Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

कांग्रेसको १४ औँ महाधिवेशन तयारी तीव्र

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ। पार्टीले महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति र उपसमिति गठन गर्नाका साथै व्यवस्थापकीय कार्य अघि बढाएको छ। कांग्रेसको महाधिवेशन आगामी मंसिर २४ देखि २६ गतेसम्म काठमाडौँमा तय गरिएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबार सम्पन्न बैठकले महाधिवेशन सम्पन्न गर्न केन्द्रमा सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महाधिवेशन तयारी मूल समिति गठन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू, आमन्त्रित केन्द्रीय सदस्यहरू, संघीय संसद्का सदस्यहरू, सातवटै प्रदेशका प्रदेश संसदीय दलका नेताहरू सदस्य रहेका छन्।

यस्तै‚ केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा अर्थ संकलन समिति, सहमहामन्त्री डा। प्रकाशशरण महतको संयोजकत्वमा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन, प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा प्रचारप्रसार, केन्द्रीय सदस्यहरू सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन, मोहनबहादुर बस्नेतको संयोजकत्वमा स्वास्थ्य र सीता गुरुङको संयोजकत्वमा सांस्कृतिक समिति गठन गरिएको छ।

नेपाल भूतपूर्वसैनिक संघका अध्यक्ष कर्णेल धनबहादुर मास्की रानाको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन र पार्टीको काठमाडौँ जिल्ला सभापति संयोजक र ललितपुर एवं भक्तपुर जिल्ला सभापति सदस्य रहेको उद्घाटन समारोह एवं मञ्च व्यवस्थापन समिति गठन गरिएको मुख्य सचिव पौडैलले बताए। केन्द्रीय महाधिवेशन प्रतिनिधिले नामावली दर्ता शुल्कबापत तीन हजार रूपैयाँ बुझाउनुपर्ने पार्टीले निर्णय गरेको छ।

बैठकले आयरल्यान्ड, फ्रान्स, नेदरल्यान्ड, बेलायत, साइप्रस, पोर्चुगल ९छुट ४० जना० र क्यानाडास्थित नेपाली जनसम्पर्क समितिहरूबाट प्राप्त क्रियाशील सदस्यताको नामावलीको सूचीलाई स्वीकृत गर्ने र तत्काल अधिवेशनको मिति प्रस्ताव गर्न निर्देश गर्ने निर्णय गरेको छ।

यस्तै‚ नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया र नेपाली जनसम्पर्क समिति डेनमार्कका नवीकरण गर्न छुट भएका पुराना क्रियाशील सदस्यले नवीकरण गर्न चाहेमा र क्रियाशील सदस्यता पाउन योग्यता पुगेका र आवेदन गरेका व्यक्तिले नयाँ सदस्यता लिन चाहेमा तोकिएको शुल्क लिई नवीकरण गरिदिने र नयाँ सदस्यता प्रदान गर्ने गरी उक्त देशबाट प्राप्त क्रियाशील सदस्यता स्वीकृत गरिएको छ। नेपाली जनसम्पर्क समिति इजरायल र पोर्चुगलबाट पठाइएको संशोधित विधानलाई स्वीकृत गरिएको छ।

क्रियाशील सदस्यताको नामावली, सदस्यता शुल्क र सहयोग रकम ९लेवी० लगायतको विवरण पठाउन बाँकी रहेका जनसम्पर्क समितिहरूलाई एक हप्ताभित्र पठाउन निर्देश गर्ने बैठकले निर्णय गरेको छ। अधिवेशन सम्पन्न भएका जनसम्पर्क समितिहरूबाट प्राप्त प्रतिवेदनअनुसार महाधिवेशनमा प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूको नामावली विवरण क्रमशः केन्द्रीय निर्वाचन समितिलाई उपलब्ध गराउने बैठकको निर्णय छ।

युरोपस्थित अष्ट्रियामा बसोबास गर्ने १११ जना नेपालीको उपस्थितिमा भेलाको आयोजना गरी, नेपाली जनसम्पर्क समिति स्थापना गरी आबद्धताका लागि हस्ताक्षरसहित उपस्थितिको प्रतिलिपि, विधानको मस्यौदालगायत आवश्यक कागजात पेस हुन आएकाले, नेपाली जनसम्पर्क तदर्थ समिति अष्ट्रियालाई आबद्धता प्रदान गरिएको छ।

यसैगरी मुलुकका सात प्रदेशमा पार्टीको प्रदेश अधिवेशन सम्पन्न गर्न प्रदेश अधिवेशन आयोजक समिति गठन गरिएको छ। त्यसका लागि प्रदेश १ मा नेता कृष्णप्रसाद सिटौला, प्रदेश २ मा नेता रमेश रिजाल, बागमती प्रदेशमा नेता प्रकाशमान सिंह, गण्डकी प्रदेशमा नेता गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशमा नेता बालकृष्ण खाँण, कर्णाली प्रदेशमा नेता जीवनबहादुर शाही र सुदूरपश्चिममा नेता दिलेन्द्रप्रसाद बडूलाई संयोजकको जिम्मेवारी तोकिएको छ।

प्रदेश अधिवेशन आयोजक समितिमा सम्बन्धित प्रदेशभित्रका पार्टीका केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू, प्रदेशसभा संसदीय दलका नेता र प्रदेशसभा सदस्यहरू, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सदस्य रहनेछन्। प्रदेश अधिवेशन प्रतिनिधिले नामावली दर्ता शुल्कबापत रु दुई हजार बुझाउनुपर्नेछ। कांग्रेसको पहिलोपटक गर्न लागेको पार्टीको प्रदेश अधिवेशन आगामी मंसिर १६ र १७ गर्ने अधिवेशन कार्यतालिका छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अण्डाको मूल्य बढ्यो, प्रतिगोटा कति ?

चितवन ।  नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट रु ४२५ र मझौला रु ३७५ तोकिएको छ ।  अण्डाको उत्पादन ...

रास्वपाको चुनावी सभा आज धनगढीमा, रवि र बालेनले सम्बोधन गर्ने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले आज धनगढीमा चुनावी कार्यक्रम गर्ने भएको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले कार्यक्रमम...

रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश

रोल्पा । रोल्पामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका ३५ नेता कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । चुनाव...

निर्वाचन १५ दिन बाँकीः प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न सम्बन्धित सबैको ध्याना...

देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही फागुन ४ गते बिहान १० बजेदेखि पाँच गते बिहानसम्म देशभर कूल १९ वटा विपद...

उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण मुलुकका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको...

स्वीकृति नलिई भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे रु एक लाखसम्म जरिवाना हुने भएको छ । समितिले भित्तेपात्रो प्रकाशन गर...

कांग्रेसले आज जनकपुरमा प्रतिज्ञापत्र सार्वजनिक गर्ने, सभामा एक लाख सहभागी हुने दाबी

काठमाडौँ । नेपाली कांग्रेसको प्रतिज्ञापत्र आज सार्वजनिक हुने भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा हुन गइरहेको चुनावी सभामार्फत प्रतिज्ञापत्र सार...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज बस्ने भएको छ । बिहान ११ः०० बजे बस्नेगरी बैठक आह्वान भएको हो । बैठकमा यही फागुन २१...

सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने

काठमाडौँ । सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ । विभागले सार्वजनिक सूचनामार्फत बुधबार र बिहीबार सार्वजनिक बिदा भएप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE