Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

होमस्टेले रु एक करोड २७ लाख कमायो

\"Home१७ साउन, कावासोती । दुई वर्षअगाडि नवलपरासीको कावासोती–१५ अमलटारी बाघखोरमा स्थापना गरिएको थारू होमस्टेले रु एक करोड २७ लाख आम्दानी गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा रहेको सो होमस्टेले पर्यापर्यटन र संस्कृतिको संरक्षणमार्फत पर्यटकलाई आकर्षण गरी राम्रो आम्दानी लिन सकेको हो । नयाँ ठाउँ जान रुचाउने पर्यटकका लागि यो गन्तव्य बनेको छ । सुरुको वर्ष आठ हजार पर्यटक भित्रिएको यो ठाउँमा यस वर्ष १२ हजार पर्यटक आएका छन् । यसबाट स्थानीयवासीले २१ घरले प्रतिघर रु ६ लाख चार हजार ७६२ कमाएका छन् । थारू समुदायको संस्कृतिसँगै पर्या–पर्यटनमा रमाउन चाहने पर्यटकको आमगनले यहाँको पर्यटन व्यवसायले ह्वात्तै गति लिएको अमलटारी मध्यवर्ती थारू होमस्टेका अध्यक्ष प्रेमशङ्कर मर्दनियाले बताए । अमलटारी आउनेहरुले यहाँ तीन दिन सजिलै बिताउन सक्नेछन् । विदेशी पर्यटकभन्दा पनि स्वदेशी पाहुनाले होमस्टे भरिभराउ हुन्छ । २१ घरका सबै सदस्यको सक्रिय सञ्चालनमा आएको यो होमस्टे अहिले नारायणघाटबाट पश्चिम हिँडेका र पश्चिमबाट पूर्व हिँडेकालाई गतिलो बस्ने र घुम्ने ठाउँ भएको छ । एकसिङ्गे गैँडादेखि जङ्गल सफारीले गर्दा जो कोहीको मन पनि यहाँ रमाउने गर्छ । त्यसमा थारू खाना परिकार सबैको रोजाइ बनेको छ । घुम्न आउनेको खर्चले गाउँमा राम्रो आम्दानी पनि भित्र्याएको छ । युवाले रोजगार पाएका छन् । गृहणीले पनि उत्तिकै कमाएका छन् । यहाँ पर्यटक आउनका लागि हिउँद वर्षा भन्ने नै छैन । सधैँ यहाँ भरिभराउ पाहुना हुन्छन् । हामीसँग ८४ श्यया छन् त्यो प्याक नै हुन्छ अमलटारी होमस्टेका कोषाध्यक्ष धनिराम महत्तोले भने–\' खाना बस्नका लागि पनि उत्तिकै सस्तो छ । दुईजना बस्न मिल्ने कोठा रु ५०० मा पाइन्छ ।\' आएको आम्दानी रकम सबै जनाले बराबर पाउँछन् । पर्यावरणको र संस्कृतिको संरक्षणबाटै लोभलाग्दो आम्दानी गरेका कावासोती बाघखोरमा थारू समुदायको काम अरू ठाउँका बासिन्दालाई समेत प्रेरणा हुन सक्ने नेपाल पर्यटन पत्रकार मञ्च नवलपरासीका सचिव बेचु गौँडले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending