Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

कांग्रेसको १४ औँ महाधिवेशन तयारी तीव्र

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ। पार्टीले महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति र उपसमिति गठन गर्नाका साथै व्यवस्थापकीय कार्य अघि बढाएको छ। कांग्रेसको महाधिवेशन आगामी मंसिर २४ देखि २६ गतेसम्म काठमाडौँमा तय गरिएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबार सम्पन्न बैठकले महाधिवेशन सम्पन्न गर्न केन्द्रमा सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महाधिवेशन तयारी मूल समिति गठन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू, आमन्त्रित केन्द्रीय सदस्यहरू, संघीय संसद्का सदस्यहरू, सातवटै प्रदेशका प्रदेश संसदीय दलका नेताहरू सदस्य रहेका छन्।

यस्तै‚ केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा अर्थ संकलन समिति, सहमहामन्त्री डा। प्रकाशशरण महतको संयोजकत्वमा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन, प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा प्रचारप्रसार, केन्द्रीय सदस्यहरू सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन, मोहनबहादुर बस्नेतको संयोजकत्वमा स्वास्थ्य र सीता गुरुङको संयोजकत्वमा सांस्कृतिक समिति गठन गरिएको छ।

नेपाल भूतपूर्वसैनिक संघका अध्यक्ष कर्णेल धनबहादुर मास्की रानाको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन र पार्टीको काठमाडौँ जिल्ला सभापति संयोजक र ललितपुर एवं भक्तपुर जिल्ला सभापति सदस्य रहेको उद्घाटन समारोह एवं मञ्च व्यवस्थापन समिति गठन गरिएको मुख्य सचिव पौडैलले बताए। केन्द्रीय महाधिवेशन प्रतिनिधिले नामावली दर्ता शुल्कबापत तीन हजार रूपैयाँ बुझाउनुपर्ने पार्टीले निर्णय गरेको छ।

बैठकले आयरल्यान्ड, फ्रान्स, नेदरल्यान्ड, बेलायत, साइप्रस, पोर्चुगल ९छुट ४० जना० र क्यानाडास्थित नेपाली जनसम्पर्क समितिहरूबाट प्राप्त क्रियाशील सदस्यताको नामावलीको सूचीलाई स्वीकृत गर्ने र तत्काल अधिवेशनको मिति प्रस्ताव गर्न निर्देश गर्ने निर्णय गरेको छ।

यस्तै‚ नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया र नेपाली जनसम्पर्क समिति डेनमार्कका नवीकरण गर्न छुट भएका पुराना क्रियाशील सदस्यले नवीकरण गर्न चाहेमा र क्रियाशील सदस्यता पाउन योग्यता पुगेका र आवेदन गरेका व्यक्तिले नयाँ सदस्यता लिन चाहेमा तोकिएको शुल्क लिई नवीकरण गरिदिने र नयाँ सदस्यता प्रदान गर्ने गरी उक्त देशबाट प्राप्त क्रियाशील सदस्यता स्वीकृत गरिएको छ। नेपाली जनसम्पर्क समिति इजरायल र पोर्चुगलबाट पठाइएको संशोधित विधानलाई स्वीकृत गरिएको छ।

क्रियाशील सदस्यताको नामावली, सदस्यता शुल्क र सहयोग रकम ९लेवी० लगायतको विवरण पठाउन बाँकी रहेका जनसम्पर्क समितिहरूलाई एक हप्ताभित्र पठाउन निर्देश गर्ने बैठकले निर्णय गरेको छ। अधिवेशन सम्पन्न भएका जनसम्पर्क समितिहरूबाट प्राप्त प्रतिवेदनअनुसार महाधिवेशनमा प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूको नामावली विवरण क्रमशः केन्द्रीय निर्वाचन समितिलाई उपलब्ध गराउने बैठकको निर्णय छ।

युरोपस्थित अष्ट्रियामा बसोबास गर्ने १११ जना नेपालीको उपस्थितिमा भेलाको आयोजना गरी, नेपाली जनसम्पर्क समिति स्थापना गरी आबद्धताका लागि हस्ताक्षरसहित उपस्थितिको प्रतिलिपि, विधानको मस्यौदालगायत आवश्यक कागजात पेस हुन आएकाले, नेपाली जनसम्पर्क तदर्थ समिति अष्ट्रियालाई आबद्धता प्रदान गरिएको छ।

यसैगरी मुलुकका सात प्रदेशमा पार्टीको प्रदेश अधिवेशन सम्पन्न गर्न प्रदेश अधिवेशन आयोजक समिति गठन गरिएको छ। त्यसका लागि प्रदेश १ मा नेता कृष्णप्रसाद सिटौला, प्रदेश २ मा नेता रमेश रिजाल, बागमती प्रदेशमा नेता प्रकाशमान सिंह, गण्डकी प्रदेशमा नेता गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशमा नेता बालकृष्ण खाँण, कर्णाली प्रदेशमा नेता जीवनबहादुर शाही र सुदूरपश्चिममा नेता दिलेन्द्रप्रसाद बडूलाई संयोजकको जिम्मेवारी तोकिएको छ।

प्रदेश अधिवेशन आयोजक समितिमा सम्बन्धित प्रदेशभित्रका पार्टीका केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू, प्रदेशसभा संसदीय दलका नेता र प्रदेशसभा सदस्यहरू, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सदस्य रहनेछन्। प्रदेश अधिवेशन प्रतिनिधिले नामावली दर्ता शुल्कबापत रु दुई हजार बुझाउनुपर्नेछ। कांग्रेसको पहिलोपटक गर्न लागेको पार्टीको प्रदेश अधिवेशन आगामी मंसिर १६ र १७ गर्ने अधिवेशन कार्यतालिका छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ईश्वर पोखरेल भन्छन्- मिसन ८४ पूरा गर्न सत्ता गठबन्धन गरिएको हो

पर्सा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले मिसन ८४ पूरा गर्न वर्तमान सत्ता गठबन्धन बनाएको बता...

सुहाङको विजय र्‍यालीमा सहभागी हुन ओली इलाम जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने भएका छन्।  इलाम–२ को प्रतिनिधिसभामा विजयी उम्मेदवार सुहाङ नेम्वाङको विजय जुलुसमा सहभाग...

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक  वैशाख २० मा आह्वान गरिएको छ ।  प्रदेश सचिव दुर्लभकुमार पुनका अनुसार चौथो अधिवेशनको चौथो बैठक वैशाख २० ग...

‘स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ’

वासिङ्टन डीसी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र कानूनी व्यवस्थासहित गरिबी निवारण, स्वास्थ्य सेवा प्रणाली, बाल मृत्युदर घटाउ...

इलाममा राप्रपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ ।  आज बिहान निर्वाचन आयोगले सार्वजनिक ग...

लुम्बिनी, मधेस, सुदूरपश्चिम र कोशी प्रदेशमा हुरीबतासको चेतावनी

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । जल त...

सुहाङलाई बधाई दिँदै ओलीले भने- युवालाई अझ अगाडि बढाउँदै जानेछौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम २ मा फराकिलो अन्तरले विजयी भएका एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिएका छन् । उनले अध्यक्ष ...

झलनाथ चुनावी ‘कमान्डर’ बनेको इलाममा नेकपा एसको जमानत जफत, कसले कति मत ल्याए ?

काठमाडौं । इलाम २ मा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले जीतबहादुर राईलाई उम्मेदवारको जमानत जफत भएको छ। राईले ४०८ मत मात्रै ल्याए।  इलाम नेकपा ए...

यी हुन् लगानी सम्मेलनमा भएका महत्वपूर्ण सम्झौता

काठमाडौँ । दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौता भएका छन् । लगानी सम्मेलन सचिवालयका संयोजक तथा लगानी बोर...

इलाममा घण्टीको जमानत जफत

इलाम । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनअन्तर्गत इलाम २ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत भएको छ।  उम्मेदवार लिम्बूले ५ हजार ५० भोटमात्र ल्याए । प...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies