Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

कृषिक्षेत्रमा रु तीन करोड ७४ लाख अनुदान

\"agriculture\"१७ साउन, झापा । जिल्ला कृषि विकास कार्यालयबाट झापाका किसानले आव ०७१÷७२ मा रु तीन करोड ७४ लाख ९९ हजार विभिन्न शीर्षकमा अनुदान पाएका छन् । विसं ०७०/७१ को तुलनामा गतवर्ष दोब्बर बढी अनुदान रकम किसानले पाएको कृषि विकास कार्यालयका बाली प्राविधिक शालिकराम भट्टराईले बताए । युवा जनशक्तिलाई कृषिमा आकर्षण गरेर मुलुकभित्रै स्वरोजगार बनाउने उद्देश्यले सरकारले अनुदान रकम वितरण गरेको हो । कार्यालयबाट गत आवमा च्याउखेतीमा २८३ वटा निवेदन परेकामा ८० जनाले, साना सिँचाइ आयोजनामा ४१२ निवेदन परेकामा ८१ जना (जसमा विभिन्न समूह र संस्थाले), मौरीपालनमा १५० निवेदन परेकामा ४० जनाले, माछापालनमा १४ जनाको निवेदन परेकामा चार जनाले र व्यावसायिक तरकारीखेतीमा एक सय बढी निवेदन परेकामा ६० जनाले अनुदान पाएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार च्याउखेतीमा प्रतिव्यक्ति रु ४० हजार, साना सिँचाइ आयोजनामा डिप बोरिङमा रु ४० हजार, पम्सेट बोरिङमा रु ५० हजार र इनार बोरिङमा रु ७० हजार, मौरीपालनमा रु एक लाख ८० हजार, माछापालनमा रु ४० हजार र व्यावसायिक तरकारीखेतीमा रु ६० हजारका दरले किसानले पाएका छन् । त्यसैगरी, साना किसान कृषि सहकारी महारानीझोडा र कामाधेनु महिला सहकारी बिर्तामोडले पनि रु छ लाखका दरले ट्र्याक्टर खरिदलगायतमा अनुदान पाएका छन् । व्यावसायिक रुपमा काम गरिरहेका किसानले हालेको निवेदनका आधारमा कार्यालयले अनुदान प्रदान गर्ने नीति रहेको छ । रकम विनियोजन गर्नुअघि प्राविधिकलाई फिल्डमा पठाएर उनीहरुले ल्याएको रेकर्डका आधारमा स्थानीय विकास अधिकारी संयोजक रहेको समितिको बैठकले पारित गरेपछि मात्र तोकिएका किसानलाई अनुदान रकम दिने गरेको प्राविधिक भट्टराईको भनाइ छ । गत आवमा इजरायल गएर ११ महिना व्यावसायिक तालिम लिएर आएका ४३ जनामध्ये ३९ जनाले रु एक लाखका दरले अनुदान पाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies