Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

सिद्धान्तहीनताले फुटाउँछ, हामीले अस्थिरता र निरङ्कुशता मात्रै पायौँ : घनश्याम भुसाल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले नेकपा माओवादी केन्द्र र नेकपा एमालेसँग पार्टी एकता गर्दा नेपाली राजनीतिमा नयाँ आशा र विश्वास जगाएको बताएका छन्। तर, पार्टी एकताले अस्थिरता र निरङ्कुशता मात्रै पाएकाे उनकाे बुझाइ छ।  

भुसालले अपिल पत्रमा लेखेका छन्, ‘करिब चार वर्ष अगाडि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको चुनावी गठबन्धन, निर्वाचनमा असाधारण विजय, बहुमतको कम्युनिष्ट सरकार, पार्टी एकीकरणजस्ता एकपछि अर्को घटनाले नेपाली राजनीतिमा नयाँ आशा र विश्वास जगाएको थियो। सत्तरी वर्षदेखि नेपालको सपना लोकतान्त्रिक स्थिरता हो । तर, हामीले या त अस्थिरता या निरङ्कुशता पायौँ ।’

लोकतान्त्रिक स्थिरता, आर्थिक विकास, सामाजिक न्याय र समानतासहित मुलुकले नयाँ युगमा पाइला टेक्न सक्ने भएको उनको भनाइ छ। 

अपिलकाे पूर्णपाठसहित 

नेकपा एमालेका लाखौँ सदस्यले विभाजनको पीडा र गुटबन्दीको नशाबाट हाम्रो पार्टी ब्यूँझन्छ र धुलो टकटक्याउँदै फेरि उठ्छ, विचार तथा सिद्धान्तको आधारमा अझ बढी एकताबद्ध भएर फेरि उठ्छ भन्ने भरोसाकासाथ दशौँ राष्ट्रिय महाधिवेशनतर्फ हेरिरहेका छन् । यसका समर्थक र शुभचिन्तकहरूले मुलुकको नेतृत्व गर्न सक्ने पार्टीको रूपमा नेकपा एमालेको पुनरोदयको विश्वास गरेका छन् । आफैले गरेका बाचा पूरा नगरेर मुलुकको भविष्यप्रति संवेदनहीन हुँदै गएको भनेर हामीलाई दुत्कार्ने बौद्धिकहरूको ठुलो सङ्ख्या पनि आलोचनात्मक आग्रहका साथ हामीसँग आशावादी छ । अन्य पार्टीमा रहेर पनि नेकपा एमाले मुलुकको भरपर्दो शक्तिका रूपमा पुनर्स्थापित हुँदा आफ्नै भविष्य सुरक्षित देख्ने ठुलो जनमतका आँखा पनि हामी तिरै छन् । कम्युनिष्ट आन्दोलनको इतिहासको निर्माणमा रगत पसिना बगाएका समस्त अग्रजहरूको विरासतले पनि हामीसँग अपेक्षा गरेको छ । हाम्रा सफलतामा गौरव गर्ने र हाम्रा असफलतामा दुखी हुने दुनियाँ भरीका कम्युनिष्ट, प्रगतिशील, वामपन्थी तथा सामाजिक न्याय र समानताको पक्षधरहरूले हामी फेरि उठेको र सफल हुँदै अगाडि बढेको देख्न चाहन्छन् । सङ्क्षेपमा, मुलुक र दुनियाँले केही भरोसा, केही विश्वास र केही आशाका साथ हामीलाई हेरिरहेको छ । 

सङ्कट गहिरिँदै छ 

सत्तरी वर्षदेखि नेपालको सपना लोकतान्त्रिक स्थिरता हो । तर हामीले या त अस्थिरता या निरङ्कुशता पायौँ । करिब चार वर्ष अगाडि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको चुनावी गठबन्धन, निर्वाचनमा असाधारण विजय, बहुमतको कम्युनिष्ट सरकार, पार्टी एकीकरणजस्ता एकपछि अर्को घटनाले नेपाली राजनीतिमा नयाँ आशा र विश्वास जगाएको थियो । लोकतान्त्रिक स्थिरता, आर्थिक विकास, सामाजिक न्याय र समानतासहित मुलुकले नयाँ युगमा पाइला टेक्न सक्ने भएको थियो । तर गएको एक वर्षकै समयमा हामी आफैले कम्युनिष्ट पार्टीको बहुमतको संसद विघटन गर्‍यौँ, एकीकृत पार्टी विभाजित गर्‍यौँ, संघीय र प्रादेशिक सरकारहरू भत्कायौँ, नेकपा एमालेको एकतासमेत बचाउन सकेनौँ र अहिले हामी आफै राजनीतिक घेराबन्दीमा परेका छौँ । सबै राजनीतिक पार्टीहरू स्वार्थ केन्द्रित गुटबन्दीको भुमरीमा फस्दै गएको, संसद राजनीतिक खिचातानीको शिकार भएको, अदालतमा विचौलियाको नियन्त्रणको पोल खुल्दै जाँदा न्याय व्यवस्था अस्तव्यस्त भएको हुँदा राज्य कमजोर हुँदै गएको छ र लोकतान्त्रिक स्थिरतामाथि खतरामा पर्न थालेको छ । क्रान्तिको एउटा मुख्य शक्तिका हैसियतले यो सङ्कट हाम्रो आफ्नै सङ्कट हो ।

सिद्धान्तलाई अवमूल्यन नगरौँ 

अगणित पुर्खाहरूले खाएका ठक्कर र पाएका उपलब्धीको लेखाजोखा नै सिद्धान्त हो । त्यसैले क्रान्तिको पहिलो ग्यारेण्टी पनि सिद्धान्त हो : जसले हामीलाई भविष्यको बाटो देखाउँछ र गल्ती गर्नबाट जोगाउँछ । क्रान्तिका जतिसुकै राम्रा नारा लगाए पनि सिद्धान्तहीन राजनीति केवल स्वार्थहरूको प्रतिस्पर्धा बन्न जान्छ । जसरी पनि जित्ने प्रतिस्पर्धामा जसले जिते पनि राजनीति बिग्रन्छ, मुलुकले दुख पाउँछ । त्यस्तो राजनीति राज्य दोहन गर्ने थैलीशाही गुटहरूको खेलमैदान बन्छ । दलाल पुँजीवाद र भद्दा संसदवादले पार्टीलाई ती गुटहरूको खेलौना बनाउँछ । एउटा कमरेड अर्को कमरेडसँग तर्सिन्छ, एउटा कमरेडले अर्को कमरेडको खुट्टा तान्छ र अन्त्यन्त सबै सबैसँग तर्सिने र सबैले सबैको खुट्टा तान्ने अवस्था आउँछ । र, पार्टी र राजनीति झन् झन् सङ्कटग्रस्त हुँदै जान्छन् । हाम्रो पछिल्लो राजनीतिलाई नै हेरौँ, नेपाली काङ्ग्रेसले पाएको बहुमतले मुलुकलाई के दियो ?  नेकपा माओवादीले संविधानसभामा पाएको असाधारण जित किन पानीको फोका भयो ? नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गरेको दिग्विजयी किन भताभुङ्ग भयो ? यस्ता प्रश्नको जवाफ केवल कुनै व्यक्ति वा तिनका गुटका दाबीमा होइन बरु कस्तो सिद्धान्त भएका पार्टीले त्यस्ता व्यक्ति वा गुट जन्माउँछन् र समाजले क्षति व्यहोर्छ भनेर खोज्नु पर्छ । 

हरेक नयाँ चरणमा समाजले नयाँ सिद्धान्त खोज्छ । सामन्ती शासनको ठाउँमा कस्तो प्रजातन्त्र भन्ने अलमललाई पुष्पलालको नयाँ जनवादले बाटो देखायो । हामी आफैले ल्याएको २०४७ सालको प्रजातन्त्रसँग कसरी अगाडि बढ्ने भन्ने अन्यमनस्कतालाई सामना गर्न कमरेड मदन भण्डारीले जनताको बहुदलीय जनवाद ल्याए । २०६२/६३ को जनक्रान्तिलाई कसरी हेर्ने भन्ने सैद्धान्तिक अन्योललाई हामीले, नवौँ महाधिवेशनले हटायो । नेपाली समाज पुँजीवादी भएको, जनवादी क्रान्ति सम्पन्न भैसकेको, त्यसैले नेपाली क्रान्तिले समाजवादको बाटो लिएको तर पुँजीवादको मुख्य चरित्र दलाल रहेको हुँदा राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्नु नेपाली कम्युनिष्टहरूको ऐतिहासिक कार्यभार हो भन्ने सैद्धान्तिक निष्कर्ष हाम्रो आन्दोलनको ऐतिहासिक उपलब्धी हो । स्मरण रहोस्, त्यहि निष्कर्षका आधारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता सम्भव भएको थियो । तर त्यस कार्यभारलाई कार्यक्रमको रुपमा व्याख्या गर्न नसक्दा हाम्रो कम्युनिष्ट आन्दोलन सैद्धान्तिक रुपले नवौँ महाधिवेशनभन्दा अघि बढ्न सकेको छैन । सङ्क्षेपमा, सिद्धान्तले हामीलाई अगाडि बढाउँछ, सिद्धान्तहीनताले फुटाउँछ, कमजोर बनाउँछ ।

कहाँ छ त समस्या ?

हामीले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र समानता, रोजगारी, सुशासन, पर्यावरण, विदेश सम्बन्धमा कस्ता नीति बनाउँछौँ, कसरी लागु गर्छौँ जसले राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी हुन्छ भन्ने समग्र योजना नै पार्टीको आजको कार्यक्रम हो । त्यस्तो कार्यक्रम लागु गर्न पार्टीका केन्द्रिय अध्यक्षदेखि हरेक सदस्यको योग्यता कस्तो हुन्छ ? तिनको योग्यताको परिक्षण कसरी हुन्छ ? आफ्नो सरकार हुँदा प्रधानमन्त्री, मन्त्रीहरूले के गर्छन् ? कसरी गर्छन् ? प्रादेशिक सरकार र स्थानीय सरकारहरूले के गर्छन् ? पार्टीका नीतिहरू कसरी बनाइन्छ ? कस्ता व्यक्तिहरू पार्टी सदस्यताका लागि योग्य हुन्छन् ? कमिटीका निर्वाचन कसरी गरिन्छ ? जस्ता सबै समस्याको समाधान सङ्गठनात्मक सिद्धान्तले गर्छ र त्यसका आधारमा पार्टीको विधान बन्छ । यसरी कार्यदिशा, कार्यक्रम, सङ्गठनात्मक सिद्धान्त र विधानको सङ्गतिपूर्ण पार्टी व्यवस्था बन्छ । हामीले कार्यदिशा त बनायौँ तर कार्यक्रम अझैसम्म बनाएनौँ । कार्यक्रम नबनेपछि कार्यक्रमलाई लागू गर्ने सङ्गठनात्मक सिद्धान्त र विधान पनि बनाइएन । अर्थात्, आज हामीले समाजवादको झण्डा त बोकेका छौँ तर कता हिँड्दै छौँ भन्ने स्वयं हामीलाई थाहा छैन । समस्याको जरो यहीँ छ । 

उपरोक्त असङ्गतिले गर्दा संसद, पार्टी, सरकार र राजनीतिले एकपछि अर्को धक्का खाँदै गयो । राष्ट्रिय पुँजीको विकास वा समाजवादको बुझाई व्यक्ति पिच्छे फरक भए । गएको ८/९ वर्ष पार्टीको नीति–कार्यक्रममाथि कुनै प्रशिक्षण कार्यक्रम आयोजना भएन । विचार/सिद्धान्त वा मार्क्सवाद वा जनताको बहुदलीय जनवादमाथि कुनै गतिलो चर्चासमेत भएन । दलाल पुँजी वा राष्ट्रिय पुँजी के हो ? दलाल पुँजीसँग को लड्छ ? कसरी लडिन्छ ? समाजवादको तयारी भनेको के हो ? त्यसका लागि कसले के गर्नु पर्ने हो ? सिद्धान्त निर्माण गर्ने विधि के हो ? सिद्धान्त कसले बनाउँछ ? कसरी बनाउँछ ? जस्ता प्रश्न नै उठ्न छोडे । त्यसले पार्टी पङ्क्तिले के ठिक वा के गलत हो भनेर विश्लेषण सकेन । अराजकता र गुटबन्दी बढ्दै गयो । नेताहरूका स्वार्थको छद्म युद्धमा पार्टी फस्यो । त्यहि छद्म युद्धमा संसद विघटन, पार्टी विभाजन, सरकारहरूको विघटन हुँदै गयो । किटानीका साथ के भन्न सकिन्छ भने यदि यी कमजोरीलाई नसुधार्ने हो भने गल्ती दोहरिँदै जानेछन् र समयले हामीसँग चर्को ब्याजका साथ सिद्धान्तमा खेलबाडको मूल्य चुक्ता गर्नेछ ।

मेरो अनुरोध

मूलभूत सैद्धान्तिक दिशाका हिसाबले नेकपा एमाले ठिक ठाउँमा छ । त्यो अहिले सबै मुख्य पार्टीहरूको पनि कार्यदिशा बनेको छ । सङ्गठनका हिसाबले नेकपा एमालेको अर्को कुनै जोडा छैन । इतिहासको गौरव र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठाका हिसाबले पनि हामी अतुलनीय छौँ । समाज र राजनीतिका विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका यसका सदस्यहरूका आधारमा हेर्दा पनि नेकपा एमाले मुलुककै नेता पार्टी हो । तर, माथि उल्लेख गरिए झैँ, आजको ठोस कार्यक्रम र त्यस कार्यक्रमलाई कार्यान्वयन गर्ने सङ्गठनात्मक व्यवस्थामा असङ्गतिहरू छन् । 

जसरी ज्ञान–विज्ञानका उपलब्धी कुनै राष्ट्र वा जातीका सम्पत्ति हुँदैनन्, त्यसैगरी पार्टीका सिद्धान्तहरू कुनै गुट वा समूहका हुँदैनन् । जेसुकै कारणले होस्, हामीले दशौँ महाधिवेशनमा यी विषयमा आवश्यक छलफल गर्न नसक्ने भयौँ । तर पार्टीका सिद्धान्तहरूको निर्माणमा अगाडि रहेर करिब दुई दशकदेखि क्रियाशील सदस्यको हिसाबले मेरो के दाबी छ भने नेकपा एमालेको पुनरोदयका लागि ती असङ्गति हटाउनै पर्नेछ, त्यसका आधारमा कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्नै पर्नेछ । त्यसैले, सबै प्रतिनिधि समक्ष मेरो अपील छ : दशौँ महाधिवेशनले कम्तिमा पनि दलाल पुँजीवादको विरुद्ध राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने ठोस कार्यक्रमका बनाउन सङ्कल्प गरोस् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुख्यमन्त्री लामासँग वार्ता- प्रदेश सरकार खर्चिलो भयो भने कुरामा म सहमत छैन

हेटौँडा । विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले ...

सहुलियत मूल्य पसल : हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट

सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हि...

प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघीय महासभाबाट पारित, नेपाल तटस्थ

काठमाडौं । एक वर्षभित्र पूर्वी जेरुसलेमसहित अधीनस्थ प्यालेस्टिनी भूभागमा इजरेलको "अवैधानिक उपस्थिति" अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष...

‘मलाई पुर्न खनेको खाल्डोमा कांग्रेस खस्यो, एमाले फस्यो’

अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ ...

सरकारलाई रविन्द मिश्रको प्रस्ताव- दरबार मार्गको नाम प्रचण्ड मार्ग राखौं

अरूले जति फुर्ति लगाए पनि यो संविधानको केन्द्रमा प्रचण्ड छन्

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता नदेखिएको प्रतिवेदन आएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा नदेखिएको दाबी गरेका छन् । प्राइम टिभीमा दिएको अ...

‘ओलीलाई संविधान कार्यान्वयन गर्न मन नभएर संशोधन भन्दैछन्’ (अन्तर्वार्ता)

‘म अहिले देशभरि घुमें, जनतामा माओवादीप्रति सहानुभूतिको लहर छ’

देशभर मनसुनी वायुको प्रभाव कायम, मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्व...

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो

करोडौँ लगानीमा खुलेका होटल सुनसान

१० दिनका लागि प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy