धनुषा । प्रदेश नं २ का चार मन्त्रालयमा महिनौँदेखि सचिव नहुँदा प्रदेश सरकारको कामकाज प्रभावित बनेको छ । सचिवविहीन हुने मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय एवं वाणिज्य तथा आपूर्ति र कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय रहेका छन् ।
ती मन्त्रालयमा सचिवकै अभावमा मन्त्रिपरिषद्को बैठकसमेत लामो समयदेखि बस्न सकेको छैन भने अन्य मन्त्रालयको आर्थिक र प्रशासनिक गतिविधि दुई महिनादेखि ठप्प छ । मुख्यमन्त्री कार्यालयबाट मन्त्रालयसँग समन्वय र मन्त्रालयबाट हुने विकासका काम रोकिएका छन् । प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमा सचिव नभएको दुई महिना भयो । मन्त्रालयका तत्कालीन सचिव वीरेन्द्र यादवको भदौमा सरुवा भएको थियो । उहाँको स्थानमा अर्का सचिव आएका छैनन् । सचिव नहुँदा मन्त्रालयको आर्थिक र प्रशासनिक काम अगाडि बढ्न सकेको छैन ।
सचिव नभएपछि मन्त्रालयका उपसचिव अवध कुशवाहाले निमित्त सचिवको जिम्मेवारी पाए तर, मन्त्री भरतप्रसाद साहसँग उनको सम्बन्ध राम्रो नहुँदा गत कात्तिक १ गतेदेखि उनी बिदामा बकेका छन् । “सचिव नहुँदा निमित्त भएर मैले केही दिन चलाए”, कुशवाहाले भने, “मन्त्रीज्यूले तपाईंसँग काम गर्न सक्दिन भनेकाले म बिदामा बसेँ ।” कुशवाहाको कात्तिक २९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ । मन्त्रालयमा सचिव र उपसचिवको दरबन्दी रिक्त छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पनि दुई महिनादेखि सचिवविहीन छ, जसका कारण मन्त्रालयको दैनिक गतिविधि सञ्चालन हुन सकेको छैन । मुख्यमन्त्रीले आफ्नै मातहतमा राखेको वाणिज्य तथा आपूर्ति र कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयमा पनि सचिव छैनन् । मुख्यमन्त्रीसँग रहेका यी दुई मन्त्रालयको कार्यालय र कर्मचारीसमेत व्यवस्थापन भएको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तीन सचिव हुनुपर्नेमा अहिले एक जनाको भरमा मात्र चल्दै छ ।
प्रदेशका मुख्य सचिव हरिप्रसाद मैनालीले मन्त्रालयको नेतृत्व गर्ने सचिव पठाउन सङ्घीय मन्त्रालयमा पटकपटक आग्रह गरिएको बताए । “सचिव नहुँदा मन्त्रालयको प्रशासनिक गतिविधि रोकिएको छ”, प्रमुख सचिव मैनालीले भने, “खाली मन्त्रालयमा सचिव पठाउन अनुरोध गरेका छौँ ।” प्रदेश सरकारका मन्त्रालय सचिवविहीन भएको गुनासो लिएर मुख्यमन्त्री लालबाबु राउत कात्तिक २९ गते राजधानी काठमाडौँ पुग्नुभएको छ । उहाँले त्यहाँ सामान्य प्रशासन मन्त्रीसँग भेट्न खोजे पनि मन्त्री बाहिर रहेकाले भेटघाट हुन नसकेको जनाए ।
“धेरैजसो मन्त्रालयमा सचिव छैनन्, सरुवा भएपछि अर्को पठाइदिनुपर्ने हो नि”, मुख्यमन्त्री राउतले भने, “सचिव नहुँदा धेरै महत्वपूर्ण काम रोकिएका छन्, मन्त्रिपरिषद्कै बैठक बस्न सकेको छैन ।” उहाँले सचिव–कर्मचारीको अभाव प्रदेश सरकार गठन भएदेखि नै झेलिरहेको बताए।
सचिव नहुँदा तल्लो तहका कर्मचारीसमेत मन्त्रालयमा हाजिर गरी घर फर्किने गरेका छन् । मन्त्रालयमा कर्मचारी नबस्दा प्रदेश सरकारको मुख्यालय मधेश भवनको परिसरमा रहेका मन्त्रालय अहिले सुनसान देखिन्छन् । समयमै सचिव नपठाउँदा मन्त्रालयको बजेट खर्चसमेत प्रभावित भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १६ गते, २०८३ - १५:०९
काठमाडौँ। नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल पराजित भएको छ । मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घर...
जेष्ठ १६ गते, २०८३ - १५:०२
लेखनाथ। आर्थिक वर्ष सकिन डेढ महिना बाँकी हुँदा गण्डकी प्रदेश सरकारको बजेट खर्च निकै कम देखिएको छ । गण्डकी सरकारले अहिलेसम्म १० अर्ब ५८ करोड खर्च गर...
जेष्ठ १६ गते, २०८३ - १४:५१
काठमाडौं । अर्थ मन्त्रालयले शुक्रबार बजेट भाषणपछि आफ्नो वेबसाइटमा सार्वजनिक गरेको आर्थिक विधेयक शनिबार दिउँसो हटाएको पाइएको छ । बजेट सार्वजनिक भएपछ...
जेष्ठ १६ गते, २०८३ - १३:२९
काठमाडौँ । काठमाडौंमा उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कलमान घिसिङ ले मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्र...
जेष्ठ १६ गते, २०८३ - १३:२२
काठमाडौँ । काठमाडौं मा नेपाल कम्युनिस्ट पार्टी (नेपाल कम्युनिस्ट पार्टी) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना भएका छन्। उनको सचिवालयका ...
जेष्ठ १६ गते, २०८३ - १३:१४
मनाङ । मनाङ को खोत्रो क्षेत्रमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। प्रारम्भिक जानकारीअनुसार सडकबाट अनियन्त्रित भई ट्रक दुर्घटनामा परेको हो...
जेष्ठ १६ गते, २०८३ - १२:०४
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेताहरूको कार्यविभाजनसँगै प्रदेश तथा स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिएको छ। शुक्रबार जारी गरि...
जेष्ठ १६ गते, २०८३ - ११:४१
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका राजनीतिक दलहरूलाई विस्थापित गर्ने षड्यन्त...
जेष्ठ १६ गते, २०८३ - १०:५८
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बता...
जेष्ठ १६ गते, २०८३ - १०:४५
सप्तरी । दुईवटा भैंसी चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–५ जाँजर निवासी ...



प्रतिकृया लेख्नुहोस्: