष्ठ सङ्गठन भएको नाताले पनि आफूहरुले श्रमको सम्मान गर्ने तथा गराउने बताए । उनले  सरकार परिवर्तन हुने बित्तिकै सरकारी सञ्चार माध्यमममा काम गर्ने श्रमजीवी पत्रकारले दुःख पाउने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए। संयोजक दाहालले सङ्गठनको झण्डा बोकेको भरमा श्रम गर्नुपर्दैन भन्ने मान्यता त्याग्नुपर्ने धारणा राखे ।

राससका कार्यकारी अध्यक्ष हरिहर अधिकारी श्यामलले नेपालको राजनीतिक परिवर्तनको पछाडि समग्र सञ्चार जगत्को महत्वपूर्ण भूमिका रहेका उल्लेख गर्दै साझा उद्देश्यका साथ काम गर्न आग्रह गरे। उनले जनतालाई सरकारसँग र सरकारलाई जनतासँग जोड्ने मेरुदण्डका रूपमा रहेको राससलाई थप समृद्ध र परिष्कृत बनाएर लैजानुपर्नेमा जोड दिए ।

कार्यक्रममा सम्मानित व्यक्तित्व एवं राससका पूर्वकार्यकारी अध्यक्ष कोमलनाथ बरालले आफूलाई सम्झिएर सम्मान गरेकामा रासस प्रेस सेन्टरलाई धन्यवाद दिए । उनले आफूले राससको जिम्मेवारी सम्हाल्दा सकेसम्म राम्रो काम गरेको र नराम्रो भने नगरेको स्मरण गरे । उनले राससको सेवालाई थप विस्तार गर्न यहाँ कार्यरत कर्मचारी, पत्रकार सबैको साझा दायित्व रहेको भन्दै सोहीअनुसार काम गर्न सबैलाई आग्रह गरे ।

अर्थमन्त्री शर्माले पूर्वअध्यक्ष बराललाई खादा ओढाएर सम्मान गरेका थिए । प्रेस सेन्टर नेपाल रासस प्रतिष्ठान शाखाका अध्यक्ष रत्नकृष्ण श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्रेस सेन्टर नेपालका प्रतिष्ठान प्रदेशका इञ्चार्ज विदुर खड्का, नेपाल पत्रकार महासङ्घ रासस शाखाका अध्यक्ष पवित्रा गुरागाईं, प्रेस युनियनका अध्यक्ष मोहिनी मिश्र रिसाल र प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य प्रकाश सिलवालले सम्मेलनको सफलताको कामना गरेका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वमन्त्री दीपक खड्काको घरमा आगजनी र तोडफोड प्रकरण: तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...

सरकारले उखुको खरिद मूल्य तोक्यो, प्रति क्विन्टल ६२० निर्धारण

काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...

ओलीले महिलालाई सधैं अपमान गर्छन्: अष्टलक्ष्मी शाक्य

विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति

खानेपानी तथा सरसफाइ डिभिजन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  ठेक्कामा बढी कबोल रकम गरे...

विराटनगरविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...

कैलाली–५ बाट आरजु राणासहित चार जना उम्मेदवार सिफारिस

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...

मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक (सुचीसहित)

काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...

यही प्रणालीमा चुनाव गरेर मुलुक अघि बढ्छ भन्नु भ्रम हो : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...

सामुदायिक विद्यालयको आंशिक विद्युत महसुल नगरले तिर्ने

मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...

कारागारबाट भागेका ४८ बन्दी पक्राउ, ५५ जना अझै फरार

कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ ।  पूर्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending