Ntc summer Offer
Khabar Dabali २८ बैशाख २०८१ शुक्रबार | 10th May, 2024 Fri
NIMB

भिमदत्त पन्त अर्थात् नेपाली स्पार्टकस

\"Narendra-Jung-Peter-edited\"आजैको दिन अर्थात् ६३ वर्ष पहिला एउटा स्वप्नद्रष्टा तन्नेरीको टाउको गिडिएर तीनदिनसम्म सो टाउकोलाई बाँसमा झुण्ड्याउँदै खलंगामा प्रर्दशन गरिएको थियो । उसले जिन्दगीको २६ वर्ष ८ महिना ७ दिनमात्र बाँचेर एउटा समय र समाजमा अनौठो  सपना देखायो । उसँग यस्तो नैतिक पुँजी थियो जसले सार्वजनिक अपिल गर्दा समाज ब्यूँझेको मात्र थिएन, उसको पछाडिपछाडि लागेर ३, ३ पटक विद्रोह र आन्दोलनमा होमिएको थियो । नेपाल र भारतीय सेनासँग भिडेको थियो । ऊ स्वयं ०७ सालको मुक्तिसेनाको एउटा कमाण्डरमात्र थिएनन्, राणाकालपछिको जनसरकारको अगुवा अर्थात् गर्भरनर पनि भएको थियो । पद र भूमिकालाई क्रान्तिकारी परिवर्तनको औजार बनाउँदा क्रान्तिपछि पनि नफेरिने तप्का जहिले पनि जाईलाग्ने गर्छन् र क्रान्ति र परिवर्तन नै अपहरण गर्न पुग्छन् ।  त्यस्तै भयो । ऊ समाजको समग्र परिवर्तनको पक्षधर थियो, त्यसैले क्रान्तिले जन्माएकाहरु नै उसका विपक्षी बने,  ऊ भने विद्रोही खोज्दछ आँधी मानौं त्यहाँ नै शान्ति छ  भनेर विद्रोहीपथमा हिँडिरह्यो, सपना र सोचलाई समाथ्र्यमा फेर्दै क्रान्तिको झण्डा फहराउँदै रह्यो । अन्यायी अत्याचारीहरुलाई आतंक र गरिब असाहय, दलितको अभिभावक बन्यो, मारिँदा पनि दुश्मन उसका नामबाट आतंकित बने, उत्पीडितहरु भने सपना उमार्दै गए । आखिर अरु ऊ हुनै  सक्दैनथ्यो,  कि त जोत हलो कि त य छोड् थलो होईन भने अब छैन थलो भनेर कुर्लिने २२ सय वर्षपछाडि नेपाली धरतीमा जन्मेको नौलो स्पार्टाकस वा नेपाली चे ग्वेभारा थियो, जसलाई हामी भिमदत्त भन्ने गर्छौं ।  अब उनकै गाथा संक्षिप्त चर्चा गरौं को हुन् भिमदत्त   डडेलधुरा जिल्ला सदरमुकामको बागबजार (बाघेओडार)बाट ओरालो लाग्दा डोटी घटालको कारी गाउँ पर्छ । त्यही १९८३ साल मंसीर १० गते भिमदत्त पन्त जन्मिएका थिए । उनका बाबु तारानाथ पन्त र आमा सरस्वती पन्त हुन् । उनका बाबा सरकारी कर्मचारी थिए । पाँच वर्षमै मातृविहीन भएका पण्डित कुलका भिमको प्रारम्भिक अध्ययन गाउँमै भयो । माध्यमिक तहको अध्ययन सीमावर्ती भारत । १५ वर्षमै १९९८ मा म्याट्रिक गरेका भिमदत्तलाई भारतीय स्वतन्त्रता संग्राम र दशरथ चन्दको सहादतले राजनीतिमा प्रेरित गर्छ । म्याट्रिक गरेपछि स्वदेश फर्केका पन्तले विरखान, सोरठ र रुपालमा पाठशाला खोल्छन्, दलीतहरुको पनि त्यहाँ सहभागी गराइन्छ । २००१ सालमा उच्चशिक्षा हाँसिल गर्न फेरी भारत पुग्दा त्यहाँको स्वत्रन्त्रता सग्राममा सामेल भएर १८ महिना इलाहावाद जेलमा पर्छन् । महारानीका पुरेत बनेका आफन्तसंगको विद्रोह उनको पहिलो विद्रोह हो । यसै पनि शिक्षामा जागरण र दलीत स्वभिमान भर्ने र बाउले लिएका ऋणा खेत बेचेर तिर्दा पनि नसिकिँदा अझ अन्याय अत्याचार कसरी हुँदो रहेछ त्यस्तैलाई राज्यले संरक्षण गर्ने बुझेका । उनी दोस्रो पटक नेपाली कांग्रेसको मुक्तिसेनामा रुपसिंह सिजापति, शेखर सर्मा र गौरीलालसँगै सामेल हुन्छन् । २००७ साल पुस २६ गते डडेलधुरा मुक्त हुन्छन् । पहिलो गर्भनर पन्तलाई बनाईन्छ । भिमदत्तलाई कसरी बुझ्ने ? नायकलाई आ–आफ्ना आग्रहका आधारमा बुझिएर उसको एकांकी पाटोलाई लिइने गर्छ । अझ उसका जीवनकालका घटनाक्रमलाई अथ्र्याउँदा आफूलाई सान्दर्भिक  ठह¥याउने पनि गरिन्छ । यस लेखमा म उनलाई इतिहासले कसरी बुझ्ने भन्ने  छोटो चर्चा गर्न चाहन्छु । १) उनको जन्म ब्रामणकूलको उच्चमध्यम वर्ग र सामन्ती संस्कृतिको बिगबिगी थलोमा भएको  थियो । २) उनको किशोर अवस्था राजनीतिक जागरणकाल थियो । पश्चिमका शहिद दशरथ चन्दको चर्चाले एउटा नायकको गाथा फैलिएको थियो भने उनको माध्यामिक शिक्षा भारतको सिंगाईमाहुँदा उनका आश्रयदाता त्यहाँका रजोटाका आफैं मातहत हुँदा पनि अाफूप्रति आस्रित गरिब र कमजोर तप्कामाथी चरम उत्पिडनकारी थिए ।  त्यहीं भिमले पहिलो विद्रोह गरे । उनको संचित रकम र सुनचाँदी गरिब गुरुवालाई बाँडिदिए । ३) उनको शिक्षा प्रचार र छुवाछुतविरोधी अभियानले स्थानीय ठालू आतंकित भए  र उनको विरोध गर्ने कुनै मौका नै चुकाउँदैनथे । ४) भारतीय स्वतन्त्रता संग्रामको अठार महिना इलाहावाद जेलमा बस्दा जीवन र जगतप्रति उनको दृष्टिकोण झन् फराकिलो भयो । ५) सोच र सपनालाई व्यवहारिकता दिन स्वयं आन्दोलनको अग्रमोर्चामा समेल नभई हुँदैंन भनेर ०७ सालको मुक्ति सेनामा सामेल भए । ६) ०७ को राणाविरोधी आन्दोलनपछि बनेका गर्भनरले क्रान्तिले जगाएका महत्वकांक्षा र देखाएका सपनालाई व्यवहारमा फेर्न थाले जब भूलको (दलित) हातले  ‘उपल्लो’ जातीलाई पानी खान बाध्य पारे तब न्यूनचेत भएका जनता र सत्ता गुमेका सामन्तहरु एक भए र नेपाली कांग्रेसको सत्तालाई उचाल्न थालियो । समाजको एउटा हिस्सा जहिले पनि जनमतको न्यूनचेतलाई आवेग भरेर आप्mनो सामाजिक र आर्थिक हैसियत कायम गरिरहन्छ । उनलाई जातफाला प्रचार गरियो । हुनपनि उनी कर्मकाण्ड विरोधी सामाजिक आन्दोलनका पनि अगुवा थिए । ७) राजनीतिक परिवर्तनपछि परिवर्तनका अजेण्डा अपहरणमा परेका थिए, क्रान्ति अपहरणमा परेको थियो तब क्रान्तिकारीलाई अपहरणकारीले सहनै सक्ने कुरा भएन । जुन मुक्तीसेनाका भिमदत्त कमाण्डर थिए, त्यही मुक्तिसेना रक्षादलमा फेरिएपछि सिद्धी गणेशको अगुवाईमा उनलाई गिरफ्तार गरेर अड्डासार गर्दै काठमाडौं ल्याइयो । तबसम्म उनको कांग्रेससँगको मोहभंग भईसकेको थियो । ८) रक्षादलको विद्रोहलाई आधार मानेर कम्युनिष्ट पार्टीमाथी प्रतिबन्ध लागेकोले जेल मुक्तिपछि उनी किसान संघको संगठक बनेर पश्चिम लाग्छन् । ९) भिमदत्तको जीवनको अत्यन्तै ठूलो मोड भनेको ब्रहमदेव मण्डीमा पुगेपछि तेलगंना विद्रोहका भारतीय कम्युनिष्ट कृष्णशंकर अयंगरसंगको भेट हो । उनले तेलंगना विद्रोह दबाईएपछि ब्रमदेव –(कन्चनपुरको पुरानो सदरमुकाम र पश्चिमको सबैभन्दा ठूलो हाटबजार, टनकपुरको वारी) मा योगी जसरी आश्रय लिएका थिए । भिमदत्तले राज्यसत्ताको चरित्र, क्रान्तिमा बल प्रयोगको सिद्धान्त, आफ्नो मुक्तिको लागी अरु कसैले लडिदिँदैन, किसान पनि आफ्नो लडाईं लडन सक्छन्, निर्धालाई पनि  क्रान्तिले बहादुर बनाईदिन्छ, बोल्ने औजार पनि अन्याय विरुद्ध पड्किन सक्छन्, संसारमा सबैभन्दा ठूलो भोक स्वभिमानको हुन्छ भन्ने बुझ्न पाए । त्यो नै विचारको हतियार बन्यो ।   वर्ग, वर्गसंर्घष र जनमुक्ति बारे मिहिनपाराले बुझे । १०) युद्धकै दौरान उनका तीन सन्तान लिलाराज, प्रेमराज र छोरी रेखा उपचार नपाएर बिते ।  एउटा क्रान्तिकारी नेतृत्वले नीजि र परिवारप्रतिको मोह त्यागे मात्र उसका पछाडि समय र समाज पनि हाँकिन्छ र उसले सामाजिक अपिल गर्ने नैतिक पुंजी राख्नसक्ने यो अनुपम उदाहरण र शिक्षा हो । ११) भिमदत्तको अगुवाईमा किसान सेनाले खुब लड्यो भने त्यसलाई दबाउन नेपाली सेनाका सेनापति किरण शमशेरको निर्देशनमा दक्षिणबाट भारतीय सेना र उत्तरबाट नेपाली सेनाले एकैपटक आक्रमण गर्यो । तब आन्दोलनले छापामार आन्दोलनको रुप लिईसकेको थियो, पन्त बुडर नजिक गैलेकमा आश्रय लिइरहेका थिए । तब आर्थिक प्रलोभनमा पारी ‘मित’ लाल बहादुर थापा र भिम्वा दयालमार्फत बडा हाकिम मोहनबहादुर थापाले हत्याको प्रपञ्च रच्यो । नेपाली कांग्रेसको मात्रिका प्रसाद कोईराला सरकारले उनको  हत्या २०१० साल साउन १७ गते गैलेकको हम्जाली मगरको घरमा गर्यो । लाल बहादुरले पहिलो गोली हानेर, ढलेको शरीरलाई खुकुरीले छप्काएर टाउको छिनाई १८ गते डडेलधुरा खलंगामा (अहिलेको जिल्ला प्रहरी भएको ठाउँमा) बाँसमा उधिनेर तीनदिन आन्दोलनकारी तर्साउन प्रर्दशन गरियो । अध्येताका लागी नोटः  नेपाली क्रान्तिमा सचेत तरिकाले शसक्त र सशस्त्र आन्दोलनका नेता भिमदत्त पन्तले तीनपटक आन्दोलनको नेतृत्व गरे । सोचलाई व्यवहारमा फेर्न स्वयं सहिद भए । उनको तेस्रो पटकको बिद्रोह  राष्ट्रियता र जनतन्त्रका लागी थियो । उनी कुनै बेला आप्mनै साथीबाट हत्या गरिएका हुन् । उनका अन्य सहयोद्धा बारे र त्यसैबेला कर्णाली प्रदेशमा – (अहिलेको राप्ती, भेरी र कर्णाली अञ्चल) कामी बुढाले चलाएको सशस्त्र विद्रोहको किन तालमेल हुन सकेन भन्ने कुरा अध्ययनका विषय हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies