सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकले १० स्थानीय तहमा अधिवेशन सम्पन्न गरेको छ । सोमबार कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भएको कांग्रेसको अधिवेशनले कतै सर्वसम्मत कतै निर्वाचन मार्फत नयाँ नेतृत्व पाएको छ ।
१० मध्ये ६ पालिकामा देउवा प्यानल विजयी भएका छन् । दुई पालिकामा जिल्ला सभापति विकास लामा निकट सभापति भएका छन् भने दुई पालिकामा दुवै प्यानलमा नपरेका उम्मेदवारले जितेको छ ।
सिन्धुपाल्चोकमा सभापति लामा र केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबीच कडा प्रतिस्पर्धा हुने गरेको छ।
सिन्धुपाल्चोकको १२ स्थानीय तह मध्ये २ स्थानीय तहमा सर्वसम्मत भएको छ भने १० स्थानीय तहमा निर्वाचन भएको थियो । चौतारा साँगाचोकगढी नगरपालिकामा इन्द्रलोचन धिताल र जुगल गाउँपालिकामा सगुन श्रेष्ठको नेतृवमा नयाँ कमिटी सर्वसम्मत भएको छ ।
सुनकोशी गाउँपालिकामा भएको निर्वाचनमा रुपकाजी लामा ४९ मत सहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी जगन्नाथ कार्कीले ४५ मत प्राप्त गरे ।
भोटेकोशी गाउँपालिकामा देविबहादुर बुढोथोकी ५५ मत प्राप्त गरि विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी मुके शेर्पाले १३ मत प्राप्त गरे ।
बलेफि गाउँपालिकामा झनक तिमल्सिनालाई पछि पार्दै राजकुमार लामा विजयी भए । बाह्रबिसे नगरपालिकामा शम्भु तिमल्सिना विजयी भएका छन् । तिमल्सिना रमेश तामाङलाई पराजित गर्दै विजयी भए।
त्रिपुरासुन्दरी गाउँपालिकामा मोहनकुमार श्रेष्ठ ८१ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी समीर लामाले २१ मत पाएका थिए । पाँचपोखरी थाङ्पाल गाउँपालिकामा सुर्यबहादुर अधिकारीलाई पराजित गर्दै प्रेम दोङ विजयी भए ।
हेलम्बु गाउँपालिकामा राजकुमार भण्डारी ७९ मत सहित विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी सन्च तामाङले ४५ मत प्राप्त गरे ।
मेलम्ची नगरपालिकामा वसन्त गुरुङ विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी प्रकाश दाहाललाई पराजित गरे।
इन्द्रावती र लिसङ्खुपाखर गाउँपालिकामा भने आज मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८२ - ०९:२२
धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...
माघ १ गते, २०८२ - ०९:१८
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...
माघ १ गते, २०८२ - ०९:१५
काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...
माघ १ गते, २०८२ - ०८:०७
नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा
माघ १ गते, २०८२ - ०८:००
काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...
माघ १ गते, २०८२ - ०७:५५
काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...
माघ १ गते, २०८२ - ०७:४८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...
माघ १ गते, २०८२ - ०७:३४
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...
माघ १ गते, २०८२ - ०७:३१
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...
माघ १ गते, २०८२ - ०७:२४
दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...




प्रतिकृया लेख्नुहोस्: