पोखरा । कोरोनाको प्रभाव कम हुँदैछ । पोखरामा आन्तरिक पर्यटकको चहलपहल पनि बढ्दै गएको छ । पर्यटकीय नगरी पोखरा आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइको सहर पनि हो । छोटो बसाइमा सहजरुपमा पोखरा घुम्न चाहनेलाई लक्षित गरी पहिलोपल्ट स्विफ्ट होलिडे पोखराले ‘सिटी साइटसिन’ बस सञ्चालनमा ल्याएको छ ।
पोखराका प्रमुख आकर्षक पर्यटकीय गन्तव्यहरु घुम्न चाहने पर्यटकलाई लक्षित गरी सिटी साइटसिन र हिल हाइकिङका रुट १ र २ गरेर दुईवटा बस सञ्चालनमा ल्याएको कम्पनिका बजार व्यवस्थापक प्रदीप भट्टले जानकारी दिए। “पोखरामा धेरै पर्यटक घुम्न आउँछन् तर सबैको हैसियत ट्याक्सी र अन्य गाडी रिजर्भ गरेर घुम्न सक्ने हुँदैन, हामीले त्यस्ता पर्यटक लक्षित गरेर ६ सयको प्याकेजमा घुम्ने व्यवस्था गरेका छौ ।” पर्यटकले उक्त प्याकेजमा २५ सिट क्षमताका बसमा पोखराका प्रमुख पर्यटकीय गन्तव्य जानकारीसहित घुम्न पाउनेछन् । असोज १ देखि यो सेवा सुरु भएको हो ।
रुट १ को बस हल्लनचोकबाट छुट्नेछ । विन्ध्यवासिनी मन्दिरको दर्शनसँगै पर्यटकलाई चमेरे गुफा, महेन्द्र गुफा, सेती नदी हुँदै वेगनासतालको अवलोकनपछि दिवा खानामा रोकिनेछ । त्यसपछि डेभिजफल्स र गुप्तेश्वर गुफा, लेकसाइड हुँदै खपौदी गएर एक घण्टा घुमघामको लागि रोकेपछि पर्यटकलाई हल्लनचोक र फिस्टेल गेटमा छोडेर ८ घण्टाको घुमघाम प्याकेज सकिनेछ ।
रुट २ मा पोखराको स्ट्रिट नं २ फिष्टेल गेटबाट बिहान यात्रा सुरु हुनेछ । पर्यटकलाई विन्ध्यवासिनी मन्दिरको दर्शन गराएर सराङकोटको भ्यूटावर पोखराको बजारको अवलोकन गराइन्छ । पोखराको पुरानो बजार मोहोरिया टोल, भीमसेन टोल हुँदै, रातो पैह्रोस्थित बञ्जी नेपालको अवलोकनसँगै डेभिजफल्स, गुप्तेश्वर गुफा भ्रमणपछि खानको समय हुनेछ । त्यसपछि पुम्दी भुम्दीको शान्ति स्तूपा र शिव मूर्ति लगिनेछ । यात्रामा अवलोकन गर्ने ठाँउहरुको प्रवेश शुल्क र खानाको खर्च आफँै व्यवस्था गर्नुपर्नेछ । बस टिकट इसेवाबाट र ट्राभल एजेन्सीबाट काट्न सकिनेछ । भारतीय नागरिक र आन्तरिक पर्यटकले यो प्याकेज बढी रुचाएको भट्टले बताए ।
पोखरा दोस्रो पल्ट घुम्न आउनुभएका बुटवलका ४० वर्षीय सागर विश्वकर्माले साइटसिन बसबाट यात्रा गर्दा सस्तो र सहज भएको बताए । “म पहिला यता उता घुम्दा घुम्दै चार पाँच हजार खर्च भएको थियो, अहिले साइटसिनबाट एक दिनमा पोखराका घुम्नै पर्ने ठाउँहरुको अवलोकन सस्तोमा गर्न सफल भए”, विश्वकर्माले भने। न्युन आएका भएकालाई यो प्याकेजले राहत मिलेको उनले बताए । सस्तो प्याकेजको खाना र आवासको व्यवस्था गराउन सके अझै राहत हने यात्रुको सझुाव छ ।
छोटो बसाइ र कम खर्चमा पोखरा घुम्न चाहनेलाई लक्षित साइटसिन बस सञ्चालन हुनु राम्रो भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । “ आन्तरिक पर्यटक लक्षित बसले पोखराको पर्यटनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिन सकिन्छ”, भट्टराईले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १६ गते, २०८३ - १५:०९
काठमाडौँ। नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल पराजित भएको छ । मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घर...
जेष्ठ १६ गते, २०८३ - १५:०२
लेखनाथ। आर्थिक वर्ष सकिन डेढ महिना बाँकी हुँदा गण्डकी प्रदेश सरकारको बजेट खर्च निकै कम देखिएको छ । गण्डकी सरकारले अहिलेसम्म १० अर्ब ५८ करोड खर्च गर...
जेष्ठ १६ गते, २०८३ - १४:५१
काठमाडौं । अर्थ मन्त्रालयले शुक्रबार बजेट भाषणपछि आफ्नो वेबसाइटमा सार्वजनिक गरेको आर्थिक विधेयक शनिबार दिउँसो हटाएको पाइएको छ । बजेट सार्वजनिक भएपछ...
जेष्ठ १६ गते, २०८३ - १३:२९
काठमाडौँ । काठमाडौंमा उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कलमान घिसिङ ले मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्र...
जेष्ठ १६ गते, २०८३ - १३:२२
काठमाडौँ । काठमाडौं मा नेपाल कम्युनिस्ट पार्टी (नेपाल कम्युनिस्ट पार्टी) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना भएका छन्। उनको सचिवालयका ...
जेष्ठ १६ गते, २०८३ - १३:१४
मनाङ । मनाङ को खोत्रो क्षेत्रमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। प्रारम्भिक जानकारीअनुसार सडकबाट अनियन्त्रित भई ट्रक दुर्घटनामा परेको हो...
जेष्ठ १६ गते, २०८३ - १२:०४
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेताहरूको कार्यविभाजनसँगै प्रदेश तथा स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिएको छ। शुक्रबार जारी गरि...
जेष्ठ १६ गते, २०८३ - ११:४१
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका राजनीतिक दलहरूलाई विस्थापित गर्ने षड्यन्त...
जेष्ठ १६ गते, २०८३ - १०:५८
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बता...
जेष्ठ १६ गते, २०८३ - १०:४५
सप्तरी । दुईवटा भैंसी चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–५ जाँजर निवासी ...



प्रतिकृया लेख्नुहोस्: