Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

१४ वषको उमेरमा तस्करीमा परेकी महिला भन्छिन्, ‘वेश्यावृत्तिमा अब फर्कन चाहन्नँ ’

\"Americanअमेरिकामा गरिबी, अभाव र शोषणका कारण हज्जारैं बालबालिका एक अँध्यारो संसारमा धकेलिरहेका छन् । यो एउटा यस्तो संसार हो जसको बारेमा धेरै अमेरिकीलाई थाहा छ । लाखौं अमेरिकी बालबालिका हरेक वर्ष यौन शोषणको शिकार बन्ने गर्दछन् । हरेक रात सेक्सका लागि सयौं बालबालिका बेचिन्छन्, यो अनुसन्धानले बताएको छ । एफबीआईका अनुसार यौन उत्पीडन महामारीको  स्तरमा फैलिएको छ । पछिल्लो वर्ष एफबिआईले ६ सय बालबालिकाको उद्धार गरेको छ । अमेरिकामा मेक्सीको, दक्षिण र मध्य अमेरिकाबाट बच्चाहरुको तस्करी गरिन्छ तर, यहाँ हरेक रात सेक्सको लागि खरिद तथा विक्रि गरिने धेरैजसो बालबालिका अमेरिकी नै हुन्छन् । [caption id=\"attachment_31886\" align=\"alignleft\" width=\"750\"]\"American जेनी गेन्स १४ वर्षकाे उमेरमा तस्करीकाे शिकार भएकी थिइन् ।[/caption] भयावह कथाः थुप्रै महिलाले हामीलाई आफ्नो जीवनको एउटै प्रकृतिका भयावह कथा हामीलाई सुनाए । शोषण, उत्पीडन र बाल्यवस्थादेखि नै उपेक्षाको शिकार हुँदै आएको आफ्नो जिन्दगीको बारेमा उनीहरुले केही कुरा हामीमाझ साटे । कहिलेकाँही त उनीहरुलाई ती व्यक्तिहरुले पनि आफ्नो शिकार बनाए जसले उनीहरुलाई बचाउनु पर्दथ्यो । कोही राम्रा, दयालु मानिसहरु र एफबीआइजस्ता केही कानूनी संस्थाहरुबाट उनीहरुलाई केही राहत अवश्य मिल्यो । तर, जुन कहानी हामीले उनीहरुका सुन्यौं त्यो अमेरिकाको सबैभन्दा कालो अध्यायको एउटा पहिचान थियो । मिनेसोटामा सेक्स वर्कर बनिसकेका थुप्रै महिलालाई मैले भेटें । यी सबैले ‘ब्रेकिंग फ्रि’ नामको संस्थाबाट सहयोग पाइरहेका थिए । यीमध्ये आधाभन्दा बढिलाई १८ वर्षभन्दा कम उमेरमा सेक्सका लागि बेचिएको थियो । थुप्रै अठार वर्षभन्दा थोरै बढि थिए । \"Americanफाइदाः एक महिलाका अनुसार उनलाई उनकी काकीले १४ वर्षको उमेरमा किनेकी थिइन् । ‘उनले मेरी आमालाई करिब ९१ हजार रुपैयाँ दिइन् । मलाई, म सपिङ मल गइरहेकी छु भनेर बताइयो,’ उनले भनिन् । काकीले उनलाई ड्रग डिलरको घरमा पुर्याइन् जहाँ उनलाई ड्रग खुवाइयो र उनीमाथि बलात्कार गरियो । अर्की एक महिलाले घरबाट निकालिँदा आफू मात्र १७ वर्षको भएको सम्झिइन् । उनको भनाई थियो, ‘म धेरै कुरा पाउन चाहन्थें ।’ उनी भन्छिन्, ‘म वेश्याको रुपमा काम गर्न थालें । पछि म धेरै पैसा कमाउने चक्करमा ब्याकपेज डट कमको विज्ञापनको प्रयोग गर्न थालें ।’ एक महिलालाई १४ वर्षको उमेरमा एक व्यक्तिले अपहरण गरे । अपहृत हुने महिलाले अपहरण गर्ने व्यक्तिले आफूलाई मनपराउने सोच्दथिन् । उनी दुई वर्षसम्म घर फर्किनन् । ‘ब्रकिंग फ्रि’ को चर्चामा महत्वपूर्ण भूमिका निभाउने जेनी गेन्स भन्छिन्, ‘यहाँ थुप्रै मानिसहरु छन् जो निकै चलाखीपूर्ण तरिकाले किशोरीहरुको फाइदा उठाउँछन् ।’ \"Americanमुश्किल लडाईंः एक महिला बताउँछिन्, ‘मसँग गलत गर्ने व्यक्तिलाई थाहा थियो म १४ वर्षकी मात्र हुँ, यति हुँदा हुँदै पनि म उसको अगाडि १८ वर्षको देखिने कोशिस गर्नुपर्दथ्यो, मैले गरें ।’ जब उसलाई वास्तवमै थाहा भयो कि म कति वर्षको पुगें तब उनी रोकिएनन् । उनी मलाई अझ धेरै मनपराउन थाले । १४ वर्षको उमेरमा पहिलो पटक तस्करीको शिकार भएकी महिला भन्छिन्, ‘म वेश्यावृत्तिमा फर्कन चाहन्नँ ।’ उनी भन्छिन्, ‘यो एउटा निकै ठूलो घेरा हो, तपाईं जति अगाडि बढ्नुहुन्छ त्यति नै यसमा फस्नुहुन्छ । यसमा पैसा पाउनुहुन्छ र तपाईं पैसाकै वरिपरि नाच्नुहुन्छ । तपाईंले यी सब गर्दागर्दै यसलाई तोड्नुपर्छ ।’ यो एउटा निकै मुश्किल लडाईं हो । साभारः बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending