Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

पोखरा घुम्न चाहनेलाई सस्तो मुल्यमा ‘साइटसिन बस’ सञ्चालन

खबरडबली संवाददाता

पोखरा । कोरोनाको प्रभाव कम हुँदैछ । पोखरामा आन्तरिक पर्यटकको चहलपहल पनि बढ्दै गएको छ । पर्यटकीय नगरी पोखरा आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइको सहर पनि हो ।  छोटो बसाइमा सहजरुपमा पोखरा घुम्न चाहनेलाई लक्षित गरी पहिलोपल्ट स्विफ्ट होलिडे  पोखराले ‘सिटी साइटसिन’ बस सञ्चालनमा ल्याएको छ । 

पोखराका प्रमुख आकर्षक पर्यटकीय गन्तव्यहरु घुम्न चाहने पर्यटकलाई लक्षित गरी सिटी साइटसिन र हिल हाइकिङका रुट १ र २ गरेर दुईवटा बस सञ्चालनमा ल्याएको  कम्पनिका बजार व्यवस्थापक प्रदीप भट्टले जानकारी दिए। “पोखरामा धेरै पर्यटक घुम्न आउँछन् तर सबैको हैसियत ट्याक्सी र अन्य गाडी रिजर्भ गरेर घुम्न सक्ने हुँदैन, हामीले त्यस्ता पर्यटक लक्षित गरेर ६ सयको प्याकेजमा घुम्ने व्यवस्था गरेका छौ ।” पर्यटकले उक्त प्याकेजमा २५ सिट क्षमताका बसमा पोखराका प्रमुख पर्यटकीय गन्तव्य जानकारीसहित घुम्न पाउनेछन् । असोज १ देखि यो सेवा सुरु भएको हो । 

रुट १ को बस हल्लनचोकबाट छुट्नेछ ।  विन्ध्यवासिनी मन्दिरको दर्शनसँगै पर्यटकलाई चमेरे गुफा, महेन्द्र गुफा, सेती नदी हुँदै वेगनासतालको अवलोकनपछि दिवा खानामा रोकिनेछ । त्यसपछि डेभिजफल्स र गुप्तेश्वर गुफा, लेकसाइड हुँदै खपौदी गएर एक घण्टा घुमघामको लागि रोकेपछि पर्यटकलाई हल्लनचोक र फिस्टेल गेटमा छोडेर ८ घण्टाको घुमघाम प्याकेज सकिनेछ । 

रुट २ मा पोखराको स्ट्रिट नं २ फिष्टेल गेटबाट बिहान यात्रा सुरु हुनेछ । पर्यटकलाई विन्ध्यवासिनी मन्दिरको दर्शन गराएर  सराङकोटको  भ्यूटावर पोखराको बजारको अवलोकन गराइन्छ । पोखराको पुरानो बजार मोहोरिया टोल, भीमसेन टोल हुँदै, रातो पैह्रोस्थित बञ्जी नेपालको अवलोकनसँगै डेभिजफल्स, गुप्तेश्वर गुफा भ्रमणपछि खानको समय हुनेछ । त्यसपछि पुम्दी भुम्दीको शान्ति स्तूपा र शिव मूर्ति लगिनेछ । यात्रामा अवलोकन गर्ने ठाँउहरुको प्रवेश शुल्क र खानाको खर्च आफँै व्यवस्था गर्नुपर्नेछ । बस टिकट इसेवाबाट र ट्राभल एजेन्सीबाट काट्न  सकिनेछ ।  भारतीय नागरिक र आन्तरिक पर्यटकले यो प्याकेज बढी रुचाएको भट्टले बताए ।  

पोखरा दोस्रो पल्ट घुम्न आउनुभएका बुटवलका ४० वर्षीय सागर विश्वकर्माले साइटसिन बसबाट यात्रा गर्दा सस्तो र सहज भएको बताए । “म पहिला यता उता घुम्दा घुम्दै चार पाँच हजार खर्च भएको थियो, अहिले साइटसिनबाट एक दिनमा पोखराका घुम्नै पर्ने ठाउँहरुको अवलोकन सस्तोमा गर्न सफल भए”, विश्वकर्माले भने।  न्युन आएका भएकालाई यो प्याकेजले राहत मिलेको उनले बताए । सस्तो प्याकेजको खाना र आवासको व्यवस्था गराउन सके अझै राहत हने यात्रुको सझुाव छ । 

छोटो बसाइ र कम खर्चमा पोखरा घुम्न चाहनेलाई लक्षित साइटसिन बस सञ्चालन हुनु राम्रो भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । “ आन्तरिक पर्यटक लक्षित बसले पोखराको पर्यटनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिन सकिन्छ”, भट्टराईले भने ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending